आमुख
सनातन वैदिक परम्परामा जनैको विशेष महŒव छ । जनैलाई यज्ञोपवीत, यज्ञसूत्र र ब्रºसूत्र पनि भनिन्छ । हिन्दुत्वका स्रोह्र संस्कार र अन्य देव, पितृ कुनै पनि पूजाकर्ममा जनैको अपरिहार्यता रहन्छ । जनैविना कुनै पनि यज्ञ सम्पन्न हुँदैनन् भने जनै नलगाएसम्म यज्ञको अधिकारी भइँदैन, तसर्थ जनै के हो ? जनै कसरी निर्मित हुन्छ ? जनै लगाउनुको तात्पर्य एवं यसका आध्यात्मिक, व्यावहारिक पक्ष के हुन् भन्ने विषयमा यहाँ सङ्क्षिप्त चर्चा गरिन्छ ।
जनैको अर्थ
जनैलाई यज्ञोपवीत भनिन्छ । यज्ञोपवीत हिन्दुत्वको पहिचान हो । हिन्दु समाजमा शिखाको जति महŒव छ, त्यति नै महŒव यज्ञसूत्र वा जनैको पनि छ । यज्ञसूत्र, यज्ञोपवीत नाम नै अर्थपूर्ण छन् । यज्ञार्थं योग्यं सूत्रम् यज्ञसूत्रम् अर्थात् यज्ञका लागि योग्य सूत्र यज्ञसूत्र । यज्ञेन संस्कृतम् उपवीतम् यज्ञोपवीतम् यज्ञकर्मद्वारा यज्ञकै लागि संस्कार गरिएको वा निर्माण गरिएको सूत्र यज्ञोपवीत हो ।
यज्ञाख्यः परमात्मा य उच्यते यैश्च होतृभिः ।
उपवीतो यतस्येदं तस्माद् यज्ञोपवीतकम् ।।( घिमिरे, २०४७ः पृ. १५)
माथिका व्युत्पत्तिजन्य अर्थ र उल्लिखित श्लोकात्मक वचनले यज्ञ कर्म र यज्ञको आधिकारिक पात्रताका लागि यज्ञोपवीतको आवश्यकता जनाउँछन् । यज्ञसूत्रको अर्को नाम ब्रºसूत्र हो । ब्रº भनेको चराचर जगत्को मूल कारण परमेश्वर र सूत्र धागो, यी दुई शब्दबाट ब्रºसूत्र बनेको छ । ब्रºसूत्रको धारणले यज्ञयागादिका माध्यमबाट वेदको ज्ञानपूर्वक ब्रºतŒव अर्थात् ईश्वरीय तŒवसंग सम्बन्ध जोडाउने भएकोले यसलाई ब्रºसूत्र भनिएको हो –
सूचनाद् ब्रºतŒवस्य वेदतŒवस्य सूचनात् ।
तत्सूत्रमुपवीतŒवाद् ब्रºसूत्रमिति स्मृतम्।। (घिमिरे, २०४७ः पृ. १६)
यज्ञोपवीत धारण गर्दा भनिने मन्त्रात्मक कथनमा आएको प्रजापतेर्यत्सहजं पुरस्ताद् भन्ने वाक्यले यज्ञोपवीतको इतिहासलाई स्वयं सृष्टिकर्ता ब्राºाजीको इतिहाससंगै जोडिदिएको छ ।
श्लोकमा भनेझैं वेद र परमात्माको सम्बन्धलाई जोड्ने काम यज्ञले गर्दछ । यज्ञ गर्दा जनै नभई नहुने वस्तु हो । त्यही भएका हुनाले आर्ष परम्परामा जनैको ठूलो महŒव छ । जनै लगाएर मात्र यज्ञको अधिकारी बनिँदैन, अपितु त्यसका नियम अनि तदनुकूल आचरणको पालना पनि आवश्यक छ ।
जनैको प्राचीनता
