नयाँ युगका कम्युनिस्ट बनौं

“नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन। मृत्यु त तब हुन्छ जब  पौडिन आउदैन परिस्थिति कहिल्यै समस्या बन्दैन,समस्या त तब बन्छ। जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन” क.मदन भण्डारीको यो महान सारगर्भित भनाई संगै कम्युनिस्टहरुको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यसको सारतत्व मार्क्सवाद लेनिनवाद माओवाद वा माअो बिचार धाराका रुपमा अभिव्यक्त हुने विस्व भरिका न्यायपूर्ण अान्दोलन हरुको समुच्च रुपहो। ढोगी र पाखण्डी कम्युनिष्टहरु दलाल पुजीपती जो दस्तावेजमा माक्र्सवादको कुरा गर्छन तर व्यवहारमा अध्यात्मवाद र धर्मको सहारा लिन्छन ।

उनीहरु रुपमा कम्युनिस्ट जस्तो देखिएता पनि सारमा संशोधनवादी र प्रतिक्रियावादी चारित्रिक र व्यवहारीक विशेषता वाेकेका दलाल हुन्छन । तिनिहरुमध्ये कोही अज्ञानता र अशिक्षाको कारण त कोही कम्युनिष्ट आन्दोलनलाई वदनाम र ध्वंस गर्न सूनियोजित ढंगले कम्युनिष्ट आन्दोलनमा घुसपैठ भएका हुन्छन ।

कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्न, सुधारवादी दलदलमा फसाएर शोषणको चक्रव्यूहलाई बचाई राख्नु र पुरानो शोषणमूलक समाजलाई निरन्तरता दिन हरियो घाँसभित्र लुकेको हरियो साँपको जस्तो छद्यमभेषी चरित्र प्रदर्शन गर्नु सुधारवादी, दलाल पुजिपती कम्युनिष्टहरुको मूल चारित्रीक विशेषता हो ।

पुरानो शोषणमूलक समाजलाई निरन्तरता दिन हरियो घाँसभित्र लुकेको हरियो साँपको जस्तो छद्यमभेषी चरित्र प्रदर्शन गर्नु सुधारवादी, दलाल पुजिपती कम्युनिष्टहरुको मूल चारित्रीक विशेषता हो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी र उसका नेता कार्यकर्ता समाजका श्रेष्ठतम् नागरिकको रुपमा आफूलाई उभ्याउन र मानव समुदायको परिवर्तनको सदिक्षा पूरा गर्न कस्तो ढंगको सिद्धान्त, विचार, संस्कृति, कार्यशैली र जीवनशैली अपनाउने भन्ने कुराले नै पार्टी र नेतृत्वको स्तर र चरित्र निर्धारण गर्दछ . भौतिक जगत, मानव समाज र त्यसमा भएका अनेकौ क्रियाकलापलाई सैद्धान्तिक र सांस्कृतिक दृष्टिकोणले हेर्दा हामी कम्युनिष्ट वा गौर कम्युनिष्ट के हो भन्ने कुराको निर्धारण गर्दछ ।

कम्युनिष्टहरुको दर्शन अध्यात्मवादी हो वा भौतिकवादी भन्ने कुरा छुट्याउनै गाह्रो बन्ने अवस्था देखिदै छ कतिपय अवस्थामा कम्युनिस्ट पार्टीको नेतृत्व तहबाटै त्यस्ताखालका क्रियाकलाप नदेखिएका होइनन् । त्यसकारण त्यसको निरुपण नगरी क्रान्तिकारी पार्टी र नेतृत्वको कल्पना गर्न सकिदैन ।
आदिमकालमा मानिसहरुको अज्ञानताले सृष्टि, जीवन र जगतका नियमहरुको उत्तर खोज्ने क्रममा मानव समुदायमाथि आइलाग्ने अनगिन्ति प्राकृतिक प्रकोप र पिडाहरुबाट राहत पाउने उद्वेश्यले उनीहरुले अदृश्य शक्ति (ईश्वर, राक्षस, भूतप्रेत) आदिलाई कारण माने ।

