गजल

छु प्यासी नदीमा नपाएर पानी
भयो साँझजस्तै मलाई बिहानी

तिमीले डुबायौ कि झैँ लाग्न थाल्यो
बचाएर मैले गरेको लगानी

सुरक्षाविना नै म गर्दै छु यात्रा
चलेको छ हावा बिहानै तुफानी

हिजोसम्म जसले ठगे, लुट्न जाने
भएछन् तिनै अाज एक्कासि दानी

कहाँ वृक्षरोपण गर्‍याै खै तिमीले
गरेका गर्‍यै छौ सधैं वन फडानी