राजनीतिमा जातीय प्रश्न

नेपालमा अहिले जातीय राष्ट्रियताको प्रश्नलाई जातका रूपमा उठाउने क्रम बढेको छ ।प्रतिक्रियावादी दलाल नोकरशाहहरू र दलालपुँजीवादीहरूको लागि त यो प्रश्न जनतालाई भ्रम दिएर फुटाउ र राज्य गर भन्ने सिध्दान्तकै रूपमा ठिक होला । तर आफुलाई क्रान्तिकारी मार्क्सवादी बताउनेहरूले पनि जातका आधारमा सङ्गठनहरू बनाएको पाइन्छ । यसले गर्दा बर्गीय सङ्घर्ष कम र जातीय सङ्घर्ष बढी भएको देखिन्छ । नेपालमा हालसम्म रहेका आर्थिक, राजनैतिक, सामजिक, धार्मिक समस्याहरूलाई गन्जागोल तरिकाले जातका आधारमा भएका हुन् भन्ने किसिमले उठाउने गरिएको छ । यसले बर्गीय सङ्घर्षलाई कम र जातिय सङ्घर्षलाई बढी जोड दिएको देखिन्छ ।

नेपालमा मूख्यतया दुई सम्प्रदाय आर्य र मङ्गोल देखा पर्दछन् । आर्यहरू हिन्दुधर्मालम्वि हुन् भने मङ्गोलहरू प्राकृतिक पूजक हुन् । समग्रमा नेपालमा १३० जातजातिको बसोबास छ । १२४वटा मातृ भाषा बोलिन्छ । १३० जातजाति मध्ये ८१.३% हिन्दु धर्मालम्वीहरू छन् । बौध्द ९% ईस्लाम ४.४% किरात ३.१% क्रिश्चियन १४% प्रकृति .५% बोन ०.४९% जैन ०.०२% हवाई ०.०४% र सिख०.००२% गरि दस वटा धार्मिक समुदायको बसो बास छ । जातजातिका रूपमा १३० हुनु र धार्मिक रूपमा ८१.३% हिन्दु धर्मालम्वी हुनुले हिन्दु ब्रह्मणवादको प्रभावमा अत्यधिक जनसङ्ख्या रहेको देखिन्छ । मङ्गोल सम्प्रदाय अन्तरगतका जनजातिमा पनि बहु संख्यामा रहेका तामाङ्ग, मगर, गुरूङ्ग, राई, लिम्बू थारू र नेवारहरू छन् । त्यस बाहेक सेर्पा,थामी, सुनुवार, जिरेल, सुरेल छन्त्याल,ब्याँसी ,थकाली, चेपाङ्ग आदि हुन् । बढी जनजातिका कुरा उठाउने बहुसंख्यामा रहेका जनजातिहरू हुन् तर यिनैले हिन्दु ब्रह्मणवादलाई मोलजोल गरिरहेका छन् ।

सब भन्दा पहिला नेपालमा हिन्दु ब्रह्मणवादलाई स्थापित गर्ने नेवार शासक हुन् । जनजाति भित्र छुत अछुतको विभेद थिएन ।सर्बप्रथम कामको आधारमा आफ्नै स्वजातीयहरूलाई तल्लो उपल्लो जातमा बिभाजन गरि छुत अछुत नेवार शासकले पारे । पहाडीया खस बाहुनहरू त मनुस्मृतिका पूजक नै भए । यिनहरूले श्रमजीबी सार्की, कामी, दमाई लगायतलाई शुद्रमा गणाना गरि अक्षुत बनाय । मधेशमा हिन्दुधर्मालम्वीहरूले नै डुम, चमार ,धोवी हलखोर ,मुसहर, पासवान आदि श्रमजीवीहरूलाई अछुत बनाई दिए ।