सृष्टिको प्रारम्भदेखि नै यज्ञोपवीत (जनै) धारणको इतिहास भेटिन्छ । यज्ञोपवीत धारण गर्दा भनिने मन्त्रात्मक कथनमा आएको प्रजापतेर्यत्सहजं पुरस्ताद् भन्ने वाक्यले यज्ञोपवीतको इतिहासलाई स्वयं सृष्टिकर्ता ब्राºाजीको इतिहाससंगै जोडिदिएको छ । श्रीमद्भागवतादि महापुराण र अन्य श्रुतिस्मृति शास्त्रहरुमा कपिल, ऋषभदेव, वामन, श्रीरामचन्द्र, श्रीकृष्ण आदि भगवान्ले पनि यज्ञ कर्मका निमित्त यज्ञोपवीत धारण गरेका प्रसङ्ग भेटिन्छन् । यही परम्परालाई क्रान्तद्रष्टा ऋषिहरुले अवलम्बन गर्दे आए, यो परम्परालाई अहिलेका द्विजातिहरुले पनि अनुसरण गर्दै आएका छन् ।
यज्ञ दानपुण्य आत्मकल्याण र लोकोपकारका भावनाले गरिने विशेष कार्य हो । यसले परमात्मा प्रसन्नताका लागि गरिने पूजाकर्म, अनुष्ठान, उपासनालाई समेत जनाउँछ । यज्ञ र यज्ञोपवीत अन्तरसम्बद्ध छन् । यज्ञोपवीत यज्ञसंग र यज्ञ वेदसंग सम्बन्धित छ । यज्ञोपवीतविना वदेपाठको अधिकारी भइँदैन वेद मन्त्रविना कुनै पनि वैदिक यज्ञ सम्पन्न हुँदैनन् ।
वेदाधिकार र यज्ञाधिकारका लागि शास्त्रहरुमा यज्ञोपवीत धारणको आवश्यकता औंल्याइएको छ ।
वेदाधिकार र यज्ञाधिकारका लागि शास्त्रहरुमा यज्ञोपवीत धारणको आवश्यकता औंल्याइएको छ । त्यसैले ब्रºचर्यमा रहनु, ब्रºतŒवको बोध गर्नु द्विजातिŒवको सूचक हो । वेद, पुराण, मनुसंहिता, मनुस्मृति, याज्ञवल्क्यस्मृति, स्मृतिप्रकाश, शिष्टस्मृति, गोभिल स्मृति, आचारमयूख,
बोधयनगृह्यसूत्र, वैखानससूत्र आदि प्राच्य ग्रन्थहरुमा यज्ञोपवीत निर्माण र धारणका विधिहरु उल्लेख छन् ।
जनैको शास्त्रीयता
जनै लगाउने प्रचलन कसैको लहडमा चलेको होइन । ब्रºतŒवको ज्ञान अनि यज्ञ–यागादिको पात्रताका लगि यो परम्परा आदिकालदेखि नै चलिआएको हो । देख्दा शरीरमा सामान्य धागो भिरेजस्तो लागे पनि यो सामान्य धागोमात्र होइन । विशेष विधिले निर्माण गरेर वेदमन्त्रद्वारा अभिमन्त्रित गरी देवत्वको आवाहनका साथ तयार पारिएको सूत्र हो । यस्तो सूत्र नै यज्ञोपवीतका निमित्त धारण योग्य बन्दछ । प्राचीन कालमा कपास, सनपाट, भेडाको उनबाट जनै बन्दथे । त्यतिबेला ब्राºणले कपास निर्मित, क्षत्रियले सनपाट र वैश्यले उनको धागोबाट निर्मित जनै लगाउने परम्परा थियो –
कार्पासमुपवीतं स्यात् विप्रस्योर्धवृतं त्रिवृत् ।
शाणसूत्रस्य राज्ञो वैश्यस्याविकसूत्रजम्।।(अधिकारी, २०६३ः पृ. ९२) ।
देख्दा शरीरमा सामान्य धागो भिरेजस्तो लागे पनि यो सामान्य धागोमात्र होइन । विशेष विधिले निर्माण गरेर वेदमन्त्रद्वारा अभिमन्त्रित गरी देवत्वको आवाहनका साथ तयार पारिएको सूत्र हो
कालान्तरमा सहज उपलब्धताका कारण ब्राºण, क्षत्री, वैश्य तीनै वर्णमा कपास निर्मित धागोबाट बनेको जनै लगाउने थिति बस्यो । सकेसम्म आफ्नै देशमा उत्पादित धागोबाट जनै निर्माण गर्नुपर्ने शास्त्रमा निर्देशन छ । शास्त्रनिर्दिष्ट विधिअनुसार न्ध्यावन्दनादि नित्यकर्मबाट निवृत्त भएर शुभमुहूर्तमा ब्राºण, ब्रºमणकन्या अथवा ब्राºणीद्वारा कातिएको धागो ग्रहण गरी मन्त्रोच्चारणपूर्वक ९६ अंगुल बराबरको धागालाई दायाँ हातका चार औलामा ९६ पटक बेर्ने र तीन सरा बनाउने त्यसलाई एकै ठाउँमा मिसाएर पुनः तेब्बर पार्ने अनि ती तीन सरालाई एकत्रित गरेर प्रणवमन्त्रसहित ब्रºग्रन्थिले जोडिदिने यसरी जनै निर्माण पूरा हुन्छ । ब्रºग्रन्थि भनेको जनैको डोरालाई जोड्ने गाँठो हो, यसलाई शिखा पनि भनिन्छ ।
यसको गूढ तात्पर्य के हो भने ब्रºबाट नै चराचर जगत्को विस्तार भएको र त्यो अन्तमा उही ब्रºमा विलीन हुनपुग्छ, संसारमा जे छ सबै ब्रºको स्वरुप हो , सारा जगत् ब्रºमय छ, ऊबाहेक अरू सबै नाशवान् छन् भन्ने भावना राख्न प्रेरित गर्नु ब्रºग्रन्थिको आशय हो । यही ब्रºग्रन्थिमा ॐकारभिक्रका तीन वर्ण, सत्व, रज, तम तीन गुण अनि ब्रºाण्ड नियामक ब्रºा, विष्णु, रूद्रका तीन शत्ति रहन्छन् भन्ने व्याख्या गरेको पाइन्छ (शास्त्री, १९९७ः पृ. ४१३) ।
जनै निर्माण गर्दा चार औंलामा बेर्नुको तात्पर्य जीवनका जाग्रत्, स्वप्न, सुषुष्ति र तुरीय अवस्थालाई जनाउनु हो । ९६ पटक बेर्नुको आशय वेदका १ लाख मन्त्रमध्ये कर्मकाण्डका ८० हजार, उपासनाकाण्डका १६ हजार मन्त्र धारणको सङ्ढेत हो । किन भने कर्मकाण्ड र उपासना काण्डको अधिकारपर्यन्त यज्ञोपवीत धारणको विधान छ । बाँकी ५ हजार मन्त्र ज्ञानकाण्डसंग सम्बन्धित छन् । यसले जीवनको चतुर्थाश्रम वा सन्न्यास धर्मको सङ्ढेत गर्दछ । यसै गरी ९६ सङ्ख्याको अर्को आशय जीवन जगत्का २४ तŒव, सत्व, रज, तम, ३ गुण, प्रतिपदा, द्वितीया, तृतीया आदि १४ तिथि, आइत, सोम, मङ्गल आदि ७ वार, अश्विनी, भरणी कृतिका आदि २७ नक्षत्र, भूत, वर्तमान, भविष्यत् ३ काल, वैशाख, जेठ, आषाढ आदि १२ महिनाको प्रतीक हो ।
तिथिर्वारञ्च नक्षत्रं तŒववेदगुणान्वितम् ।
कालत्रयं च मासाश्च ब्रºसूत्रं हि षष्णवम् ।। (पूर्ववत् ४०८) ।
