कोरोनापछि सलहको पालो !


हिन्दुहरु प्रलय भन्छन्, इस्लाममा कयामत । के अब यी दिनहरु नजिकै छन ?

पाँच करोडको ज्यान लिनेगरी आएको स्पेनिस फ्लू महामारी भन्दा सलहको आतंकले धेरैको ज्यान जान्छ । मृत्युको तरिका भने निसन्देह फरक छ । एउटामा रोगले मर्छन्, एउटामा भोकले । यो सलहले ६०, ७० बर्ष अगाडि नेपालमा आतंक मच्चाएको बुढापाकाहरु बताउँछन् ।

सलहहरु आकास ढाक्ने गरेर आए, सूर्य ढपक्कै छोपिने गरी आए, मध्यान्हमै रात परे जस्तो भयो भन्थे । सरदर एक बर्ग मिल आकास छोप्ने गरी झण्डै आठदेखि दस करोड सलह गाउँ पसेपछि अन्नबाली त के रुखका बोक्रा, डाँठसमेत मिनेटभरमा सफाचट हुने रहेछन । दिनकै १०० मिल जति यात्रा गर्ने यिनीहरु एक ठाउँ सकेपछि अर्को गर्दै देशै सखाप पार्ने भएपछि कल्पना गरौं, देशको हालत के होला ?

यसलाइ मार्न बिष छर्ने भनेको कुरुक्षेत्रको अठ्ठार औक्षणी सेनामा एक्लै गुलेली लिएर उभिनु बराबर हो । बन्दुक पड्काउने, थाल ठटाउने, टांगाले हान्ने यी सबै हास्यास्पद प्रयास हुन्छन् । जब यिनीहरुको आक्रमण सुरु हुन्छ । यिनिहरुको रोकथाम भनेको पर्याबरणप्रतिको संबेदनसिलता र प्रकृतिप्रति जिम्मेवारपूर्ण व्यवहार नै हो ।

यसलाइ मार्न बिष छर्ने भनेको कुरुक्षेत्रको अठ्ठार औक्षणी सेनामा एक्लै गुलेली लिएर उभिनु बराबर हो ।

बंगलादेशले अरब रुपियाँमा भ्याकुता पाहाहरुको खुट्टा निर्यात गर्थ्यो, खरबमा किटनासक बिषादीहरु आयात गर्थ्यो । उसले यो बुझेन कि भ्याकुता पाहाहरुले प्राकृतिक रुपमै बालीनासक शत्रुजीव सखाप पारिदिन्छन् । बंगलादेशले बिषादी माथिको खर्च र जनस्वास्थ्यमा पर्ने घातक प्रभाव त्यतिखेर बुझ्यो, जतिखेर ठूलो नोक्सान भैसकेको थियो । अहिले बंगलादेशमा पाहा र भ्याकुटाको खुट्टा निर्यातमा प्रतिबन्ध छ ।

भंगेराले अन्नपात खाइदिएर २ करोड चिनिया भोकमरीले मरेको निष्कर्ष निकाल्दै भंगेरा मार्ने जनअभियाननै माओले चलाए । भंगेरा त मरे तर भोकमरी थामिएन, भोकले मर्नेको संख्या झन दोब्बर भयो । अनुमानित दस करोड (आंकडा विवादित छ) चिनिया गुमाएर चीनले पाएको आत्मज्ञानले आज चीन हराभरा छ, चिनियाहरु हृष्टपुष्ट छन् ।

७० वर्षअघिको सलह आउँदा युरोपमा फैलिएको तीव्र औधोगिककरण नै थियो । जसले दुइ तिहाइ भूगोल ओगटेको उपनिबेसहरुको समेत प्राकृतिक वातावरण कच्चा पदार्थको स्वार्थमा ध्वस्त पार्यो । वनहरु सखाप पारे, औद्योगिक कच्चा पदार्थ, खनिज, पशुपालनका लागि जंगल सफाचट पारे । सुन, चाँदी, कोइला, फलाम आदि खनिजको खोजमा पहाड खोतलेर ध्वस्त पारे ।