अक्षुतहरूको काम उपल्लो जातको सेवा गर्नु मात्र भयो । जीवन निर्वाहका सारा उत्पादन यिनीहरूले नै गर्दछन् तर आफुले उत्पादन गरेका वस्तुको स्वमित्व यिनीहरूको हुदैन । यिनीहरूलाई पहुनी माग्ने जातमा राखिएको छ । नेपालका दस वटा सम्पदा विश्वसम्पदा सूचिमा राखिएका छन् ।यी सम्पदाको निर्माण गर्नेहरू अझै संविधान मै दलितको सूचिमा राखिएको छ । गणतन्त्रको संबिधानमा पनि दलित भनेर किटान गरि अझै बिभेदलाई यथावत राखेको देखिन्छ ।
इतिहाँसभरी नै विश्वमा जातीय बिभेदहरू पाइन्छन् । अमेरिका अफ्रिकाका मुलुकहरूमा सेतो र कालाका बीचको, मध्यपूर्वमा यहूदी र मुस्लिमहरू बीचमा, भारतमा हिन्दु र मुस्लिम बीचमा जातीय र धार्मीक युध्दहरू भएका छन् । धेरैले ज्यान गुमाएका छन् तर नेपालमा कहिल्यै पनि यस्ता युध्दको मार खेप्न परेको छैन ।

बर्ग र जात संगसङ्गै जन्मेका दुए भाइ हुन् । जव सत्ताको जन्म भयो सत्ताधारीहरूले मानिस जगत पसु जगतबाट अलग हुदा देखि नै कुनै प्रजातिहरू विशिष्ट गुणका कारण अन्य भन्दा श्रेष्ट थियो कुनै प्रजातियहरू न्यून बिशिष्टताका कारण यी तुच्छ थिए भन्ने कथन चलाए । प्रारम्बिक कालमा मानिस बिशिष्टतामा फरक थिएनन् । मानिसको मानिस मात्र एक जात थियो ।प्रकृतिका हिसावले मानिसहरूमा कुनै विभेद छैन । काला सेता जस्तासुकै मानिसहरू बीचको संसर्गबाट सन्तान उत्पादन हुन्छन् । भूगोल,वातावरण रहन सहनमा बिबिधता कारण बाहिरी छाला र केशमा फरक हुन सक्छ तर संसारका सबै मानिसहरू एकै हुन् । सत्ताका कारण एक बर्गले आफुलाई विशिष्ट बर्गको भएको र सत्ता बिहिन बर्ग हिन बर्गमा रहेको भन्ने रह्यो ।

पुरानोको नाश हुने र नयाँ निर्माण हुने क्रम दुई बिचारधारा अर्थात दुई बर्ग शक्तिको बिचको सङ्घर्ष हो । यो नै बर्ग सङ्घर्ष हो । बर्ग सङ्घर्ष बिना कुनै जातिको मुक्ति सम्भव छदै छैन ।

नेपालमा पछिल्लो समय सम्म पनि केन्द्रक्रित राज्य नभएकाले विभिन्न राष्ट्रियतामा विभिन्न जातजातिहरू रहेको पाइन्छ । सबै जातीय राष्ट्रियता सामन्तवादमा चलेकाले सामन्तवादी उत्पीडन सबैले ब्येहोर्दै आएको कुरा साँचो हो । काठमण्डौ, पाल्पा पर्वत जस्ता शक्तिशालि राष्ट्र सामन्तवादी उत्पीडनले गर्दा कमजोर हुँदै गएका थिए । एकिएकरणको आवस्यकता थियो । यदि प्रजातान्त्रिक शक्तिले त्येस समयमा बिकास गरेको भए नेपाल पनि इटली जर्मनी जस्तै गरि एकियकरण हुने थियो । प्रजातन्त्रिक भावनाको बिकास नै नभएकाले सामन्तवादी राजतन्त्र बाटै एकीयकरण भयो ।

एकीयकरण कालभर नेपाल चार जात छत्तीस बर्णको फूलवारीको नारा दिइयो जब एकीयकरण भयो एउटा राजा एउटा देश एउटै भाषा एउटै भेषको नारा आयो । देश पूर्ण हिन्दुवादी जाति प्रथामा गयो । यसबाट देशलाई मुक्त गर्न जनक्रान्तिहरू र जनआन्दोलनहरू भए । जनक्रान्ति र जनआन्दोलनहरूमा सबै जातजातिको सहभागिता थियो । गणतन्त्रको स्थापना पछि जातजातिहरूका सबै समस्याहरू समाधान भएर नेपाली जातीय राष्ट्रियता स्थापना हुनु पर्ने हो तर त्यो हुन सकेन । यही नै हालको अन्तरबिरोध हो ।