जनै निर्माण गर्दा चार औंलामा बेर्नुको तात्पर्य जीवनका जाग्रत्, स्वप्न, सुषुष्ति र तुरीय अवस्थालाई जनाउनु हो ।
९६ सङ्ख्याको अर्को सहस्य वेदमाता गायत्री र गायत्री मन्त्रको प्रतीक हो । चार वेदमा गायत्री मन्त्रसंग सम्बद्ध २५ अक्षर हुन्छन् तिनहरुलाई ४ ले गुणन गर्दा २५ ×४=९६ सङ्ख्या पुग्दछ
चतुर्वेदेषु गायत्री चतुर्विंशतिकाक्षरी ।
तस्माच्चतुर्गुणं कृत्वा ब्रºतन्तुमुदीरयत् ।। (पूर्ववत् ४.४.७) ।
९६ अंगुल धागोको सरालाई ३ गुणा गरी बेर्नुको तात्पर्य द्विजाति अर्थात् ब्राºण, क्षत्रिय र वैश्यका निमित यज्ञोपवीत धारण र यज्ञाधिकारको महत्ता बताउनु हो । ब ाºण क्षत्री र वैश्य द्विजाति हुन् । किन भने एकपटक मातृगर्भबाट अर्कोपटक संस्कारबाट जन्मने हुनाले यिनीहरुलाई द्विज, द्विजाति, द्विजन्मा भनिएको हा ्रे । द्विर्जायत इति द्विजः यस व्युत्पत्तिले त्यही सङ्केत गर्दछ भने
मातुर्यदग्रे जायन्ते द्वितीयं मौञ्जिबन्धनात् ।
ब्राºण्क्षत्रियविशस्तस्मादेते द्विजाः स्मृताः ।। (याज्ञवल्यस्मृति १/३९)
यस श्लोकले पनि द्विजाति र उनीहरुको कर्मको स्मरण गराउँछ । यज्ञ सूत्रलाई पुनः ३ पटक फेरा लगाउनुको अर्थ जीवनका ब्रºचर्य, वानप्रस्थ र गृहस्था श्रमसम्म यज्ञोपवीत धारणको कार्यहरुलाई जनाउनु हो । त्यसै गरी तीन सङ्ख्याको तेस्रो आवृत्तिले देव ऋण, ऋषि ऋण र पितृऋणबाट मुक्त हुन उन्मुख गराउनु हो । स्वाध्ययनबाट ऋषिऋण, यज्ञयागादिबाट देवऋण अनि पितृतारणबाट पितृऋण तिर्नु हो । किन भने देवयज्ञ होस् अथवा पितृयज्ञ दुवैमा जनै धारण र ब्रºकर्मको पालना आवश्यकता रहन्छ । यसै गरेर विद्वान्हरुले जनैका सरामा आवृत्त ३ को सङ्ख्यालाई बºा, विष्णु, महेश त्रिदेव, गार्हस्पत्य, आहवनीय, दक्षिण ३ अग्नि, स्वर्ग, मर्त्य पाताल तीन लोक, सत्व, रज, तम ३ गुण आदिको प्रतीकका रुपमा व्याख्या गरेका छन् । (शास्त्री, १९९७ः पृ. ४१०/ कल्याण पृ. ३९४) ।
जनैमा परिगणित ९ को सङ्ख्या शरीरका नव द्वारका प्रतीक हुन् । यी ९ डोरा मा विभिन्न देवताहरुको वास रहन्छ भन्ने उल्लेख छ । जस्तै १ ॐकार, २ अग्नि, ३ नाग, ५ सोम, ४ पितृ, ६ प्रजापत्रि, ७ वायु, ८ सूर्य, ९ सर्वदेवता ।
ॐकारः प्रथमे तन्तौ द्वितीयेऽग्निस्तथैव च ।
तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता ।।
पञ्चमे पितृदैवत्यं षष्ठे चैव प्रजापतिः ।
सप्तमे मरुतश्चैव अष्टमे सूर्य एव च ।
सर्वे देवास्तु नवमे इत्येतास्तन्तुदेवताः ।। (घिमिरे २०४७ः पृ. १६)
