कविता : तिम्रो मतलब पुगिसकेपछि !

कहिले तिमी मेरो आगनमा महफिल बनेर आयौ!
कहिले निलो आकाशमा घाम जस्तै बनेर आयौ !
कहिले फुल जस्तै बनेर आयौ !
र कहिले तिमीलाइ मैले गुलावको ठुंगामा देखें
कहिले जलील काॅढामा पनि पियुसको रंगमा देखें !
कहिले तिमी नसोधेरै घाउको मलहम बनेर आयौ !
कहिले तिम्रा घरमा सकुनहरुका लागि मलाइ बोलायौ!
कहिले दुख र नियतिका लागि हातमा हात अघि बढायौ !
कहिले सुख र उत्सवहरुमा !
हामी यसैमा खुशी थियौं !
केहि पाउनुको पार्तिमा, केहि छोडिएपनि छोडाइमा !
हामी कति कति दंग थियौं !
र ति पार्ति र छोडाइका कुनै पनि हिस्सा हाम्रा जीवनका लागि केहि ठुला कुरा थिएनन् !
मरणका लागि केहि ठुला कुरा थिएनन् !
जति हाम्रा अपनत्वका लागि थिए !
केहि नहुनुमा पनि म तिमीसंग केहि दिएर रित्तनु !
केहि हुनुमा पनि तिमी म संग केहि नलीएर खुशी बन्नु !
यहि नै हाम्रो डोरेटो थियो !
हामी किन एक अर्काका लागि हात समाइ रहेका थियौं !
नजानेरै पनि हाम्रा आपसका भुलहरुलाइ !
नदेखेरै हाम्रा पछाडिका, समीपका कमजोरीहरुलाइ !
हामी कसरी एक अर्कालाइ क्षमा गरीरहेका थियौ !
कि जीवनमा कहिं न कतै धेरै न थोरै गल्ति हुन सक्छ भन्न !
जीवन कहि कहिं कतै पु्रण अपुर्ण छ भन्न !
हामीले कसरी एक अर्कालाइ स्वीकार् गरीरहेका थियौं !
कि चन्दर्मामा पनि दाग हुन सक्छ भनेर !
कि सुर्यमा पनि गर्हण लाग्छ भनेर !
तर तिमी त मलाइ गर्हण लगाएर गयौ !
मलाइ बलीको बोकामा चढाएर गयौ !
आफुलाइ राम्रो बनाएर मेरो पानीलाइ मलाइ धमिलो बनाउन खोजीरह्यौ !
जब पानी र बाणिको धर्म लिएर आयौ !
तिमीलाइ आफ्नो ठानीरहें
तिम्रो गुलामी गरीरहें !
तिम्रो मान र सम्मानलाइ माथि उठाउन दिनरात पर्यत्न गरीरहें !
यतिले पनि तिमीलाइ पुगेन ।
आफ्नो मतलबमा तिमीले सम्पुर्ण बाटो बन्द गरीरह्यौ
आज तिम्रो घरमा बत्ति बलीरह्को थियो !
तिम्रो खुशीमा पुष्प बर्सिरहेको थियो !
आज मेरो घरको छाना चुहिएको थियो !
मेरो घरको दियो निभेको थियो ,
मेरो जीवनको रंग सुकेको थियो !
र पनि तिमीलाइ मेरो घरको ढोकामा तिमीलाइ स्वागत गरीरहें !

तिमीलाइ मैले यस्तै छौ भनेर धेरै पहिले देखि चिन्नु !
दुनियाले तिमीलाइ चिन्नु !
एउटै कुरा थियो पनि तिमीले जस्तो भएर संसारको संसार हेरीन !
मैले तिमीले जस्तो बनेर
एक अपारीलो जिन्दगी बिताउने अभिलप्सा पनि गरीन !

सम्बद्द- भुपु महासचीव – नेपाली कला संस्कृति तथा साहित्य पर्तिस्ठान अस्टेर्लिया
हाल- भाइस पेर्सिडेन्ट
संयोजक- नइ पर्कासन, अस्टेर्लिया