नदी तालहरु खोली खोल्साहरु औद्योगिक कचराले प्रदुषित बनाए । जंगल, जनावर, चराचुरुंगी नास भएपछि जे हुने थियो, भयो । यो अवस्था त सलह जस्ता सत्रुहरुका लागी स्वर्ण अवसर थियो ।

कोरनाका भाइरस त १९३० आसपासमा थियो, साइबेरीयको कोणधारी वन क्षेत्रमा दबिएर बसेको थियो भन्छन् ।

मानिस, घरेलु जनावर र जंगली जनावरको बीचको बफर क्षेत्रमात्र होइन, मानिसको उत्पत्तिभन्दा पुराना बर्षाबनहरु माथिको अतिक्रमणले कोरोना र यस्तै प्रकारका घातक महामारी फैलने वैज्ञानिकहरुको कथन छ । हिजो सहारा मरुभूमि घना वन क्षेत्र भएको प्रमाणित भएको छ भने आज अमेजनको घना वर्षा वन मरुभूमिमा रुपान्तरणको प्रतीक्षामा छ । जंगली जनावर र मानिस वा घरपालुवा जनावरबीचको लसपस एवं खतरनाक भाइरसहरुको बासस्थान माथिको छेडछाड यी भाइरस आपदका कारण हुन भनिन्छ । कोरनाका भाइरस त १९३० आसपासमा थियो, साइबेरीयको कोणधारी वन क्षेत्रमा दबिएर बसेको थियो भन्छन् ।

हामीले चारकोशे झाडी त सक्यौं सक्यौं, अबशेष रहेका बारा पर्साका बर्षाबनमा डोजर चलाउँदैछौं । मानिस नै नरहेको देशमा जहाज चढ्ने कुन प्राणिले हो ? विकासका मेघा संरचना कस्का लागि हुन् भन्ने प्रश्नको जबाफ केही दिन लकडाउनमा देखिएका एयरपोर्ट र कलकारखानाका मसानघाटे शून्यताले दिएको छ ।

चरा सर्प लगायत हजारौं सानाठूला जनावरका आहार मानिसका शत्रुजीवहरु हुन् । यिनैको सिकार बेचबिखन तथा यिनीहरुको आहार र बासस्थान समाप्त पारिदिएपछि यी खतरनाक किराफट्यांग्रा, भाइरसहरु हाम्रा टाउका वरीपरी नघुमे कहाँ घुम्छन् ?

सलहको बथान उत्तर प्रदेश, बिहार, बंगाल हुँदै बर्मा पुग्यो भने त हामी बाच्यौं तर हामीमाथि हुँदै आयो भने कोरनाको कहर त के कहर हुन्छ, सलहको कहर पो कहर हुन्छ ।

फेरि एकचोटी सलहको समूह अफ्रिका, अरब हुँदै भारतसम्म आर्इ पुगेको छ । अब हाम्रो नाकसम्म मडारिंदै छ । हिजो सलहको अतिक्रमणमा हामीले ठूलो नोक्सानि बिनै झेल्यौं। त्यति ठूलो क्षति नहुनुको कारण विशाल वन क्षेत्र, त्यहाँ सलह जस्ता जीवलाई आहार बनाइदिने चराचुरुंगी, सर्प आदिका लागि उत्तम बासस्थान र आहारको प्रबन्ध थियो भने वनजन्य रुखपात फलले सलहलार्इ आहार दिएर उनीहरुलाई बालिनालीमा नपस्न पर्खाल पनि बनेका थिए।

सलहको बथान उत्तर प्रदेश, बिहार, बंगाल हुँदै बर्मा पुग्यो भने त हामी बाच्यौं तर हामीमाथि हुँदै आयो भने कोरनाको कहर त के कहर हुन्छ, सलहको कहर पो कहर हुन्छ । भारतमा हुने सलहको अतिक्रमणको पनि हामीमाथि परोक्ष प्रभाव त रहन्छ नै ।यो आतंक राजस्थान, गुजरात, पञ्जाबबाटै समाप्त होस् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं