आरडीटी गरेर घर पठाइएका युवाको मृत्यु

सुर्खेतको भेरीगंगा नगरपालिकाको क्वारेन्टिनमा १४ दिन बसेर घर गएका एक युवाको मृत्यु भएको छ ।

भेरीगंगा वडा नं. ५ का ती ३५ वर्षीय युवकलाई आरडिटी नेगेटिभ आएपछि घर पठाइएको थियो । उनको आइतबार बिहान मृत्यु भएको हो ।

भारतबाट आएका उनको आरडीटी नेगेटिभ आएपछि एक सातासम्म होम क्वारेन्टिनमा बस्न आग्रहसहित घर पठाएको थियो । उनको स्वाब संकलन गरी पिसिआर जाँचका लागि पठाइएको छ । पिसिआर रिपोर्ट आएपछि उनको दाह संस्कार गरिने नगरपालिकाले जनाएको छ ।