मार्क्स एन्गेल्सले जाति र शोषणलाई एक सिक्काका दुई पाटाका रूपमा ब्यख्या गरे । यनीहरूका अनुसार जुन अनुपातमा एक ब्यक्तिद्वारा अर्को ब्यक्तिको शोषणको अन्त हुन्छ ,त्यही अनुपातमा एक जातिद्वारा अर्को जातिमाथिको शोषणको अन्त हुन्छ । जुन अनुपातमा जातिभित्र बर्गहरूबीको वैरभाव बिलाउँछ, त्यही अनुपातमा एक जातिप्रति अर्को जातिको शत्रुताकोपनि अन्त हुन्छ । यसरी हेर्दा जातीय अन्तर बिरोध पनि बर्गीय नै हुने रहेछ ।

मानिसको चेतनाले उसको अस्तित्व निर्धारण गर्ने होइन, बरू उसको सामाजिक अस्तित्वले उसको चेतनालाई निर्धारण गर्दछ यो मार्क्सको भनाई अनुसार जुनसुकै बिचारधारा पनि बर्ग सापेक्ष हुदो रहेछ । मार्क्सवादीहरूले समाजिक ब्यवस्था भित्रको अन्तरद्वन्दको आधारमा सत्य र तथ्य पत्ता लगाउने गर्दछन् । हामो समाज पूर्णतया बर्गीय समाज हो र यो समाजको अन्तर्द्वन्द पनि बर्गीय नै हो । समाजमा एक बर्गको नाश हुने र अर्को बर्गको उदय हुने क्रम चलिरहन्छ अर्थात पुरानाहरू नाश हुन्छन् त्यसको ठाउँ नयाँले लिदै जान्छ । पुरानोको नाश हुने र नयाँ निर्माण हुने क्रम दुई बिचारधारा अर्थात दुई बर्ग शक्तिको बिचको सङ्घर्ष हो । यो नै बर्ग सङ्घर्ष हो । बर्ग सङ्घर्ष बिना कुनै जातिको मुक्ति सम्भव छदै छैन । यस्तो प्रष्ट कुरा झदा छदै क्रान्तिकारीहरूले पनि जातीय सङ्गठनलाई जोड दिनु घुम्दै फिर्दै उहीँ प्रतिकृयावादमा पुग्नु हो ।

कम्युनिष्टले त मानिसको अन्तर्राष्ट्रिय जात हुनेछ भनेर अन्तर्राष्ट्रिय गीत गाउँदछन् भने जात जातको सङ्गठन बनाउने कुरै हुदैन ।

सामन्त जमिन्दार, नोकरशाह, दलालपुँजीपतिहरू सबै एकै जातका छैनन् । यो प्रतिक्रियावादी पङ्क्तिमा सबै जातजातिका मानिसहरू छन् । त्यस्तै राष्ट्रिय पूँजीपति, निम्न पूँजीपति , मजदुर अर्ध सर्वहारा र किसानहरूको पङ्क्तिमा पनि एकै जातका मानिसहरू छैनन् ,सबै जातजातिका मानिसहरू छन् । जब उत्पीडक बर्गमा सबै जातजातिका मानिसहरू छन् र उत्पीडित बर्गमा पनि सबै जातजातिका मानिसहरू छन् भने जातीय सङ्गठनले कसको मुक्ति गर्ने हो । यसरी बर्गीय सङ्घर्षलाई गोलमोटल तरिकाले बिषय अन्तर गर्दा यसले फाइदा पुराउने शोषक बर्ग कै हो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना जातीय मुक्तिका लागि भएको थियो । नेपाली जातीय मुक्तिको अर्थ हुन्छ नेपली राष्ट्रको मुक्ति । तर पछि यसलाई जातमा परिभाषित गरियो । नेपाली काङ्ग्रेसलको स्थापना घोषणा पत्रमा उल्लेख नेपाल भारतबाट अलग र स्वतन्त्र मुलुक होइन ।के आर्थिक दृष्टिले के सामाजिक दृष्टिले नेपाल सदैव नै हिन्दुस्तानसंग अक्षुण्ण रहेको छ भन्दै राजालाई राष्ट्रियताको प्रतीक र काङ्ग्रेसलाई प्रजातन्त्रको प्रतीक मानेको समयमा जातीयमुक्तिको नारा राष्ट्रियताको नारा थियो । जातको नारा थिएन ।

