खुट्टा तान्न अघि सर्ने आफन्त नै हुन्छन्
प्रगतिमा आँखा तर्ने आफन्त नै हुन्छन्
शत्रुले त सफलताका लागि शाहस थप्छन्
गिराउन लागि पर्ने आफन्त नै हुन्छन् ।
हरेश खाएर मर्नुभन्दा त बाँच्दा जितिन्छ
भ्रष्टलाई लाग्दो हो सम्पत्ति साँच्दा जितिन्छ
किन यहाँ बुझेर पनि बुझ पचाइरहेछन् ?
रोगलाई त राम्ररी जाँच्दा जितिन्छ ।




