भनिन्छ हावा नचलेसम्म पात हल्लिदैन । नेपालमा कान्तिकारी कम्युनिष्टहरू मिलि नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र बन्दै थियो । त्यसको जन्मदाता तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मशाल थियो । मसाल र मशाल दुई पार्टी एउटै पार्टी बिभाजनबाट बनेका थिए । पहिला दुबैमा दम्भ थियो । एकले अर्कोलाई सक्दो खुइल्याउने क्रम थियो । परिस्थितिले गर्दा २०४६ सालमा सम्युक्त कार्क्रममा जुटेका थियौ । त्यस समयमा बाबुराम शितल कुमारको नेतृत्वमा एकता केन्द्रमा आउँदै थिए ।
कहिल्यै दोस्त्रो नभई डाक्टर गरेका बाबुराम हाम्रो पार्टीमा आउन लागेकोमा हामी उत्साहित थियौ । सम्युक्त कार्यक्रमका प्रमुख बक्ता चित्रबहादुर थिए । साथीहरू हाम्रो जिल्ला समितिको एक कनिष्ठ सदस्य बाबुराम आफ्नो पार्टीमा आउन लागेकोमा धेरै खुसी नहुनु होस् । हाम्रो खेतमा जोत्न नमिलेर फालेको हलोले तपाँईहरूको खेतमा जोत्न सक्दैन यो जता कमलो माटो पाउँछ त्यतै जान्छ । देखिराख्नु होला यही हलोले जोतेर क्रान्तिको खेति हुन्छ भन्ने सोच्नु भएको छ भने तपाँईको खेतिमा झार मात्र मौलाउने छ ।
बेस्याहरूले विभिन्न सृङ्गारका सामानले शृङ्गार गरि बैंसमा राजा महाराजालाई पनि बसमा पार्न सक्ने हैसियत राख्दछन् । उनको डाक्टरको सृङ्गारले उनको सक्कलि रूप छोपिएको थियो । एकै पटक रानी हुन पुगे अर्थाद केन्द्रीय समितिमा पुगे । पार्टीको बैधानिक मोर्चा सम्युक्त जनमोर्चा बन्यो । पार्टी भूमिगत हुँदै थियो । जनमोर्चा निर्वाचन आयोगमा दर्ता भएको संसदीय मोर्चा थियो ।
चित्रबहादुरले भने जस्तै यो कमलो थियो, बाबुरामले धाक धक्कु लगाएर पम्फा भूसाललाई पाखा लगाई अध्यक्ष हुन सफल भए । उनी आफ्नै कामले होइन पार्टीको यही मोर्चाको अध्यक्ष भएकै नाताले राष्ट्रिय नेता हुन पुगे । पार्टी भूमिगत हुदा पार्टीमा भएका सबै केन्द्रीय सदस्यहरू उनी भन्दा सिनियर थिए । पार्टीमा मोहन बैध्यले गौरब लगायतका सबै सिनियर केन्द्रीय सदस्यहरूलाई पाखा लगाई तत्किलिन समयमा सबभन्दा कनिष्ट प्रचण्डलाई महामन्त्री बनाई एक परम्परा चलाएका थिए । कनिष्टले कनिष्टै रोज्दा काम गर्न सजिलो हुने ठानि प्रचण्डले बाबुरामलाई मर्यादा क्रममा दस्त्रो स्थानमा राखे । एउटा सानो पार्टीको जिल्ला समितिमा समेत अयोग्य भनि कार्बाहीमा परेको ब्यक्ति चार पाँच बर्ष भित्रमा माओवादी जनयुध्दको दोस्त्रो रथिमा पुग्नुनै अनौठो थियो ।

बैध्यले भिष्मपितामहको भूमिका खेले । धृष्टराष्ट दुर्योधनले जे जति कुकर्म गरे पनि हरेर बस्ने केवल हस्तिनापुरको मात्र सेवा गर्ने भने जस्तै प्रचण्ड बाबुरामले जे जस्ता कुकृत्व गरे पनि जनक्रान्तिको सेवा गर्ने एक मात्र मन्त्र जपिरहे । अन्यको बाटो स्वएम् बैध्यले नै छेकि दिए । जनयुध्दकाल भर बाबुरामको काम प्रतिक्रान्तिको आधार तयार पार्नु भयो । पार्टी भित्र यिनलाई भारतको दलाल र ख्रुश्चेवको अनुयाई भएको कुरा थाहा नभएको पनि होइन । भौतिक रूपमै सखाप पार्न पनि नखोजिएको होइन । जब प्रचण्डमा पनि बिचलन आयो दुबै एक भए। माओवादी क्रान्ति प्रतिक्रान्तिमा अवतरण भयो ।
जनयुद्ध कालभर बाबुरामको काम प्रतिक्रान्तिको आधार तयार पार्नु भयो ।
एक दुई जना मानिसमा प्रतिक्रान्तिको हावा लाग्दा त्यसलाई रोकेर क्रान्तिलाई निरन्तरतामा लान नसक्ने असक्षम अन्य नेतृत्वका रमिते बने । एक गद्दारका बिरूध्द अर्को गद्दार प्रयोग गरेर क्रान्ति सम्पन्न गर्ने कस्ता क्रान्तिकारीहरू माओवादी जनयुध्दले निर्माण गरो यहीनै आश्चार्यको बिषय हो । पचण्ड गद्दार भयो यसलाई ठेगाना लगाउन पर्छ भन्दै क्रान्तिकारी हौ भन्नेहरूले नै बाबुरामलाई प्रधानमन्त्री बनाउने काम गरे। चानसै चानसमा बाबुराम प्रधानमन्त्री सम्म बन्न सके । अब उनमा यति घमण्ड आयो कि नेपाल भनेकै म बाबुराम हो । म जाहाँ जान्छु त्यतै देश र जनता जान्छन् ।यस्तो म जस्तो मानिस पार्टीमा दोस्त्रो भएर बस्नु मेरो र देशकै बेइजत हो ।