कम्युनिष्टले त मानिसको अन्तर्राष्ट्रिय जात हुनेछ भनेर अन्तर्राष्ट्रिय गीत गाउँदछन् भने जात जातको सङ्गठन बनाउने कुरै हुदैन । कम्युनिष्टहरूको यही नीतिको बिरूध्द पश्चिमाहरूले सर्वप्रथम जात जातका सङ्गठनहरू बनाउँदै जात जातका बीचमा सङ्घर्ष सिर्जना गरी कम्युनिष्टहरूको प्रतिरोध गर्न एन.जी.ओ.आइ एन जी ओहरू गठन गर्न आइपुगे ।पिछाडीएका जातजातिहरूलाई धनको लोभ देखाउँदै यस्ता जातिवादी सङ्गठनहरू वनाउन सफल भए । पहिलो चरणमा सबै कम्युनिष्ट घटकहरूले यसको बिरोध गरेका थिए ।

यसको परिणाम आज कुन हालत भयो यो देख्दा देख्दै अझै जात जातका सङ्गठनहरू बनाउनु यो भन्दा दुर्भाग्य अरू के हुन सक्दछ ।

जुन जुन घटकहरू कम्युनिष्ट सिध्दान्तबाट स्खलन हुँदै गए उनीहरूले यी जातिवादी सङ्गठनहरू बनाएर आफ्नो अस्तित्वको रक्षा गर्ने नीति बनाए । बर्गीय सङ्गठनको पक्ष र जातिवादी सङ्गठनको बिपक्षमा माओवादी र मसाल पछिल्लो समय सम्म अडिक थिए । जब माओवादी र मसाल समेत जातिवादी सङ्गठनमा आए जातिवादी सङ्गठनले राम्रै स्थान पायो। रूसमा सना ठूला धेरै राष्ट्रिय राज्यहरू थिए । लेनिनले यी जातीय राष्ट्रिय राज्यहरूलाई सोभियतसंघमा समाबेस गर्न जातीय स्वधिनताको अधिकार दिदै सोभियतसंघमा समाबेस गरेका थिए । यसको सारसङ्ग्रह गर्दै हुदै नभएका राष्ट्रिय जातीय राज्यहरू बनाउने काम माओवादीले ग-यो । यसको परिणाम आज कुन हालत भयो यो देख्दा देख्दै अझै जात जातका सङ्गठनहरू बनाउनु यो भन्दा दुर्भाग्य अरू के हुन सक्दछ ।

नेपालमा हालसम्म जति आन्दोलनहरू भएका छन् त्यहाँ कतै जातको गन्ध पाइदैन । फर्केर पछि हेर्दा नेपालमा भएका राजनीतिक क्रान्ति वा जजनआन्दोलन मध्ये सब भन्दा ठूलो क्रान्ति दशबर्षे जनयुध्द हो ।यश जनयुध्दमा बर्गीय रूपमा नेपालमा रहेका १३० जातजाति मध्ये अधिकांसले भाग लिएका थिए । सहिद हुनेहरूमा पनि प्राय सबै जातका मानिसहरू छन् । जनयुध्दको प्रथम चरणमा पार्टीमा जातिवादी सङ्गठनहरू थिएनन् ।जातका आधारमा पछि पारिएकै कारण कोही पनि पार्टीमा लागेका थिएनन् । पार्टीमा आउदा कसैको पनि जात सोधिने गरिदैन थियो ।