मानिसको अशिक्षा र अज्ञानताको कारण त्यस समयमका कल्पनामा जन्माएको ईश्वरले आजको शताब्दीमा समेत राज गरिरहेको छ ।

उनीहरुले झरी, वादल, चट्याङ, आँधीवेरी जस्ता घटनामा परलौकिक, अलौकिक, दानवी वा ईश्वरीय शक्तिको खेल भएको अनुमान गरे र सोही आधारमा अलौकिक शक्ति वा ईश्वरलाई स्थान दिन पुगे । मानिसको अशिक्षा र अज्ञानताको कारण त्यस समयमका कल्पनामा जन्माएको ईश्वरले आजको शताब्दीमा समेत राज गरिरहेको छ ।

विज्ञानको आलोकमा धर्मको मृत्यु भएको हजारौं वर्ष भैसक्दा पनि यसले आफ्नो अस्थित्व बचाउनुमा सामन्तवादी र पूँजीवादी सत्ताको हात रहेको छ । शासकवर्गले आफ्नो सत्ता टिकाइराख्न र शोषकवर्गले आफ्नो शोषणलाई जारी राख्न शक्तिशाली शास्त्रको रुपमा धर्मलाई संरक्षण गर्दै आएका छ । कतिपय अवस्थामा पार्टीकै उपल्ला तहका नेताहरु यसको संरक्षक वनेर उभिदा दया लागेर अाउछ। जव विज्ञानले पानी कसरी पर्छ, चट्याङ्ग कसरी चट्कन्छ, मेघ कसरी गर्जन्छ, आँधीहुरी वतास कसरी चल्छ, दिनरात कसरी हुन्छ, मानिसको जन्म र मृत्यु कसरी हुन्छ भन्ने जिज्ञासाको हल गरी सकेपछि धर्म र आध्यत्मवादको मृत्यु भएको हो ।

विभिन्न भूगोल र कालखण्डमा मानिसहरुले आफूमाथि आईलागेका दुखकष्ट, आपतविपत, झन्झट, अल्झनबाट संकटमोचनका लागि विभिन्न नाम र रुपका ईश्वरको कल्पना गरे जस्तो हिन्दु, बौद्ध, इस्लाम, इसाई, शिख लगायत अनगिन्ति धर्महरुको जन्म भयो । समयक्रममा विकास भएका धर्महरुलकाे रुप फरक फरक देखिएता पनि सारमा धर्मले शासकवर्ग र पूँजीपतिवर्गको पक्षपोषण र सेवा गर्दै अएको छ । यसको सारतत्व परिवर्तन र श्रमजीविवर्गको मुक्ति विरुद्ध केन्द्रीत छ र यसले परिवर्तनलाई रोक्न आफ्नो भए भरको बासि बुद्धिको प्रयोग गर्दछ । विज्ञान र त्यसका परिवर्तनशिल उपलब्धिको बिरोध गर्नु धर्मको मूल विशेषता रहेको छ ।

कम्युनिष्टहरु माक्सवादका वैज्ञानिक प्रस्थापनाहरुको आधारमा आफ्ना दृष्टिकोण र व्यवहारलाई प्रदर्शित गर्ने हुनाले अन्य बुर्जुवा भन्दा फरक ढंगको जीवनशैली अपनाउनु पर्ने हुन्छ ।

विज्ञान वा माक्सवाद श्रमजीवी कामदार वर्गको दर्शन र मुक्तिमार्ग हो भने धर्म सत्ताधारी शोषकवर्गको शोषण र दमनको शास्त्र र औजार हो ।अध्यात्मवाद वा धर्म शोषकवर्ग र  पूँजीपतिवर्गको दर्शन भएकाले यसले शोषक वर्गको सेवा गर्छ र मानवजातीलाई विभिन्न काल्पनिक कथा हालेर दासता र शोषणको दुष्चक्रमा फसाइ श्रमजिवी वर्गको प्रगतीपथलाई अवरुद्ध पार्दछ ।अध्यात्मवादीहरुले विज्ञानको विकासलाई अवरुद्ध गर्न विभिन्न कालखण्डमा भौतिकवादी वैज्ञानिकहरुमाथि अनेकन ज्यादती गर्नुका साथै वैज्ञानिक हरुलाई जलाउने सम्मका पाखण्डी हर्कत गरेका थिए । यदि धर्म र अध्यात्मवादले भने जस्तो पृथ्वीको उत्पतीको कारण धर्म भैदिएको भए धर्मै पिच्छेका अनेकौ पृथ्वी हुन्थे र मानव जगतलाई सहज हुने थियो ।

