लडे अन्तरसङ्घर्ष, मिले पार्टी एकता !

हाल नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको पार्टीमा शक्ति सङ्घर्ष उच्च र उग्र रूपमा देखा परेको छ । देशमा भ्रष्टाचार कमिशनखोरी हत्या हिंसा बलात्कार चरम रूपमा पुगेका छन् । सामन्य आफ्नै देशको भूभाग समेटेर सर्वसम्मतिले निकालेको नक्सालाई ब्यक्तिको बहादुरीमा ब्यख्या गरिएको छ । भारतले लेन्डुप दोर्जेहरूलाई उचालि रहेको छ । देशमा अग्रगामि बिचार राख्ने पार्टी सङ्गठनलाई प्रतिबन्ध छ ।

बिश्वमै महामारीका रूपमा फैलिएको कोरोनाले कोही पत्यक्ष सङ्क्रमित भएर जीवन मरणको लडाईं लडि रहेका छन् । कतिले जीवन गुमाएका छन् । कोरोनाको रोक थाम र अौषधिमा पनि भ्रष्टाचार भएका छन् । चार महिना देखि देश लकडाउनमा छ । ज्याला मजदुरी गरि खाने जनता भोकका कारण आत्महत्याको बाटो रोज्दैछन् । देशको अर्थतन्त्र यसै त रिणात्मक थियो अब उड्नै नसक्ने स्थितिमा छ । यस्तो अबस्थामा कम्युनिष्ट सरकारले के गरेर यो बिपतबाट बाहिर आउने हो भन्ने बहस भएको भए राम्रै हुन्थ्यो । देखाउनका लागि भए पनि कूनै नयाँ कार्यक्रम आएको भए राम्रै हुन्थ्यो ।

पार्टी भित्र बिबाद देशका समस्याहरूमा होइन दुई जना ब्यक्तिमा कसले सरकार र पार्टीको नेतृत्व गर्ने भन्नेमा हुनु लाजमर्दो बिषय भएको छ । कम्युनिष्ट पार्टीमा आएका समस्याहरूलाई वाद बिबाद सम्बादमा हल गर्ने चलन हुन्छ । पार्टीका बैठकमा जनबादी केन्द्रीयता हुन्छ । बिचारमा स्वतन्त्रता काममा एकता हुन्छ । पार्टी भित्र सामान्य सदस्य र नेतामा फरक केवल पद र जिम्मेवीमा मात्र हुन्छ । पार्टीका सबै सदस्यहरू श्रममा जोडिएका हुन्छन् । सबैले लेभि तिर्नु पर्ने हुन्छ ।

हुन त नेपाल कम्युनिष्ट पार्टी नेकपामा लामो समय काम गरेर आएकाहरू छन् । कम्युनिष्ट पार्टीमा होलटाइवर भए पछि श्रमसंग जोडिने सस्कारलाई पहिल्यै तिलान्जली दिएकाले प्राय सबै पार्टीको हण्डिबाट उच्चस्तरको जीवन बिताउन चाहन्छन् । भोलीको सुनौलो समाज देखेर आसावादी हुने ठाँऊ छैन । अब पार्टीमा काम गर्नु भनेको कुनै गुटको नेताको चाकरी गर्नु हो । नेपालमा राणा, राजाको समयमा उनीहरूले जे जे सोच्थे भन्थे जनसमुदायले सोही अनुसार काम गर्दथे जनसमुदाय सोच्नको झेल झन्झटमा पर्दैनथे ।

सात साल पछि मात्र जनताले पनि राजकाज सम्बन्धि चासो राख्न थालेका हुन् । सत्तरी बर्षको जनताको जनसङ्घर्ष र दशबर्षको जनयुध्दले राजनीतिमा परिबर्तन त भयो तर सोचमा परिबर्तन भएन । पटक पटकको जनआन्दोलन र दशबर्षको जनयुध्दमा भाग लिएको ठूलो पंक्ति डबल नेकपामा छ । सङ्गठनात्मक रूपमा स्थायी समिति र केन्द्रीय समितिमा जनआन्दोलन र जनयुध्दमा लठेको शक्ति ठूलै छ । यिनीहरू मध्ये एक जना सम्म स्वतन्त्र रूपले सोचेर पार्टीमा आफ्ना धारणा राख्न सक्ने कोही नहुनु यो लज्जाको बिषय हो । अरू राजनीतिक सामाजिक आर्थिक कुनै समस्याहरू देख्दैनन् ।