पार्टी भित्र जातीय विभेद थिएन । सबैको एउटै उद्देस्य थियो देशीय सामन्तवाद र भारतीय बिस्तारवाद लगायत साम्राज्यवादीहरूद्वारा नेपाली जनता माथि भएका सबै जातीय, सामाजिक ,सास्कृतिक, धार्मिक मूख्य गरेर आर्थिक बिभेधहरूको उन्मुल गर्नु र नेपालमा नयाँ जनवादी शासन ब्यवस्था स्थापना गर्नु थियो । जातीय विभेद नभएकै कारण पार्टी भित्र बिबाह योग्य युवाहरूका बीच प्रेमका आधारमा बिबाहवारी हुन्थ्यो । पुराना कुशस्कारहरूको अन्त हुँदै गइरहेका थिए । युवाहरूको नयाँ सोँचमा बुढाहरूले पनि समर्थन गर्दै जाने क्रम चलेको थियो । यो भन्दा राम्रो जातीय सौन्दर्य अरू कुनै हुन सक्दैन थियो ।

सबै जातमा रहेका अवसरवादी तस्तर भ्रष्ट दलालहरूका लागि पार्टीको ढोका खुला गरियो । पार्टी यस्तैले भरीयो ।

यदि माओवादीको नेतृत्व पङ्क्तिमा क्रान्तिप्रति स्खलन नआएको भए जातीय समस्याहरू बर्गीय समस्याहरूको समाधान संगसंगै हुने थियो । जब माओवादीले गोलमेच सम्मेलन, अन्तरिम सरकार र संबिधान सभाको नारा पार्टीको दोस्त्रो राष्ट्रिय सम्मेलनबाट पास गरेर संसदीय बाटो तर्फ मोडियो त्यसै समय देखि माओवादीमा जातीय मोर्चाको सुरूवात भयो । बर्गीय रूपमा केन्द्रीकृत रहेको जनयुध्दलाई बिकेन्द्रित पार्दै जात जातका जातीय राज्यहरू बनाउने काम भयो । अब यी राज्यहरू चलाउन दर्शन बिचारलमा पोख्त , त्यगबलिदानमा अडिक मानिसहरूको आवस्यकता रहेन । जातका आधारमा जात भित्रका चलाक धुर्तहरूलाई स्थापित गर्ने काम भयो । यस्ता जातीय राज्यहरूमा मार्क्सवादी कला सास्कृतिहरूको स्थानमा जात जातका पुराना भेषभुषा रितिथिति खान पानकलाई प्रसय दिईयो ।

यसै समयदेखि जनयुध्दको क्रान्तिकारी धारमा खिया सुरू भयो भने जातीय धारमा साँध लगाउने काम भयो । पार्टी शान्ति प्रकृयामा आए पछि पार्टीमा हाली मुहाली केही सिमित नेताहरूको बाहेक अनेत्र यस्तै जातीय रूपमा आएकाहरूको भयो । जनयुध्द लड्ने जनसेना सिबिरमा कैद गरिए । बाहिर जनतामा जता ततै चैते जातीवादी माओवादीको बर्चश्व भयो । सबै जातमा रहेका अवसरवादी तस्तर भ्रष्ट दलालहरूका लागि पार्टीको ढोका खुला गरियो । पार्टी यस्तैले भरीयो । संविधान सभाको पहिलो चुनावमै संसदका सिटहरू तस्करहरूलाई बेच्ने काम भयो ।

जेहोस् पाहिलो संविधान सभाको चुनावमा प्रतिनिधि त जातीय रूपमा आए तर यस्ता खेतलाले संविधान बनाउन सक्ने कुरा भएन । यदि जातीय रूपमा प्रतिनिधित्व भएमा राम्रो संविधान बन्ने भए पहिलो संबिधान सभाले संविधान बनाउने थियो । जनयुध्दका बिरोधिहरू प्राय सबैलाई जनताले हराई दिएका थिए । राजतन्त्र इतिहास भएको थियो । संविधान सभामा मधेशी समुदायबाट १९६ दलितबाट ४७ जनजातिबाट १९२ पछडिएको छेत्रबाट ३२ महिलाबाट १९२ जनप्रतिनिधिहरू आएका थिए । क्षेत्री बाहुन सन्यासी दशनामिहरूलाई अन्यमा राखिएको थियो जसबाट मात्र १९६ जनाको प्रतिनिधित्व भएको थियो । यसले संविधान किन बनाउन सकेन किनकी यहाँ राजनीतिक प्रष्ट धार नै थिएन । जातीय नारामा बन्ने यस्तै खिचडी हो । यही संविधान सभाले माओवादी जनषुध्दको हत्या ग-यो ।जनसेना बिगठन यसैले ग-यो ।