शोषकवर्गले धर्म, तपस्या र दानदक्षिणाद्वारा आफ्नो मनोकांक्षा पूरा हुने अन्धताको खेती गर्दै आइरहेका छन । पुरोहित, पण्डित, पादरी आदीले दावी गरेजस्तै भैदिएको भए आज कतै गाँस, बास, कपास, शिक्षा, स्वस्थ्य, रोजगारको कुनै चिन्ता हुने थिएन । माक्र्सवाद विज्ञान हुनुका नाताले यसले पृथ्वीको उत्पत्ति, मानव जातीको विकासक्रम, भौतिक जगत, त्यसका भौतिक र सामाजिक घटनाक्रमहरुको बस्तुगत र वैज्ञानिक व्याख्या विश्लेषण गर्दछ । कम्युनिष्टहरु माक्सवादका वैज्ञानिक प्रस्थापनाहरुको आधारमा आफ्ना दृष्टिकोण र व्यवहारलाई प्रदर्शित गर्ने हुनाले अन्य बुर्जुवा भन्दा फरक ढंगको जीवनशैली अपनाउनु पर्ने हुन्छ ।

“कम्युनिष्टहरु नयाँ धातुले बनेका मान्छे हुन “भनि स्टालिनले भन्नु भएको थियो । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामा साँस्कृतिक रुपान्तरण भएको हुनुपर्छ अर्थात सांस्कृतिक रुपमै नयाँ मान्छे हुनु पर्दछ ।

नेपाल लगाएत भुपरिबेस्टित देशहरुमा माक्र्सवादी दर्शनमा भ्रष्टीकरण हुनु यसक्षेत्रको सामाजिक, सांस्कृतिक र धार्मिक कारण प्रमुख बनेको छ । कम्युनिष्टहरुले आफ्नो विश्वदृष्ट्रिकोणद्वारा वर्ग, जात, वर्ण, धर्मका आधारमा मानव विभेदको अवस्थाको वस्तुवादी र यथार्थ चित्रण गर्न सक्नु पर्छ ।
“कम्युनिष्टहरुले सहि विश्दृष्टिकोण नबनाई न जगतलाई बुझ्न सक्छन् न त जगतलाई बदल्न नै सक्दछन्। कम्युनिष्टहरुले भौतिक जगत, मानव समाज र सामाजिक क्रियाकलापहरुको विश्लेषण गर्दा बिचारको स्पष्टता र संगठनात्मक अनुशासन नै कम्युनिष्ट पार्टीको औचित्यका प्रमुख आधार हुन्ः क. प्रचण्ड केन्द्रमा राखेर मात्रै आफ्नो विश्वदृष्टिकोण बनाउनु पर्दछ ।

यसरी हाम्रो जीवनशैलीले सर्वहारावर्गीय चरित्र ग्रहण गरेको छैन भने रुपान्तरणको विधि के हुन सक्छ र ? त्यसको माक्र्सवादी निरुपण खोज्नु पर्दछ ।

कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले सर्वहारावादी संस्कृतिको विकास गर्न आर्थिक, सामाजिक, सांस्कृतिक स्थितिको नयाँढंगले विश्लेषण गर्न सक्नु पर्छ । यसरी हाम्रो जीवनशैलीले सर्वहारावर्गीय चरित्र ग्रहण गरेको छैन भने रुपान्तरणको विधि के हुन सक्छ र ? त्यसको माक्र्सवादी निरुपण खोज्नु पर्दछ ।

कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको जीवन व्यवहार हेर्दा कहिलेकाहीँ बुर्जुवा नेता तथा कार्यकर्ता भन्दा फरक पाउन सकिदैन जसको कारण जनताले कम्युनिष्ट र गैरकम्युनिष्ट छुट्याउन गार्हो पर्छ । कम्युनिष्ट पार्टीको आवरणमा कुनै समय क्रान्तिकारी भनेर चिनिएका व्यक्तिबाट यतिसम्मको तल्लोस्तरको गैरसर्वहारा वर्गीय व्यवहार प्रर्दशित हुन्छ कि उनीहरु सगौरव अध्यात्मिक र धार्मिक क्रियाकलापमा लागेको पाइन्छ । द्वन्द्ववादी मान्यताअनुसार जीवन र जगतमा हुने सबै वस्तु, घटना र घटना प्रक्रियाहरूको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण नै भौतिक तत्वको द्वन्द्वात्मक गतिमा निर्भर हुन्छ ।

संसारका सबै जैविक–अजैविक वस्तु, घटना, घटना प्रक्रिया, सङ्घर्ष र आन्दोलनहरू निरन्तर गति र परिवर्तनको प्रक्रियामा हुने गर्छ । यही सार्वभौम पद्धतिलाई नै द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । यो मार्क्स र एंगेल्सको लेखमा आधारित विज्ञान तथा प्रकृति को दर्शन हो।  यदि कसैले म कम्युनिष्ठ हु म धर्म जातभात,मान्छु म मेरा बाउबाजेका पालदेखिको संकार रिती रिवाज मान्छु भन्छ भने तिनीहरुकोढोगी र पाखण्डिपना  हो साथै माक्र्सवादी स्कुलिङको कमि र रुपान्तरणको समस्या हो । वुर्जुवावर्गको दर्शनले ५ हजार वर्षदेखि एकछत्ररुपमा मानिसको दिमागलाई प्रदुषित गरेकाे थियो । जव सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एगेल्सले कम्युनिष्ट घोषणापत्र प्रकाशन गर्नु भयो त्यसपछि मात्र श्रमजिवी सर्वहारावर्गले आफ्नो सच्चा दर्शन पायो ।

बहुमत प्राप्त हुदा र सत्तासीन हुदापनि माक्सवादी विश्वविद्यालय स्थापना गर्न नसक्नु शैक्षिक क्षेत्रलाई प्रगतिसिल जनमुखी शिक्षाको अवधारण अनुसार विकास गर्न नसक्नु र पार्टी एकीकरण पछि आफ्नो ठुलो पंक्तिलाई सुदृढ गर्न नसक्नु विडम्वना

माक्सवादी सिद्धान्तको विकासक्रम हेर्दा २७० वर्षको छोटो अवधिमा यसको प्रचार र छापको हिसावले धेरै अगाडि भए पनि रुपान्तरणको हिसावले निकै पछि परेको छ, जसको कारण प्रतिक्रान्तिका अनगिन्ति श्रृखला घटेका छन् ।

कम्युनिस्ट पार्टीको अाफ्नो दुईतिहाई जस्तो बहुमत प्राप्त हुदा र सत्तासीन हुदापनि माक्सवादी विश्वविद्यालय स्थापना गर्न नसक्नु शैक्षिक क्षेत्रलाई प्रगतिसिल जनमुखी शिक्षाको अवधारण अनुसार विकास गर्न नसक्नु र पार्टी एकीकरण पछि आफ्नो ठुलो पंक्तिलाई सुदृढ गर्न नसक्नु विडम्वना हो । कम्युनिष्ट पार्टीमा जीवनभर काम गर्दापनि सही मुल्याङ्कन र व्यवस्थापनमा बुर्जुवावर्गको भन्दा पनी सारै तलझरेर  पद, पावर, पैसा, नाता र चिल्लागाडीको लोभमा ईमान्दार कार्यकर्ता पाखा लगाउदै ,दलाल नोकरशाही पुजीबादी सामन्तवादी अवशेष र संशोधनवादी रुझानको बिरासत वाेक्नु कम्युनिष्ट पार्टीको नेतृत्व र वुर्जुवाहरुको  व्यवहार उस्तै हुनुमा राजनैतिक, वैचारीक र सांस्कृतिक रुपान्तरणको खडेरी हो, यस समस्याको लागि निरन्तर पार्टी स्कुलिङ नहुनु दुखद छ ।