दुईटा अध्यक्ष मिल्नु पर्छ भन्ने मूल नारा एकातिर लगाउँदछन् अर्को तर्फ कि त ओलीतर्फ कित प्रचण्डतर्फको गिरोहमा लागेर राजनीति गरेको भन्नु यो भन्दा लज्जाको बिषय अरू के हुन्छ ।
ओली जेलबाट निस्के देखि नै प्रतिक्रियावादीको गोटीका रूपमा काम गर्ने ब्यक्ति हुन् । यिनले अग्रगामी आन्दोलनमा निष्ठासाथ कहिल्यै काम गरेनन् । यथास्थितिमा मौका छोप्ने धुर्त ब्यक्ति हुन् । अन्यको अकर्मन्यताका कारण यिनी पार्टी र सरकारको नेतृत्वमा पुग्न सफल भए । प्रचण्ड क्रान्तिबाट स्खलन हुदा हुदै ओलीको पनि पछि पर्न पुगेका मानिस हुन् । यी दुबै दुई दुई पल्ट प्रधानमन्त्री भै सकेका छन् । अरू सबै नेता कार्यकर्ताले दुबै मिल्नु पर्छ भन्दछन् । पुरानो नेतृत्वका झलनाथ माधबहरूलाई पहिला दुबै मिलेर अपमान गरे । अहिले प्रचण्डले ओलीलाई जसरी भए पनि हटाउने भनेर आफ्नो पछि पारेका छन् ।

पहिला सिंह भएर ओली बिरूध्द प्रकट भएका प्रचण्ड गल्दै गल्दै अहिले ओलीसंग खुसामत गर्ने स्थितिमा पुगेका छन् । उनले बिबाद अब पार्टी बैठकमा लान हुदैन यसले कुरा बिग्रन्छ तपाईं र म बीचमा भागबन्धामा सक्नु पर्छ । अब कुनै हालतमा ओलिले दुबै पद छोड्ने स्थिति देखिदैन । प्रचण्ड रओलीमा सार रूप कुनै रूपमा पनि भिन्नता देखिदैन । दुबै साम्राज्यवादीका एजेण्ड नै हुन् । ओलीले एम् सी सि जस्ताको तस्तै पास गरेर अमेरिकाको पक्का भक्त भएको प्रमाणित गर्न चाहन्छन् । प्रचण्ड घुमाउरो पाराले भारतीय रअ को चाकडिमा लागेका छन् । ओलीले भारत प्रति गरेको टिप्पणीमा माफि माग्दै यही अस्त्रले ओलीलाई सिध्दाउनमा छन् ।

यी दुई मिल्दा झले माकुनेको स्थिति देख्न लाएक हुनेछ । ओली फासिवादी जनतन्त्रघाति जनघाति सबै हुन् । यिनलाई सत्ताबाट हटाउन अति आवस्यक पनि छ । एउटा राजनीतिक डाकुलाई हटाएर फेरि उस्तै राजनीतिक डाँकुलाई ल्यएर जनताका समस्याहरू समाधान हुने होइनन् ।यिनीहरूलाई जनबलले मात्र हटाउन सकिन्थ्यो तर अहिले यो स्थिति पनि छैन ।कम से कम त्यही पार्टीको दोस्त्रो पुस्ताका युवकहरूले यिनीहरूलाई निष्काशन गरी सत्ता युवाले लिएमा परिवर्तन त यसै ब्यवस्थामा सम्भव थिएन तै पनि केही सुधारको आसा गर्न सकिन्थ्यो ।

तर दोस्त्रो पुस्ताका सबै सोलोडोलो यिनीहरूकै रैतिमा देखिँदा अब आस गर्ने ठाँऊ कतै रहेन । जबसम्म जनताले फेरि क्रान्ति नगरे सम्म स्थितिमा परिवर्तन त के सुधार समेतका लक्षिणहरू देखिदैन । यत्रो ठूलो युवापंक्तिलाई आ-आफ्नो रैति बनाउन सक्नु यिनीहरूको ठूलै चतुराईं हो । अब यी दुई मिले भने झले माकुने चमेरो जसरी गुफामा लुक्न गए हुन्छ । युवाहरूले पनि दासताको कुनै चिन्ह सिरमा लाएर हिडे हुन्छ । जनता त सधै उत्पीडनमा छदै छन् अब चाडै क्रान्तिमा लाग्नु पर्ने हुन्छ ।