नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणि, नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको आज ४३ औँ स्मृति दिवश हो। नेपालमा कम्युनिष्ट आन्दोलानको सूत्रपात गर्ने पुष्पलाल समग्र नेपाली राजनीतिमै उच्च सम्मानका साथ लिइने नाम हो।वि। सं। १९८१ असार १५ गते रामेछापमा बुबा भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले उनका दाजु गंगालाल श्रेष्ठ राणाविरोधी आन्दोलनमा लागेका कारण १९९७ मा अन्य तीनजनासँगै निरंकुश राणा शासकबाट मारिएका थिए। चार शहीदमध्येका एक गंगालालको सपना साकार पार्ने प्रणसहित पुष्पलाल पनि राजनीतिमा होमिए।
भनिन्छ, गंगालाललाई गोली हानी मार्नुअघि भद्रगोल जेलमा भेट्न जाँदा भाइ पुष्पलाललाई गंगालालले भनेका थिए रे, ‘माहिला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित गर्नेछस्।’ दाजु गंगालालको यही प्रेरक शब्दले नै पुष्पलाललाई नेपाली राजनीतिमा सक्रिय हुन प्रेरित गर्यो। पुष्पलाल नेपाली कम्युनिष्ट राजनीतिक इतिहासमा स्वर्णाक्षरले अंकित हुन पुगे।
कम्युनिस्ट पार्टिको स्थापना गर्ने र नेपाली श्रमजीवी जनताको मुक्ति गर्ने उदेश्यका साथ रणनीति र लक्ष्य तय गर्ने साथै कार्यनीति बनाउने र जनतालाई आन्दोलनको लागि मार्ग निर्देशन गर्ने कार्यको थालनी गर्ने कमरेड पुष्पलाल्ल श्रेष्ठले गर्नु भएको थियो । नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख ,सामन्ती निरकुश जहानिया शासनको अत्यगरी जनतामा सार्वभौमसत्ता सम्पन भएको गणतन्त्रात्मक शासन ब्यबस्था स्थापना गर्ने सपना लिने ब्यक्ति पुष्पलाल श्रेष्ठ को नेतृत्वमा दिन बिश्वमा कम्युनिस्ट पार्टीको स्थापन भएको लगभग ६८ बर्ष पछि नेपालमा कम्युनिस्ट पार्टीको स्थापन गर्नु भएको थियो ।
कम्युनिष्ट पार्टीको ७० बर्षको ईतिहासलाई हेर्ने हो भने विभिन्न समयमा आआफ्नो गुट बनाउने र आन्दोलन लाई कमजोर बनाउने काम भएको पाईन्छ ।
मार्क्स र लेनिनका विचारबाट प्रभावित पुष्पलालले यिनै विचारलाई आत्मसात् गर्दै २००६ सालमा भारतको कलकत्तामा नेपालकम्युनिस्ट पार्टीको स्थापना गर्नु भएको थियो यसरी स्थापन भएको कम्युनिस्ट पार्टीले विभिन्न समयमा आरोह अबरोह पार गर्दै आजको दिनमा आउँदा करिव करिव दुई तिहाई सहित सरकारको नेतृत्व गर्ने अबसर प्राप्त गरेको छ । कम्युनिस्ट पार्टीको ७० बर्षको ईतिहासलाई हेर्ने हो भने विभिन्न समयमा आआफ्नो गुट बनाउने र आन्दोलन लाई कमजोर बनाउने काम भएको पाईन्छ । आजको दिन सम्म आईपुग्दा नेपालका दुई कम्युनिस्ट घटक हरु एकता गरि नेकपा बनाई थोरै भएपनि आशाको दियो बालेका छ्न ।
दुई पार्टीको ईतिहासलाई केलाउने हो भने मनमोहन अधिकारी ,शम्भुराम श्रेष्ठको नेतृत्वमा गठन भएको केन्द्रिय न्युक्लियस र पुष्परलालको समूह नेकपा (माले) आगाडी बढेर २०३४ मदन भण्डारी ,जिवराज आश्ररित , बामदेव गौतम र अन्य ससाना झुन्डहरुको एकता गरि नेकपा९माले० स्थापित गरि चौधौं महाधिवेशन २०४६ सालमा सिराहामा सम्पन्न गरि खुल्ला राजनीतिमा प्रबेश गरि २०४७ मा माले र माक्र्सवादी बीच पार्टि एकता गरि नेपाल एमाले बनी आगाडी बढे भने नेकपा सयुक्त चौमको को रुपमा आयको अर्को समूह २०४० मा आउँदा नेकपा सयुक्त चौम , नेकपा ९मसाल० र नेकापा चौम गति तीन समुहमा बिभाजित भैइ आगाडी आउँदा २०४५ मा नेकपा मसालको सम्मेलन गरि प्रचण्ड महामन्त्री बने ।
२०४७ मा आईपुग्दा प्रचण्डको नेकपा मसाल, निर्मल लामाको नेकपा चौम,रुपलाल बिश्वकर्माको सर्वहारवादी श्रमिक र बाबुराम भट्टराई र हरिवोल गजुरेलको बिद्रोही मसाल समूह मिलि नेकापा एकता केन्द्र बन्न पुगेको कम्युनिस्ट पार्टी २०४८ को राष्ट्रिय महाधिवेशनले जनयुद्धको कार्यदिशा पास गर्यो र २०५१ फागुन १ देखि बिस्तारित बैठकले पार्टीको नाम नेकपा माओवादी नामकरण गरि क्रान्तिको राजनीति र फौजि कार्यदिशा निर्माण गर्ने काम गर्यो भने त्यस्मा असहम जनाउदै निर्मल लामा र नारायणकाजी श्रेष्ठ मिलि एकता केन्द्र गठन गरि बसे ।
स्पष्ट नीति र कार्यक्रमसहित कम्युनिष्ट पार्टीलाई दिशा दिनसक्ने पुष्पलाल नै नेपाली कम्युनिष्ट आन्दोलनका आदर्श व्यक्तित्व हुन्।
यसरी दुई धारका कम्युनिस्ट पार्टी गत जेष्ठ ३ गतेका दिन एकता भयो। पार्टी स्थापन गर्दा जुन कुरा लाई केन्द्र बिन्दुमा राखेर पुष्पलालले स्थापन गर्नु भयो त्यो दिशामा अगाडि बढनुको विकल्प देखिदैन र आजको दिनमा आउँदा नेपालका कम्युनिस्ट पार्टी हरु लाई एक बनाउने सपना केही हदसम्म पूरा भएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई सुरु गर्ने र एउटा उचाइमा पुर्याउने श्रेय उनैलाई जान्छ। स्पष्ट नीति र कार्यक्रमसहित कम्युनिष्ट पार्टीलाई दिशा दिनसक्ने पुष्पलाल नै नेपाली कम्युनिष्ट आन्दोलनका आदर्श व्यक्तित्व हुन्। सादा जीवन र उच्च विचारका धनी थिए पुष्पलाल। श्रमिक, उत्पीडित र किशानका हितमा सधैँ सोचिरहने पुष्पलाल सम्पूर्ण जीवन देश र देशवासीका नाममा समर्पण गर्दै यस लोकबाट बिदा भए। यस्ता सच्चा आदर्शवादी नेता नेपाली राजनीतिले फेरि पाउला या नपाउला, भन्न सकिन्न।
बिचारलाई कागजमा सिमित गरेर अहिलेको नेपाली कम्युनिस्ट आन्दोलन ब्यक्ती केन्द्रित र सत्ता केन्द्र बन्न पुगेको छ । नेकपाको सरकार छ , दुई अध्यक्ष छन् ,जनमत छ ,जनताको अपेक्षा छ र सम्रगमा भन्दा अहिले समयमा पुष्पलालले देखायको समाजवादी ब्यबस्था स्थापना गर्नको लागि कम्युनिस्ट हरुले प्राप्त गरेको यो स्वणिम मौका हो ।सरकारको माध्यम बाट सम्रग बिकास ,समद्वि र समाजवाद प्राप्त गर्न सम्भब छ ।
बीसको दशकपछि नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको टुटफुटले आजसम्म निरन्तरता पाइरहँदा नेपाली कम्युनिष्ट आन्दोलन अप्ठेरोमा परेको यथार्थ छ। त्यसयता नेपाली कम्युनिष्ट नेता मिलेर बसेका देखिएको छैन। कुनै न कुनै बहानामा विभाजित हुने क्रम बढ्दो छ। साना साना संगठन बनाएर त्यसमै रमाउने प्रवृत्तिले नेपाली कम्युनिष्ट आन्दोलनलाई शिथिल बनाउने देखिन्छ। यद्यपि, पुष्पलालको सपना यो थिएन। नयाँ जनवादी क्रान्तिमार्फत् समग्र मुलुक र मुलुकवासीको उन्नति, प्रगति हुनसक्छ भन्ने मान्यता थियो उनको। यसका लागि कम्युनिष्टभित्र मात्र होइन, कांग्रेससँग पनि एकता र सहकार्य गर्नुपर्छ भन्ने धारणा उनमा थियो।
बिश्वमा कम्युनिस्टहरुले माक्र्सवाद र लेनिनवाद लाई तिलाञ्जलि दिएर सशोधनवादको बाटोलाई अबलम्बन गर्दा कम्युनिस्टमय भएको युरोपयिन मूलका कम्युनिस्ट पार्टीले चलाएको सरकारहरु कसरी पतन भएर पुजीवादीहरु कसरी स्थापित भए त्यसलाई आत्मसात गर्ने बेला आएको छ ।अहिले नेपालमा पनि कसरी सरकार सञ्चालन गर्ने, पार्टी र सरकार एकै ब्यक्तीबाट वा भिन्न भिन्न ब्यक्तिले नेतृत्व गर्ने हो त्यस्को पनि लेनिनवाद सिद्धान्तले के भन्छ ,बिश्व साम्राज्यवादले अहिले देशमा गरेका गतिविधि हरुले राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती को रुपमा खडा भएको अबस्थामा आज हामी पुष्पलालको स्मृतिमा विभिन्न कार्यक्रम गरेर मात्रै स्मृति दिबस मनाएर मात्रै हुँदैन ,अहिले देखिएका कम्युनिस्ट पार्टी भित्रका समस्या हरुको सुक्ष्म अध्ययन गरि क्रान्तिको अगुवाई गरि बैज्ञानिक समाजवादको स्थापना गर्नको लागि सघष, सिद्धान्त र सघठनको निती लाई जनवादी केन्द्रियताको अभ्यासमा पार्टी र सगठन लाई सञ्चालन गरि आधारभूत तहका जनताको पचामा काम गर्ने सकेमा मात्रै पुष्पलाल प्रती सच्चा संमान हुने छ ।
नेकपा जिल्ला कमिटी सदस्य कास्की