निरन्तर स्कुलिङ्ग र  व्यवहारिक क्षमता मुल्याङ्कन  र अावस्यकता अनुसारको जिम्मेवारी लागू गर्नु पर्दछ । कम्युनिष्ट पार्टीले स्कुलिङ्ग बिभागको कामलाई पार्टी निर्माणको मुख्य आधार मान्नु पर्दछ ।कम्युनिष्ट पार्टीको दर्शन वर्गसंघर्षको दर्शन भएकाले समाज र सामाजिक परिघटनाहरुको द्वन्द्वात्क विश्लेषण गर्न निपुर्ण हुनु पर्दछ । प्रत्येक दशक दशक मा परीवर्तनाका ठुलाठुला अान्दोलन भए तर अाफ्ना अाफ्ना गुट विषेशका उही तिस बर्ष पुरानो सुगारटाई विस्लेषणले कार्यकर्तामा दब्बु र झोले मानसिकता बाहेक केही बिकास हुदैन। कम्युनिष्टहरु साँस्कृतिक रुपमा रुपान्तरण नभई वास्तविक मानव बन्न सक्दैन । समाजमा रुपान्तरित नभएका पशुपतीका बाँदर जस्ता वुर्जुवा नव दलाल पुजीपतिहरु ढोगी कम्युनिष्ट हुन् भने । रुपान्तरित भएको नयाँपुस्ता भनेका क्रान्तिकारी कम्युष्टिहरु हुन। जुन रुपान्तरित नँया पुस्ता जाे झोलेप्रबृत्ति दाश मनोवृती पिछलग्गु संकृती बाट माथी उठनै  पर्छ।

आदिम सम्यवाद हुदै सामान्ती युग, पूँजीवादी युग र समाजवादी युगको वस्तुनिष्ठ बुझई बिना कोही पनि सच्चा कम्युष्टि बन्न सक्दैन ।

वाँदरबाट मानिसमा रुपान्तरण लामो र दीर्घकालीन संघर्षको परिणति थियो भने त्यो आफै अलौकिक वा स्वतःस्फुर्त रुपमा बदलिएको थिएन । आदिम सम्यवाद हुदै सामान्ती युग, पूँजीवादी युग र समाजवादी युगको वस्तुनिष्ठ बुझई बिना कोही पनि सच्चा कम्युष्टि बन्न सक्दैन ।

कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी र वर्गसचेत डफ्फाको रुपमा विकास गर्न माक्सवादको रक्षा प्रयोग र विकासका साथै निरन्तर वर्ग संघर्ष मा भाग लिनु पर्दछ । श्रम र वर्ग संघर्ष बाट कटेको नेतृत्वले न परिवर्तनको पहल लिन सक्छ न कम्युनिस्ट पार्टीको नेता बन्न सक्छ । यँहा त नेता बन्नको लागी जग्गा दालाली हुनुपर्ने ठुला, ठुला टेन्डर हत्याउन सक्नु पर्ने बिलासितका साधन उपयोग गरेको हुनुपर्ने यो चरित्रको संस्कारले हामीलाई कता लादै छ कुन्नी?

कम्युनिष्ट पाटी भनेको वर्गसंघर्ष उत्पादनको लागि संघर्ष र समाजको आमुल रुपान्तरण गर्ने नेतृत्वदायी संस्था हो । माक्र्सवाद लेनिनवाद वैचारिक दिग्दर्शनमा मात्रै सर्वहारावर्गको पार्टीले आफ्नो कार्यभार पूरा गर्न सक्छ ।

कम्युनिष्ट पार्टीले समाज र दुनियाँ बदल्न वैज्ञानिक विधिको आधारमा पार्टी संगठनलाई संचालन गर्नु पर्दछ । कम्युनिष्ट पार्टीले आफ्नो उच्चतहदेखि आधारभूत तहसम्मको नेतृत्वलाई वैचारीक रुपमा पारंगत नबनाई क्रान्तिको कुरा हामीले देखेको भनेको समाजबादको कुरा निरर्थक बन्न जान्छ । जवसम्म नेतृत्वमा नै वैचारिक अस्पष्टता हुन्छ तवसम्म आन्दोलनले गोलचक्कर मात्रै मार्दछ क्रान्ति , परिवर्तन,समाजबाद, हुदैन अाउदैन।

समाज र संस्कृति बदल्नको लागि सबैभन्दा पहिलो सर्त नेता तथा कार्यकर्ता सांस्कृतिक रुपले नै बदलिनु पर्छ, जवसम्म नेता कार्यकर्ता बदलिदैन तवसम्म नयाँढंगको क्रान्तिकारी पार्टी बन्न सक्दैन ।

कम्युनिष्टहरुको रुपान्तरण कस्तो हो ? यो कसरी गर्न सकिन्छ ? र यसको वैज्ञानिक कार्य विधि के हुनसक्छ ? यस्ता तमाम प्रश्नहरुको घेरामा कम्युनिस्ट सदस्य र नेतृत्वको परिक्षा हुदैछ । समाज र संस्कृति बदल्नको लागि सबैभन्दा पहिलो सर्त नेता तथा कार्यकर्ता सांस्कृतिक रुपले नै बदलिनु पर्छ, जवसम्म नेता कार्यकर्ता बदलिदैन तवसम्म नयाँढंगको क्रान्तिकारी पार्टी बन्न सक्दैन ।

कम्युनिष्ट पार्टी र उसका नेता कार्यकर्ताले अन्धविस्वास, रुढिवाद र आध्यात्मिक चिन्तनको परित्याग नगरेसम्म न क्रान्तिकारी पार्टी निमार्ण हुन्छ, न क्रान्तिकारी नेतृत्वको जन्म नै हुन्छ, न त क्रान्तिको कार्यभार पूरा गर्न सकिन्छ । त्यसैले बहुमत सहितको राजनीतिक सत्ता प्राप्ति मात्रको कोरा राजनीतिक नाराले मात्र त्यस प्रकारको पार्टी पुन निर्माण सम्भब छैन र देखीदैन केन्द्रिय , प्रादेशिक मुख्य र प्रारम्भमा स्थानिय तहका राज्य तथा राजनीतिक इकाइहरु अथवा स्थानीय तह हरु को समाजबादी यात्रामा पुनर् संरचना गर्ने पार्टी निर्माण गर्ने संकल्प तेस्रो अधार हो !

कम्युनिष्ट पार्टीहरुमध्ये कुन पार्टी वास्तविक रुपमा कम्युनिष्ट पार्टी हो र कुन पार्टी ढोगी कम्युनिस्ट पार्टी हो भनेर जाँच्ने विधि भनेको मार्क्सबादी लेनिन बादी बिचारकोअनुशरण र नेपालमा अहिले सम्मका कम्युनिस्ट अान्दोलनहरुबाट जन्मिएका बिचारहरुको उपलब्धिको एकता ,रक्षा ,प्रयोग र बिकास नै मुख्य आधार हो ।

पार्टी नेतृत्वको दृष्टिकोण र जीवनशैलीबाट कार्यकर्ताले सिक्ने भएकाले नेतृत्वले सदैव जनता, समाज र कार्यकर्ता पंक्तिको घेराबन्धी र निगरानीमा छु भन्ने कुरा कहिल्यै भुल्न हुदैन ।

कम्युनिष्टहरुले पारिवारिक सम्बन्धलाई वर्ग धरातलकै आधारमा उभ्याउने कुरा कम्युनिस्टहरुको नीजि तथा व्यक्तिगत कुरा मात्र नभएर उसको विश्व दृष्टिकोणको सवाल हो ।जवसम्म परिवारलाई राजनीतिकरण र वैचारिकरण गर्न सकिदैन, तवसम्म नेतृत्वको समेत रुपान्तरणमा व्यवधान र अवरोध पैदा हुन्छ । बदलिँदो भौतिक जगतका हरेक चीजहरु गतिशील र परिवर्तनशील छन । भौतिक जगत, मानव समाज र सामाजिक क्रियाकलापले जनताको मानसिकतामा परिवर्तित राजनीतिक अवस्थाको बोध गराउदछ । पार्टी नेतृत्वको दृष्टिकोण र जीवनशैलीबाट कार्यकर्ताले सिक्ने भएकाले नेतृत्वले सदैव जनता, समाज र कार्यकर्ता पंक्तिको घेराबन्धी र निगरानीमा छु भन्ने कुरा कहिल्यै भुल्न हुदैन ।

वैचारिक र सांस्कृतिक रुपान्तरणका सम्बन्धमा नेता तथा कार्यकर्तामा किन धार्मिक र अध्यात्मिक चिन्तन, व्यवहार देखिन्छ यसको निराकरण नगरी कम्युनिस्ट पार्टी र क्रान्तिकारी नेतृत्वको विकास हुन सक्दैन । कम्युनिष्ट नामका धेरै पार्टीहरु छन तर तिनका नेता कार्यकर्ताहरुको विवाहमा भोज भतेर मोह, काजकिरिया ,बर्थडे मोह र अझ भनौ कुनै अमुक मान्छे को महिनौ अघिदेखी बर्थडे, बिबाह दिन, पदोन्ती दिनको शुभकामना दिन क्यालेन्डरनै तयार पार्ने दलाली प्रवृती ले पार्टी कार्यकर्ता नेतृत्वको वैचारिक र सांस्कृतिक विचलनको पराकाष्ठामा पुगेको कुरा उनीहरुका क्रियाकलापले पुष्टि गरेको छ । जसरी दलाल पुजबादी हरुको भरण पोसण ले नेता कार्यकर्ताकाे सर्वहारा वर्गिय विश्वदृष्टिकोणमा आएको विचलनको प्रभावले कार्यकर्ता र जनतामा उल्टो रुपान्तरणको असरले प्रतिक्रान्तिलाई मलजल गर्न सक्छ । कम्युनिष्ट आन्दोलनका निष्ठावान कार्यकर्ताले पनि नेतृत्वको गुणगान गाउने हदैसम्म को संस्कृतिले नेपाली कम्युनिष्ट आन्दोलन ग्रसित छ ।

कम्युनिस्ट नेता, कार्यकर्ताले धार्मिक, अध्यात्मिक, रुढिवादी, अन्धविस्वासलाई निर्मम भएर त्याग्न सक्नुपर्छ ।

नेतृत्वका कमजोरीवारे खुलेर रचनात्मक आलोचना र नयाँ विकल्प पेश गर्ने हैसियत र क्षमताको विकास नगरीकन कम्युनिष्ट आन्दोलनको नेतृत्वलाई रुपान्तरण गराउन र समाजबादी दिशामा लान सकिदैन । कम्युनिष्टहरुले धर्म, सस्कृति, रीतिरिवाजलाई हेर्ने दृष्टिकोण वैज्ञानिक र माक्स बादी लेनिन बादी चरीत्रको हुनुपर्दछ । कम्युनिस्टले श्रमजीवी सर्वहारावर्गले गरेका किर्तीमान, पराक्रम, पौरखलाई उच्चसम्मान गर्ने संस्कृति निर्माण गर्नु पर्छ । कम्युनिस्ट नेता, कार्यकर्ताले धार्मिक, अध्यात्मिक, रुढिवादी, अन्धविस्वासलाई निर्मम भएर त्याग्न सक्नुपर्छ ।

