संसार केहि महिना देखि कोरोना नाम बाटै पनि डराई रहेको छ । यसको हाहाकार ले आकास छोएको छ । अहिले यस्तो लाग्दैछ कि, यस स्वासप्रस्वासको समस्यालाई कोरोना अर्थात कोभिड १९, नाम दिएको डव्लुयचओले यस रोगबाट जोगाउन संसारका सबै मानिसको ठेक्का लिएको छ । उसले भनेको मान्ने हो भने संसारका सबै मानिस अजर अमर हुनेछन् केवल जन्मिनेछन् कोहि मर्ने छैनन् । यस सामान्य रुघाखोकीको लक्षण रहेको मौसमी फ्लू जस्तो समस्यालाई महामारीको नाम दिएर जसरी संसारमा त्रास सिर्जना गरिएको छ के त्यो साँच्चै डराउन पर्ने हो वा केवल सिर्जित डर हो ? यसमा केहि अनुसन्धान मूलक अनि हाल सम्मका तथ्यांकहरु माथि ध्यान लगाउने हो भने ः
जेष्ठ ३० गतेसम्म ।
संसारको संक्रमण संख्या ७६,१५,९२२ (५.२० प्रतिशत) मृत्यु ४,२४,२०२ (५.५७ प्रतिशत) दिन प्रतिदिन घट्दो स्थितीमा देखिएको छ । निको हुने को संख्या ३८,५४,३८२ आधा जसो मानिस निको भइसकेका छन् निको हुने प्रतिशत मृत्यु भन्दा बढी थियो र सधै रहेको छ । अर्थात यसबाट हुने मृत्यु दर निकै कम रहेछ । संसारमा अहिले पनि कैयौं त्यस्ता रोगहरु छन् जो यसको मृत्यु दर भन्दा कैयौं बढी छ र पनि हामी ती रोगहरु संग लड्न सक्छौं भनेर हिम्मत गरेका छौं ।
प्रश्न :के यो मृत्युहरुमा केवल कोरोना जिम्मेवार छ त ?
संसारमा अहिले पनि कैयौं त्यस्ता रोगहरु छन् जो यसको मृत्यु दर भन्दा कैयौं बढी छ र पनि हामी ती रोगहरु संग लड्न सक्छौं भनेर हिम्मत गरेका छौं ।
पक्का पनि छैन । इटलीको मृत्युलाई नेशनल हेल्थ इस्टीच्यूट अफ इटली कै रिपोर्टमा प्रस्ट भनिएको छ कि, ४८.६ प्रतिशत मानिसमा कोरोना बाहेक ३ वटा अन्य रोग थिए, २६.६ प्रतिशत मानिसमा कोरोना बाहेर २ वटा अरु रोग थिए, २३.५ प्रतिशत मानिसमा कोरोना बाहेक अरु १ वटा रोग थिए अव बाँकी केवल १.२ प्रतिशत अर्थात ३३,८४६ मृत्यु मध्ये ४०६ मानिस मात्र कोरोनाका कारण मरेका छन् । यस आँकडालाई हेर्दा संसारका मानिस को मृत्युमा ४,९७० मानिस मात्र कोरोनाका कारणले मृत्यु भएको देखिन्छ ।
नेपालको स्थिती
नेपालको स्थिती हेर्दा बिगत ७५ दिनमा तीन करोड जनता मध्ये २,९४,०७३ लाई जाँच्न सकिएको छ जसमध्ये संक्रमण ४,६१४ (१.५७ प्रतिशत) मृत्यु १६ (संक्रमणको ०.३५ प्रतिशत) । ८६१ जना कोरोना संक्रमितले यसलाई जित्न सकेका छन् । अन्य संक्रमितहरु बिस्तारै निको हुदै पनि जाँदैछन् ।
यो तरीकाले अनि यो गतिमा कोरोना परिक्षण गर्दै जाँच्दा दिनको लगभग ३,७०० जनालाई जाँचिएको छ । यसरी नै सबै जनता जाँच्ने हो भने २५ बर्ष लाग्ने छ । दुई लाख तीसहजार ब्यक्ति जाँच्दा १० अर्ब रकम खर्च गरिएको छ । यस रकमलाई परिक्षण गरिएका मानिसमा अनि संक्रमितहरुमा गरिएको खर्च भाग लगाउँदा १ जनामा ४३,५०० खर्च भएको देखिन्छ भने सबै जाँच्दा ३,००,००,००० गुणन ४३,५०० बराबर १३,०५,००,००,००,००० रकम लाग्ने अनुमान लगाउन सकिन्छ ।
नेपालको संक्रमण दर (१.५७ प्रतिशत) ले हेर्दा अहिले पनि हाम्रै वरीपरी रहेका मानिसमा कोरोना जाँच्दा संक्रमित संख्या ४,७१,००० रहेको छन् । फरक यति हो कि जाँच्न भ्याईएको छैन ।
मेडीकल जर्नलहरुका अनुुसार कोरोना संक्रमित मानिसहरु तीन प्रकारमा बाँडिएका छन् । जसमध्ये ८० प्रतिशत मानिसमा त कोरोनाको कुनै पनि लक्षण नै नदेखिइ निको हुन्छ । बाँकीका २० प्रतिशतलाई १०० गराउँदा ९० प्रतिशतमा लक्षण देखिन्छन् अनि सामान्य आराम अनि खाने तरीकामा परिवर्तन गर्नाले निको हुन्छ
