पत्तै नपाई संक्रमित, थाहै नपाई निको

मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरो स्थित तिब्बती शरणार्थी क्याम्प मुस्ताङमा खम्पा विद्रोहपछिको पुरानो बस्ती हो । यही बस्तीका पाका बासिन्दा ८३ वर्षका सोनाम तेम्बा । उनी तिब्बत बिद्रोहपछि मुस्ताङ पसेका थिए । २०१७ साल सेरोफरोमा तिब्बतमाथि चीनले कब्जा गर्यो, तिब्बतमा विद्रोह भयो ।

तिब्बत विद्रोहपछि तिब्बती खम्पाहरु मुस्ताङका विभिन्न क्षेत्रमा छरिएर बसे । वारागुङ मुक्तिक्षेत्रको समरदेखिको तल भागसम्म उनीहरुको शिविर थियो । मुख्य हेडक्वाटर थियो घरपझोङ ५ स्थित कैसाङ लेक । त्यहाँ उनीहरुको सैन्य अभ्यास तालिम केन्द्र थियो । उनीहरुलाई बिदेशी मुलुकले सैन्य प्रशिक्षण तथा हातहतियार उपलब्ध गराउँथे ।

त्यहाँ उनीहरुले करिब १५ वर्ष जति प्रभुत्व जनमाए । २०३१ सालपछि राजाको सक्रियतामा सेनाले मुस्ताङबाट तिब्बतीलाई धपायो । कतिपयले मुस्ताङ छाडे, कतिपय मुस्ताङ, पोखरा, काठमान्डौ लगायतका सहरमा शरणार्थी भई आश्रय लिए । आश्रय लिएर बस्नेमध्ये एक हुन् कोरोना जितेका सोनम तेम्बा । उनी मुस्ताङको छैरो तिब्बती शरणार्थी क्याम्पमा बस्न थालेको ४५ वर्ष नाध्यो ।

तिब्बती शरणार्थी क्याम्पमा करिब ६० परिवार बस्छन् । तर, त्यहाँको जनसंख्या भने बर्सेनि तलमाथि भइरहने गर्छ । कुनै बेला क्याम्पमा २ सय ५० भन्द बढी तिब्बती थिए । पछि सो संख्या घट्न पुग्यो । अहिले क्याम्पमा करिब १ सय २० शरणार्थी बस्ने क्याम्पका प्रमुख नर्बु फुन्जो बताउँछन् ।

आश्रय लिएर बस्नेमध्ये एक हुन् कोरोना जितेका सोनम तेम्बा । उनी मुस्ताङको छैरो तिब्बती शरणार्थी क्याम्पमा बस्न थालेको ४५ वर्ष नाध्यो ।

नेपाल सरकारले तोकेका ऐन, नियम पालना गर्ने शर्तमा उनीहरु त्यहा बस्दै आएका छन् । मुस्ताङको छैरो क्याम्पमा बस्दै आएका उनीहरुको जीविकोपार्जनको आधार व्यापार, कृषि र घरेलु उत्पादन हुन् ।

बर्सेनि उनीहरु मुस्ताङी जस्तै जाडो छल्न पोखरा, काठमाडौ झर्छन् । त्यही जाँडो छलेर मुस्ताङ फर्किदा सोनामलाई कोरोना पोजेटिभ देखियो । उनीसँगै बसमा ज्वाइँ, छोरी, नातिनी र क्याम्पका अरु व्यक्ति पनि थिए । मुस्ताङ आउँदा स्वास्थ्य चेकजाँच गर्दा अरु सबैको सामान्य देखिएकाले घर पठाइयो तर वृद्ध र उनका ज्वाइँलाई जोमसोम अस्पतालको आइसोलेसनमा राखियो ।

त्यसपछि उनीहरुको स्वाब संकलन भयो । पोखरा भएको जाँचमा असार ७ गते सोनामलाई कोरोना पोजेटिभ पुष्टि भयो । ससुराको कुरुवाको रुपमा ज्वाइँलाई पनि आइसोलेसनमै राखियो । सोनाम तेम्बामा सुगर, प्रेसर, दम लगायतका रोग पनि थिए । तर, पनि उनको अवस्था सामान्य नै थियो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले उनकालाई कोरोना पोजेटिभ जनाए पनि जिल्ला र घर परिवार डिप्रेसनमा पर्न सक्ने भन्दै जानकारी गराईएन । उनी कतै आउजाउ गर्दा कसैको साहारा चाहिन्थ्यो । वैशाखी टेकर पनि व्यक्तिकै भर पर्नुपर्ने उनको बुढ्यौली अवस्था छ । उनी किन हो डिस्चार्ज हँुदासमेत केही बोलेनन् । डिस्चार्ज हुँदा जिल्लाका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीले उनको दीर्घायूको कामना गरेका थिए ।

उनी १३ औं दिनसम्म आईसोलेसनमा बस्दा न त उनलाई कोरोना भएको थाहा भयो, न त कोरोना जितेकै ।

तर उनलाई यो सबै के भइरहेको छ भन्नेसमेत हेक्का नभएको आभास हुन्थ्यो । उनलाई सबैले खादा लगाएर बिदाइ गरेपछि उनका दुबै पाखुरा समातेर बस चढाइयो र घर पु¥याइयो । उनी १३ औं दिनसम्म आईसोलेसनमा बस्दा न त उनलाई कोरोना भएको थाहा भयो, न त कोरोना जितेकै ।

असार १० गते पठाइएको उनको स्वाब नेगेटिभ आएको थियो । उनी कोरोना मुक्त भएको खबर आएपछि क्याम्पमा बसोबास गर्ने सबैको मुहारमा आभा भरियो । क्याम्पमा बस्ने एक सदस्य कोरोना पीडित बनेपछि उनीहरुमा मानसिक दवाबसमेत परेको क्याम्पका प्रमुख नर्बु बताउँछन् ।

कोरोना लागेको व्यक्तिसँग ५ मिटरको दुरी पर बस्नुपर्ने हुन्छ । तर, यस्तो कहरको परवाह नगरी उनका ज्वाइँले कर्तव्य र दायित्व पूरा गरे । वृद्ध आइ्सोलेसनमा रहदा १३ दिनसम्म ससुराको स्याहारमा जुटे । डिस्र्चाजका क्रममा उनका ज्वाइँले भनेका थिए, ‘मैैले एउटा कर्तव्यमात्र निर्वाह गरेको हुँ । भगवानको साथ भरोसाले कोरोनाबाट बचायो ।’
मुस्ताङको छैरो तिब्बती शरणार्थी क्याम्पमा बस्ने ८३ वर्षीय सोनाम तेम्बा डिस्चार्जका क्रममा । तस्विर : एसके थकाली ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।