जनैमा परिगणित ९ को सङ्ख्या शरीरका नव द्वारका प्रतीक हुन् । यी ९ डोरा मा विभिन्न देवताहरुको वास रहन्छ भन्ने उल्लेख छ ।
यी देवता झनेका क्रमश बº, तेज, धैर्य, शीतलता, सृजनशत्ति, भरणपोषण, स्वच्छता, प्रताप अनि समष्टि दिव्यतŒवका आधार हुन् । यिनीहरुले यज्ञसूत्र धारणकर्तामा धैर्य, क्षमा, इन्द्रिय संयम, अचौर्य, पवित्रता, प्रज्ञा, विद्या, सत्यता, शान्ति, संयमितता जस्ता गुणहरुको विकासमा सहयोग पुर्याउँछन् ।
जनै लगाउने विधि
ऋषितर्पणीका दिन अभिमन्त्रित गरिएको जनैलाई हातमा लिएर गायत्री मन्त्रको स्मरण गर्दै पुरानो जनैलाई मालाकारमा कण्ठवर्ती बनाउने अनि नयाँ जनै बायाँ काँधका माथि दाहिने हातको तल पारेर तलको मन्त्रोच्चारणसहित लगाउने ।
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्रयं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।।(शास्त्री, पूर्ववत् पृ ८५)
अर्थात् सृष्टिकर्ता ब्रºाजीसंगै समुत्पन्न अति पवित्र यज्ञोपवीतले आयु, तेज, बल प्रदान गर्दछ । यज्ञका लागि निर्मित हे यज्ञसूत्र म तिमीलाई धारण गर्दछु । यस मन्त्रले एकातिर जनै धारणबाट प्राप्त हुने शक्ति र अर्कोतर्फ जनैको इतिहासलाई जनाउँछ । यसरी नयाँ जनै लगाएपछि पुराँनो जनैलाई पनि मन्त्रोच्चारणसहित कृतज्ञतापूर्वक शरीरबाट झिकेर शुद्ध ठाउँमा विसर्जन गर्नुपर्दछ –
एतावद्दिनपर्यन्तं ब्रºत्वं धारितं मया ।
जीर्णत्वात् तत्परित्यागः, गच्छ सूक्र यथा सुखम् ।।
धारणका साथ साथै नियमको पालना भयो भने त्यसमा देवत्व रहन्छ अन्यथा सामान्य डोरो भिर्नु र जनै लगाउनुमा केही भिन्नता हुँदैन ।
हे यज्ञ सूत्र ! आजसम्म मैले ब्रºशत्ति स्वरुप तिमीलाई धारण गरेँ । अब जीर्ण भएका तिमीलाई विसर्जित गर्दैछु । तिमी यथासुख आफ्ना ठाउँमा जाऊ । यस मन्त्रले पनि सनातन परम्परामा कुनै पनि वस्तुको यथोचित मर्यादा राख्नुपर्छ भन्ने उदात्त भावना जगाउँछ ।
यज्ञोपवीत धारण मात्र ठूलो कुरा होइन । धारणका साथ साथै नियमको पालना भयो भने त्यसमा देवत्व रहन्छ अन्यथा सामान्य डोरो भिर्नु र जनै लगाउनुमा केही भिन्नता हुँदैन । त्यसमा भाव, भावना र कर्म नियमको पालना पवित्रता रहनुपर्दछ । भावे हि विद्यते देवस्तस्माद् भावो हि कारणम् यी उक्तिहरुले पनि भाव र भावनामा आध्यात्मिक रहस्य लुकेको पृष्टि गर्दछन् ।
जनै कुन समयमा फेर्ने ?