यसै पार्टीमा प्रचण्ड नमोरेसम्म पहिलो नेतृत्वमा पुग्न सम्भव छैन । यस्तो अनिश्चिततामा बस्नु भन्दा आफ्नै नीतिअनुसारको पार्टी चलाउनु ठीक हो भन्ने बिचारले नयाँ जनशक्ति नामको पार्टी खोले । उनकै आसपासेहरूले समेत छाडे । संशोधनवादीहरूको महाकुम्भ भेलामा सहभागी पनि भए । समयले उनको महत्वाकाँक्षा पुराहुने स्थिति थिएन । संशोधनवादीहरूको कुम्भभेलामा बाबुराम जस्ताको खासै भाउ भएन । उनी फेरि जनशक्ति नामको पार्टी चलाउन गए । संविधान सभाको चुनावमा एक सिट पनि आधा काङ्ग्रेस आधा जनशक्ति भएको नरसिंह खालको संसद भए । हुदा हुदा अहिले मदेशवादी दलको पाँचौ नम्वरमा पुगे ।
यस्तो स्थितिमा पुग्नाको कारण हो उनको राजनीतिक बेस्याबत्ति । अहिले उनको बौध्दिक बेस्याबत्ति टाट पल्टेको छ । अधमले मरेपछि पनि दुख दिन्छ भनिन्छ । बरू प्रचण्ड अब कुशको बाहुन हुन पुगेका छन् । ओलीले जुन टपरिमा राखिदिन्छ त्यही उनको ठाँऊ हुने भएको छ । अमेरिका भारत लगायतका साम्राज्यवादीहरूले पनि उनी भन्दा बफादार चाकरहरू ओली देउवाहरू पाएको छ । पुरानो माओवादी बिगठन भएको छ । आआफ्नो सोच र बिचरअनुसार बैध्यले आफ्नै समकालिन जनयुध्द बिरोधिहरू जम्मा गरी पार्टी चलाएका छन् ।विप्लवले पनि आफ्नै समकालिनहरू जनयुध्दका युवाहरू समेटेर छुट्टै पार्टी चलाएका छन् ।
उनी अहिले हारेको सेनाको एक्लो कमाण्डर भएका छन् । उनलाई अहिले तर्साउन सूर्य थापा, गोकुल बास्कोटा प्रयाप्त छन् ।
उनीसंगसंगै जाने अवसरवादीहरू अब ओलीकै पोल्टोमा जाने सम्भावना छ । भ्रमवस पछि गएका क्रान्तिकारी युवाहरूमा केही पलायन भएर ब्यक्तिगत ब्यबसायमा लाग्ने र केही क्रान्तिकारी पार्टीमा लाग्ने सम्भावना छ । उनी अहिले हारेको सेनाको एक्लो कमाण्डर भएका छन् । उनलाई अहिले तर्साउन सूर्य थापा, गोकुल बास्कोटा प्रयाप्त छन् । अब उनको मिसन कसरी अनुसन्धान आयोग र अन्तरास्ट्रिय अदालतबाट बच्ने भन्ने छ । नदेखिने अब्ठ्याराको घाउको रूपमा अझै बाबुराम नै छन् ।अहिले प्रचण्ड ब्यक्ति हुन पुगेका छन् । बाबुराम अझै साम्राज्यवादी भारत र अमेरिकाको सस्थागत दलाल यथाबतै छन् ।
बाबुराम आफ्नै लहडले जस्ले २७ जना कम्युनिष्टयुवाहरूकोआम नरसंहार गरो उहीँ उपेन्द्र यादवको सहायक भएर गएको बुझियो भने यो गलत हुन्छ । अहिले अमेरिकि सैन्य सहयोग एम सि सी जुन भारतसको स्वीकृतिमा पास गर्न देउवा, ओली मदेशबादीहरू , बाबुराम एक भएका छन । यसमा अमेरिका र भारतको सम्युक्त शक्तिले चिनलाई घेर्ने र नेपाललाई युध्द मैदान बनाउने खेल हो । अमेरिका भारत दाहिना भएसम्म नेपाल कम्युनिष्ट पार्टी नेकपामाओली बाहेक सबै एक ठाँऊमा भए पनि ओलीलाई हटाउन सक्दैनन् । बाबुराम भारतको एजेण्टका रूपमा मदेश गएका हुन् ।संसारमा कुन राष्ट्रिय नेता छ छेत्रीय र सम्प्रदायकि पार्टीमा जाने । के बाबुराम यसको अपबाद हुन सक्छन् ?
नेपाली जनताको राष्ट्रियता जनतन्त्र र जनजीबिकाको मूख्य शत्रु विश्वसाम्राज्यवाद खासगरी प्रत्यक्ष रूपमा भारतीय साम्राज्यवाद र नेपालका दलाल पुँजीवादी हुन् ।ज ब बाबुरामको सम्पूर्ण जीवन भारतको दलालीमा बितेको छ भने नेपाल भारतको चङ्गुलबाट नहटेसम्म बाबुरामलाई कहिल्यै कमजोर देख्ने गल्ति गर्नु हुन्न ।