हाल पुँजीवादी उत्पादन प्रणालीले गर्दा यिनीहरूको परम्परा देखिको पेसा ब्यवशाय पनि हरण भएको छ ।

अहिले जनयुध्द एक समयको असफल युध्दको इतिहास बनेको छ । अहिले जनयुध्दका केही मानिसहरू सरकारको केन्द्रमा त छन् तर जनयुध्दको बिरासतका आधारमा नभएर पुरानो सामन्तवादी बिरासतका मुखिया जिम्वालका छोरा छोरीहरू , ब्यक्तिगत प्रतिष्ठा कमाएका शिक्षकहरू, धनी ब्यपारीहरू लगायत पैसाले पद किन्न सक्ने तस्कर दलालहरूको बर्चश्व छ । जनयुध्दका योध्दाहरू ज्यू ज्यन पाल्न अरवका खाडिमा पुगेका छन् । हजारौ घाईते योध्दाहरूको बिचल्लि छ । सहिदहरूलाई अपराधिको जस्तो ब्यवाहार गरिदै छ ।बेपत्ताहरूको चासो अब कसैलाई छैन । जनयुध्दमा युध्दअपराध गर्नेहरू पुरस्कृत भएका छन् , माओवादी जनयुध्दलाई निरनतरतामा अघि बढाउन पुनर्गठन भएको कम्युनिष्ट पार्टी प्रतिबन्धित छ ।

हामिले आफ्नै जीवनकाल र आफै अनुभव गरेको यस्तो तितो यथार्थ छदा छदै फेरि बर्ग सङ्घर्ष बेगरको जात जातीहरूका संगठन बनाउनु सर्बहार श्रमजीवी बर्गप्रति बिश्वस घात बाहेक अरू केही हुदैन । दलित समुदायको समस्या जातीय होइन बर्गीय हो । अहिले तथाकथित दलित भनिने जातहरू श्रमकै आधारमा अछुत पारीयका हुन् । यिनीहरू पनि धार्मीक रूपले हिन्दु नै छन् । गोत्र पनि अरूहरूसंग नै मिल्दछ । यो श्रमजीवी बर्गले दासयुग देखि हालसम्म सबैको जिवन निर्बाह गर्ने बस्तुहरूको उत्पादन गर्नुका साथै सबै कलाकौसलको निर्माण गरेको छ ।

हाल पुँजीवादी उत्पादन प्रणालीले गर्दा यिनीहरूको परम्परा देखिको पेसा ब्यवशाय पनि हरण भएको छ । पुँजीवादी उत्पादन प्रणालीमा यिनीहरूलाई पछि पार्दै अन्य जातजातिहरू अघि आएका छन् । अहिलेसम्म समाजलाई धानेको यिनीहरूको सिप धरापमा परेको छ । दलित जाति नएभर एक श्रमजीवी बर्ग हो । यो श्रमजीवी बर्गलाई माथि नउठाए सम्म कुनै पनि प्रगतिशील ब्यवस्थाको कल्पना गर्न सकिदैन । सबै प्रगतिशील मार्क्सवादी लेनिनवादी माओवादीहरूले यो बर्गको यत्थानमा जोड दिन आवस्यक छ । अन्य जातीय सङ्गठनहरू बनाउनु बर्ग सङ्घर्षलाई पछि पार्ने चाल मात्र हुनेछ । त्यसैले गर्दा राजनीतिमा जात जातिका सङ्गठनहरू समाजका लागि बरदान नभएर श्राप हुन् भन्न सकिन्छ ।