सामान्यतया जनैपूर्णिमाका दिन नयाँ जनै फेर्ने चलन छ भने पितृतर्पण, यज्ञोत्सव, संस्कारका कर्म अनि अरु अवस्थामा आवश्यकतानुसार जस्तै छिनेमा, कपाल काटेको बेला, सूतक परेमा, मृताशौचमा चाण्डालसंग र रजस्वला भएकी नारीसंग छोइएमा, शवस्पर्श वा शवयात्रा गरेमा, सूर्य, चन्द्र ग्रहणका बेला स्नान गरेर जनै फेर्नु पर्दछ –
सूतके मृतके क्षौरे चाण्डालस्पर्शने तथा ।
रजस्वला शवस्पर्शे धार्यमन्यन्नवं तदा ।।
सूतके मृतके चैव गते मास चतुष्टये ।
नवयज्ञोपवीतानि धृत्वा जीर्णानि संत्यजेत् ।।(घिमिरे, पूर्ववत् पृ. १७) ।
जनै धारणका आध्यात्मिक, व्यवहारिक पक्ष ब्रºकर्म, ब्रºयज्ञ, ब्रºज्ञानको पात्रता र ब्रºतŒवको प्राप्ति जनै धारणका आध्यात्मिक पक्ष हुन् भने आयु, बल, तेज, बुद्धि, प्रतिष्ठा, विजय र सुखलाभ आदि शरीरविज्ञानसंग सम्बन्ध्ति पक्ष हुन् । यसले धारणबाट मनमा सदाचारिता, कर्तव्यशीलता, लोकोपकारिता, विनयशीलता आदिको भावना जागृत गराएर मनुष्यलाई स्वधर्म पालना प्रति सचेत गराइराख्दछ ।
मलमूत्र त्यागका समयमा जनै कानमा बेर्ने जुन परम्परा छ, त्यसको पनि विशेष आशय छ । आध्यात्मिक दृष्टिले शौचकर्म अशुद्ध अवस्था हो । जनै पवित्र वस्तु हो । त्यस समयमा जनैलाई अशुद्ध हुनबाट बचाउन शरीरको ज्ञानकेन्द्र शिरमा अथवा दायाँ बायाँ कानमा लपेट्ने गरिन्छ । यसका भावनात्मक र शरीर वैज्ञानिक दुई कारण छन् । भावनात्मक कारणअनुसार शरीरको तल्लो भाग अपवित्र मानिन्छ । त्यसैले शौच निवृत्ति नभएसम्म जनै कानमा राख्नुपर्छ, त्यसमा पनि मूत्रत्याग गर्दा दाहिने कान र मलत्यागका बेला बायाँ कानमा बेर्नुपर्दछ भन्ने मान्यता छ । पाञ्चभौतिक शरीररका अङ्गमध्ये कान आकाश तŒवको प्रतिनिधि हो । पृथ्वी, जल आदि अरु तŒवका अपेक्षा आकाश सदा सर्वदा पवित्र रहन्छ भने आकाशतŒवीय कानमा वायु, चन्दमा, इन्द्र, अग्नि, मित्र तथा बरूणादि देवताको बास हुनुका साथै व्रतबन्धमा गुरूमुखबाट यही कानले मन्त्र सुनेको हुनाले पनि यसलाई पवित्र मानिएको हो ।
आदित्या वसवो रूद्रा वायुरग्निश्च धर्मराट् ।
विप्रस्य दक्षिणे कर्णे नित्यं तिष्ठन्ति देवता ।।(शास्त्री, १९९७ःपृ. ४०१)
अग्निरापश्च वेदाश्च सोमः सूर्योऽनिलस्तथा ।
सर्वे देवास्तु विप्रस्य कर्णे तिष्ठन्ति दक्षिणे ।।(अधिकारी,२०६३ः पृ. ९४ ।
मलमूत्र त्यागका समयमा जनै कानमा बेर्ने जुन परम्परा छ, त्यसको पनि विशेष आशय छ ।