१० प्रतिशत अस्पताल बस्न पर्ने हुन्छ । ती मध्ये ५ प्रतिशतलाई आईसियु वा भेण्टिलेटरमा राख्न पर्ने हुन सक्छ । यी मध्ये आधाको मात्र मृत्यु हुन सक्छ । र मृत्युहुनेमा अति कम मानिसहरु पर्छन् जोे यसकालागि रोग प्रतिरोध क्षमता बढाउन सक्दैनन् जसमा कोरोना भन्दा अन्य धेरै रोगहरु समेत पहिले बाटै थिए उनीहरुको मृत्यु हुने गर्दछ । भने कोरोनाबाट यति डराउनु पर्ने आवश्यकता छैन ।
नेपालको संक्रमण अनि मृत्यु दर निकै कम छ । यहि दरलाई लिने हो भने २५ बर्षमा संक्रमण ४,७१,००० अनि मृत्यु १,६४९ । बर्षेनी ६६ हुने देखिन्छ । नेपालका मानिसको मृत्युमा पनि लगभग ईटलीकै दरले मात्र कोरोनाका कारणले मृत्यु हुनेको आँकडा लिने हो भने, बर्षेनी १ जनाको मात्र मृत्यु केवल कोरोनाका कारणले हुने देखिन्छ तर आयुर्बेदलाई अवलम्वन गर्ने हो भने यो एक मृत्यु पनि टार्न सकिन्छ ।
सडक दुर्घटनाबाट डराएर जसरी हामी लकडाउन गर्दैनौं भने कोरोनाका कारणको मृत्युबाट डराएर पनि लकडाउन गर्नु आवश्यक छैन ।
यदि घर भित्रै राखेर मानिसलाई जोगाउने चाहना राख्ने हो भने, २०१८ मा ५,५०० सडक दुर्घटनाहरु भएका थिए भने १,१७६ जनाले ज्यान गुमाएका थिए लकडाउन गरौं सडक दुर्घटना हुदैन । जुन कोरोनाको भन्दा बढी मृत्यु दर छ । सडक दुर्घटनाबाट डराएर जसरी हामी लकडाउन गर्दैनौं भने कोरोनाका कारणको मृत्युबाट डराएर पनि लकडाउन गर्नु आवश्यक छैन ।
यदि साँच्चै डराउनु छ भने, यस परिस्थितीबाट उत्पन्न हुने बेरोजगारीबाट डराउन जरुरी छ । एक आर्थिक पत्रिकाका अनुसार २०१९ मा रोजगारमा रहेका मध्ये अव बिश्व मै ३० प्रतिशतले रोजगारी गुमाउँदैछन् । अर्थात नेपालमा पनि यसैको प्रभाव पर्नेछ र २०१८÷१९ को रेकर्ड अनुसार कूल जनसंख्याको ११.४ प्रतिशत बेरोजगार छन् भने यसमा ३० प्रतिशत थपिएर ४१.४ प्रतिशत हुने देखिन्छ । यसबाट सम्पूर्णको क्रय क्षमता घट्ने छ । क्रय क्षमता घटे पछि उत्पादन पनि घाटाउनु पर्नेछ् । अब व्यापारीक केन्द्रहरु खुला भए पनि, बिभिन्न कारखानाहरु चल्न थाले पनि त्यहाँ काम गर्ने मजदूरहरु जो आफ्नो गाउँघर फर्केका थिए उनीहरु पुनः सहर फर्किने सम्भावना रहला वा नरहला ? अथवा कहिले फर्किएलानु ? ती कारखानाहरुले पुनः पुरानै तरिकाले उत्पादनहरु कति समयमा सुचारु गर्न सक्लान् ? यसरी मानिसको बोरोजगारी अझै बढ्नेछ । यसबाट देशलाई जोगाउन के गर्न सकिन्छ ?
कसरी देशको आर्थिक स्थिती यथावत राख्न सकिन्छ ?
माथि गरिएका सबै बिश्लेषणका अधारमा अव हाम्रो देश नेपाल मात्र होइन संसारलाई नै बेरोजगारीबाट जोगाउनु छ भने बिस्तारै बिस्तारै कोरोना परिक्षण घटाउँदै लग्नु पर्छ । कोरोना लागेका मानिसको संख्या बढेको देखाएर मानिसमा डर सिर्जना गराउनु हुँदैन । एकै पल्ट जाँच रोक्नु पनि हँुदैन । मानिसमा कोरोनाको प्रभाव बिस्तारै कम हुँदै जाँदैछ भन्ने कुरामा आम मानिसलाई बिस्वस्त गराउँदै लग्नु पर्छ । मानिसलाई पुरानै स्थानमा फर्कने बातावरण हरेक उद्योग, संघसंस्थाहरु, रोजगारदाताहरुले सिर्जना गर्नु पर्छ ।
बेरोजगारी बढे संगै २ छाक खान नपाउँदा मानिसहरु राहत बाँड्न तम्सेको देख्दा सहयोगी भावना बिकास भएको देख्दा खुशी लाग्छ तर कहिले सम्म ? कहिले सम्म नेपालीहरु माग्ने को दर्जामा रहने अनि अरुको आशमा बाँच्ने ?
अब काममा फर्काैं । कोरोना एक सामान्य रुघाखोकी भन्दा पनि कम जोखिमको छ । रोगले मरिएला नमरिएला तर भोक र शोक ले अवस्य मरिनेछ । आत्मबल बढाऔं । हरेक रोग संग लड्न सकिन्छ ।
सिइओ अवाकस मेण्टल म्याथ