प्रगतिशील आन्दोलनको स्मरण गर्दै विभिन्न उत्सव मनाउने र त्यो आन्दोलनले निर्दिष्ट गरेको संस्कृतिको अनुसरण र विकास गर्नु पर्दछ । कम्युनिष्ट पार्टीले श्रमजीवीवर्गको जनअधिनायकत्वलाई केन्द्रमा राखेर दलाल पूँजीवादी अधिनायकत्वलाई चुनौती खडा गर्नुपर्दछ । नीजि स्वामित्वको पक्षपोषण गर्ने संस्कृतिलाई निरुत्साहित गर्दै सार्वजानिक स्वामित्व, सामूहिक जीवनशैली र सर्वहारावर्गीय पक्षधरतालाई अनिवार्य शर्त बनाउनु पर्दछ । जनअधिनायकवाद अर्थात सामाजिक स्वामित्वको नीतिमा दृढ हुनु कम्युनिस्टको इमानदारिता हुन्छ । जसरी वर्गबैरिको बुर्जुवा तथा पूँजीवादीको सामान्ति, तथा पूँजीवादी अधिनायकवाद हुन्छ त्यसैगरि श्रमजिवीवर्गले सर्वहारा जनअधिनायकत्वलाई दृढतापूर्वक पक्षपोषण गर्नु पर्दछ ।

वर्गवैरीप्रति उदारभाव राख्नु र विजातीय विचार दृष्टिकोणप्रति मौन बस्नु कम्युनिष्टहरुको सुधारवादी विचलनको पराकाष्ठा हो । विजातीय विचार, व्यवहार, जीवनशैली विरुद्ध निर्मम हमला नगरी माक्सवादको रक्षा, प्रयोग र विकास गर्न सकिदैन ।यसका लागी पार्टी भित्रै भिषण संघर्षकाे अाधिवेरी ल्याउन किन नपरोस तयार रहनु पर्छ। कम्युनिस्टहरुलाई धर्म मान्ने र रीतिरिवाज मनाउने छुट हुदैन तर जनतालाई धार्मिक स्वतन्त्रता हुन्छ भन्ने, राष्ट्र धर्मनिरपेक्ष हुन्छ । राज्यले कुनै एकमात्र धर्मलाई पक्षपोषण गर्न मिल्दैन । सबै धर्म मान्ने सम्प्रदायलाई समान व्यबहार गर्नु पर्दछ । कम्युष्टिहरुले जनताका भावना बिपरित केही काम गर्न हुदैन ।

माक्सवादले विज्ञानकै आधरमा दुनियाँलाई बुझ्ने र बदल्ने हुनाले हामी पनि वैज्ञानिक युगका वैज्ञानिक मान्छे बन्ने प्रयत्न गर्नुपर्छ ।

कम्युनिस्ट भनेका समाज परिवर्तनका सम्बाहक शक्ति हो । समाज रुपान्तरणमा कम्युनिस्टहरुको निर्णायक र प्रथम भूमिका हुन्छ । सर्वहारा वर्गबिना संसार परिवर्तन भएको इतिहास पाइदैन । वैज्ञानिक अविस्कार भौतिकवादी दर्शनका आधारमा भएको हुनले संसारमा नयाँ नयाँ प्रविधिको बिकास भएको हो । यदि विज्ञानको बिकास नभई धर्मकर्मको आधारमा भएको भए मानव जातीको जीवन कहालीलाग्दो हुने थियाे । मानिसहरु ओढारमै हुनेथिए भने रुखका बोक्राको वस्त्रभन्दा अरु चीजको प्रयोग हुने थिएन ।

अतः विज्ञानका अनगिन्ती अविस्कारले आज विश्वलाई धेरै सुगम र सानो घर जस्तो वनाइ दिएको छ । माक्सवादले विज्ञानकै आधरमा दुनियाँलाई बुझ्ने र बदल्ने हुनाले हामी पनि वैज्ञानिक युगका वैज्ञानिक मान्छे बन्ने प्रयत्न गर्नुपर्छ ।

धेरै पढेलेखेका मान्छे मात्रै वैज्ञानिक हुन्छन् भन्ने कतिपयमा भ्रम छ । त्यो कदापी होइन । कयैा निरक्षर मुर्ख अज्ञानीहरुले पनि अनेकै दुखकष्ट, मेहनत र साधना गर्दै अनेकौ अविस्कार गरेका छन् । हामी सबै एकता र रुपान्तरणको महासागरमा सामेल हौं, असम्भव भन्ने कुरा मूर्ख र अज्ञानीको डायरीमा मात्रै हुन्छ ।

नेकपा(नेकपा)जिल्ला कमिटी सदस्य, कास्की