शरीर विज्ञानअनुसार मनुष्य शरीरमा हुने विभिन्न नाडीहरुमध्ये लोहितिका वा रक्तवाहिनी नामक नाडी दायाँ कानबाट वीर्यकोष हुँदै मलमूत्रद्वारसम्म पुगेको हुन्छ । यसको मुख्य केन्द्र कानको जरा हो । दायाँ कानको सम्बन्ध मूत्राशय र बायाँ कानको सम्बन्ध मलद्वारसंग हुन्छ । मलमूत्र त्यागका समयमा अनायास वीर्यपतन हुन सक्ने समस्याबाट जोगिन कानमा जनै बेर्ने चलन चलेको देखिन्छ, जनैलाई कानमा बेर्दा एकातिर मलमूत्र त्यागमा सहजता हुन्छ भने अर्कातिर वीर्यकोषमा संकुचन भएर वीर्यस्खलनलाई रोकी वीर्यसन्तुलन कायम गर्दछ । यस दृष्टिले पनि जनै धारणको उपयोगिता सिद्ध हुन्छ । तागाधारी इतरका व्यक्तिहरुले कान छेडेर त्यसमा विभिन्न धातुका मुन्द्रा लगाउने गरेको जे देखिन्छ तिनमा पनि यस्तै शरीर विज्ञानको रहस्य खुल्दछ ।
जनैप्रतिको विकर्षण र समाधान
हिजो आज सनातन परम्परामा ह्रास आउँदैछ । संस्कार किन र केका लागि ? संस्कारबाट के लाभ ? आदि इत्यादि प्रश्नहरु उब्जाउने गरेको पाइन्छ । त्यस्तै पश्नहरुमा अहिले जनै लगाएर के लाभ ? यसको के अर्थ ? यो नलगाउँदा के हुन्छ ? जस्ता जिज्ञासा उठाइरहन्छन् । कतिपय यस्तो पनि देखिएको छ अभिभावकका कारणले जसोतसो व्रतबन्धका दिन जनै भिर्छन् र दुई दिन नबित्दै फ्याकिदिन्छन्, उपहास गर्छन्, मन्त्र जप्न त परै जाओस् स्नान गर्नु, चन्दन लगाउनु, जनै लगाउनु, शिखा राख्नु उनीहरुका लागि पुरातन हुनु हो बेअर्थको रुढीवादी हुनु हो, असभ्य वा गँबार हुनु हो, जमानाभन्दा धेरै पछाडि पर्नु हो, केही नबुझ्नु हो ।
भर्खरै पढ्दै गरेका संस्कार नपाएका किशोरहरुले संस्कारको मर्म बुझ्न नसक्नु आश्चर्य नहोला तर सनातन परम्परामै हुर्केका, बाबु बाजेले गरेका कर्मसंस्कार देखेका त्यसैका भरमा उच्च शिक्षा हासिल गरेका बुज्रुकहरुले पनि पश्चिमा संस्कृतिका प्रभावमा आएर सदियौं देखि चलिआएका अर्थपूर्ण संस्कारलाई बेअर्थमा बङ्ग्याउनु र आधागाग्री छचल्किएझै बेतुकका गफ लडाउनु आफैले आफैलाई झ्क्युाउनु बाहेक अरु केही होइन । उनीहरु परसंस्कृति नबुझेरै पनि बुझmेजस्तो गर्छन् त्यसता व्यक्ति छन् जो शरीरमा तोला तोलाका अनावश्यक चिजहरु र त्रस आदि चिह्न झुडाउँछन् तर जनै भिर्नु शरीरलाई बोझ पुर्याउनु हो भन्ने ठान्दछन् । जनैप्रति यस्तो विकर्षण हुनुमा कारण के हो ? हाम्रो परम्परा ? ज्ञानको कमी ? गलत व्याख्या ? झन्झटिलो पद्धति ? नियमको कठोरता ? अथवा धर्मगुरूको उदासीनता ?
जनैप्रति यस्तो विकर्षण हुनुमा कारण के हो ? हाम्रो परम्परा ? ज्ञानको कमी ? गलत व्याख्या ? झन्झटिलो पद्धति ? नियमको कठोरता ? अथवा धर्मगुरूको उदासीनता ?
कुनै पनि कर्म वा संस्कारका विशेष प्रयोजन छन् । मानव जीवनमा कल्याणकै पवित्र उद्देश्यले ऋषिहरुले संस्कारको प्रवर्तन गरे । त्यसको चुरोमा हामी पुग्न सकेनौं केबल बा, बाजे, बराजुले यसो गरे, यस्तो गर्थे, हामीले पनि गर्नुपर्छ भन्ने मान्यताले परम्परा धान्नकै लागि नाम मात्रको संस्कार गरियो न बुझ्नेले बुझ्न खोजे न त बुझाउनेले बुझाउने चेष्टा गरेका हुन् । अहिलेको युग भावनामा भन्दा तर्कमा विश्वास गर्छ, भक्तिमा भन्दा ज्ञानमा विश्वास गर्छ, गर्नुपर्छ भनियो किन गर्नुपर्छ, गर्नाले अमुक लाभ हुन्छ आदि रहस्य बताउनतिर लागिएन, वास्तविकता बुझाउन सकिएन, त्यसैले पनि जनै धारणप्रति विकर्षण भएको हुनुपर्छ ।
तसर्थ हरेक संस्कारका विशेषता, आवश्यकता, आध्यात्मिक, व्यावहारिक पक्ष एवं समग्र उपादेयताको व्याख्या हुन आवश्यक छ । जस्तै नित्यस्नानले शरीर शुद्दि र स्फूर्ति, सन्ध्या गर्नाले मस्तिष्क शोधनका साथै चिक्रको एकाग्रता आयुष्य वृद्धि, कुश धारणले विद्युत्शत्तिको निरोध, प्राणायामले श्वासप्रश्वासको सन्तुलन, चन्दन धारणले शीतलता, जनैबाट ब्रºकर्मको संरक्षण एवं ब्रºतŒवको प्राप्ति, सङ्कल्पले पूर्वजको स्मृति क्रियाशीलता, नराम्रा कर्मबाट साबधानी, गीतादिशास्त्रको पाठबाट ज्ञानलाभ तपस्या र सधनाले आत्मानुसन्धान एवं जीवन जगत् र आत्म परमात्माको वास्तविक बोधजस्ता गूढ रहस्यहरु भेटिन्छन् भन्ने बुझाउन सक्नुपर्छ अनि मात्र जनै धारणको उपादेयता र संस्कारका अर्थहरु खुल्न आउँछन् । त्यसैमा सबैको कल्याण अन्तर्निहित छ ।
सन्दर्भस्रोतः
अधिकारी, नारायणप्रसाद (वि.सं. २०६३), हाम्रा सोह्र संस्कार, पोखरा ः सुशील कुमार गोशली ।
घिमिरे, ऋषिराम (वि.सं. २०४७), व्रतबन्ध पद्धति, दाङ ः महेन्द्र संस्कृत विश्वविद्यालय ।
याज्ञावल्क्य, याज्ञवल्क्यस्मृति, (व्या उमेश चन्द्र पाण्डेय) पुनर्मुद्रण सं. वाराणसी ः चौखम्भा संस्कृत संस्थान ।
शास्त्री, दीननाथ (२०७४), “हिन्दु संस्कृति सम्बन्धी दस विषयों पर विचार” कल्याण, (हिन्दु संस्कृति अंक) गोरखपुर ः गीताप्रेस पृ. ३९४ ।
शास्त्री, पं. माधवाचार्य (सन् १९९७) क्यों (पूर्वार्ध) दिल्लीः श्रीधाम माधव विद्याभवन ।
शास्त्री, रामानन्द (वि.सं. २०४४) “यज्ञोपवीत और वैज्ञानिक रहस्य” कल्याण , (हिन्दु संस्कृति अंक) गोरखपुर ः गीताप्रेस पृ. ६९५ ।
साभार : ओमकार सन्देश









