नेपालमा संसदीय ब्यवस्था सुरू भएको सत्तरी बर्ष भयो । नेताकै नालाएकीले गर्दा तीस बर्ष राजाले पञ्चायतको नाममा प्रत्यक्ष शासन गर्न पाए । अहिले जुन संविधान सभाद्वारा स्थापित लोक तान्त्रिक गणतन्त्र छ यो कुनै नयाँ ब्यवस्था होइन । यदि नेपालमा जननेता भएको भए यस्तो लोकतान्त्रिक संसदीय गणतन्त्र २००७ सालमै हुने थियो । स्वएम् राजा त्रिभुनले २००७ सात सालमा अब नेपालको शासन ब्यवस्था संविधान सभाद्वारा जनताले बनाएको संविधान अनुसार गणतन्त्रात्मक संसदीय ब्यवस्था हुनेछ भनेर घोषणा गरेका थिए । तत्कालिन समयमा राजतन्त्र राजालाई भन्दा नालाएक नेताहरूलाई चाहियो ।
सम्पूर्ण राजकीय शक्ति राजामा रहेको संसदीय ब्यवस्था एक दशक पनि टिक्न सकेन । दुई तीहाइको काङ्ग्रेसको सरकार र संसदीय ब्यवस्था नै चुट्किको भरमा राजाले बिगठन गरि दिए । त्यस पछिको नेपालको राजनीति तीन धारमा चल्यो । राजाको निर्बिकल्प निर्दलीय पञ्चायती ब्यवस्था, काङ्ग्रेसको बिगठित संसदको पुनस्थापना र क्रान्तिकारी कम्युनिष्टहरूको नौलो जनवादी गणतन्त्र । यति बेला सम्म कम्युनिष्ट प्रति जनताको साधारण जनमत मात्र थियो । दस बर्षको संसदीय ब्यवस्था र राजाको निर्दलीय ब्यवस्था देखि वाक्क भएका जनताको झुकाव कम्युनिष्ट पार्टी प्रति भयो । यदि कम्युनिष्ट पार्टी तीन धारमा बिभक्त नभएर क्रान्तिमा अगि बढेको भए जनगणतन्त्र उहिल्यै सम्भव थियो । कम्युनिष्टको एक भाग राजाको पञ्चायतलाई समर्थन गर्न पुग्यो, एक भाग काग्रेसको संसदको पुन स्थापनमा लाग्यो एक भागले क्रान्तिको बाटो समत्यो ।
राजा र काग्रेसको लडाईं आपसि थियो राजाले सबै काङ्ग्रेसलाई पञ्चायतमा ल्याउन चाहन्थे । काङ्ग्रेसले राजा सहितको संसदीय ब्यवस्था चाहन्थ्यो । , गणतन्त्रवादी कम्युनिष्ट नै दुबैको प्रधान दुश्मन भयो । सबभन्दा पहिला कम्युनिष्टहरूको हत्या को सुरूवात मित्रमणीकोहत्या गरेर काङ्ग्रेसी गुण्डाहरूले सुरू गरेका थिए । । काङ्ग्रेस जनतामा विश्वास गर्दैन थियो । भारतको साहायताले राजा माथि दवाव पारी आफ्नो गुमेको सरकार पुन स्थपना मात्र गर्न चाहन्थ्यो ।२०१८, २०२७, २०४५ सालमा काग्रेसलाई सहयोग गर्न भारतले नेपाल माथि नाकाबन्धि समेत गरेको थियो । २०४६ साल सम्म आइपुग्दा सत्ता राजाको हातमा काङ्ग्रेस बिस्तारवादी भारतको सहयोगमा आफ्नो गुमेको सरकार पुनस् स्थापनाको एक मिशनमा र जनमत कम्युनिष्टको समर्थनमा बन्न पुग्यो ।
कम्युनिष्ट नभएसम्म न राजाले आफ्नो सरकार चलाउन सक्थे न काङ्ग्रेसको संसदको पुनर्स्थापनाको नारा नै सार्थक हुन्थ्यो । कम्युनिष्टहरूमा पनि धेरै संशोधनवादमा पतन भएका थिए । तिनीहरूको गन्तब्य स्वोत बहुदलीय संसदीय ब्यवस्था हुने नै भयो । क्रान्तिकारी पक्षले पनि निरङ्कुश पञ्चायती ब्यवस्था भन्दा बहुदलीय संसदीय ब्यवस्था एक कदम अघि हो भन्दै सम्युक्त सङ्घर्षमा लाग्दा राजा झुके । संसदीय ब्यवस्थाको पुन स्स्थापना भयो । तीस बर्षमा सयौको बलिदानीबाट देश अग्र गमनमा होइन पश्चागमनमा २०१७ सालमा फर्क्यो ।
जनमत कम्युनिष्ट प्रति थियो तर कम्युनिष्टहरू एक ठाँऊमा भएर जान सकेनन् । बहुमतमा काङ्धग्रेस नै आयो । काग्रेसले चिनियाँ काजी देखि भिमदत्त पन्त मित्रमणी आदि कम्युनिष्टहरूको हत्या गर्दै आएको थियो । तिनै कम्युनिष्टको सहयोगले पुन सरकारमा पनि गयो । सरकारमा गए पछि यसले नवउदारवादलाई अंगालो । यसको विरोधमा संसदीय ब्यवस्थले दिएको अधिकार अनुसार सामन्य बिरोध जुलुस गर्दा गोली चलाएर सम्झनाहरूको हत्या नै गरो । यश पछि कम्युनिष्टहरूको बीचमा कित्ताकाट भयो । संशोधनवादी ब्यक्तिवादी ढुलमुलवादी मध्यपन्थीहरू यसै संसदीय आहालमा रहे ।
क्रान्तिकारीहरूले नयाँ जनवादको लागि जनयुध्द सुरू गरे । यो जनयुध्दले नेपालमा नयाँ स्थितिको सिर्जना गरो । करिव दस बर्ष सम्म संसदीय प्रक्रिया नै अवरूध्द भयो । संशोधनवादी कम्युनिष्ट र काग्रेसको सम्युक्त शक्तिले दशौ हजार कम्युनिष्ट क्रान्तिकारीहरूको हत्या गरे । कम्युनिष्ट क्रान्तिकारीहरूले जनसत्ता निर्माण गरे । देशमा द्वाय सत्ता सुरू भएको थियो र पुरानो सत्ता कमजोर हुँदै जाने र नयाँ सत्ता बलियो हुँदै जाँदै थियो । पुरानो सत्ताको मूख्य मिवो राजदरवार मै नरसंहार भयो । प्राबिधिक रूपमा राजा बन्न ज्ञानेन्द्र आए । यिनी पूर्ण ब्यपारी थिए । राज्य सत्तालाई आफ्नो निजी कम्पनिका रूपमा चलाउन चाहे । काङ्ग्रेस लगायल संशोधनवादी कम्युनिष्टहरूको सत्ता साझेदारी खतम भयो । काङ्ग्रेस र संशोधनवादीहरूले क्रान्तिकारी माओवादीसंग हात मिलाउन चाहे । माओवादीले पनि २००७ सात सालमा राजा त्रिभूवनले अघि ल्याएको संविधान सभाको चुनावको नारालाई राष्ट्रिय सम्मेलनद्वारा पास गर्दै एक्काइसौ शताब्दीको जनवाद को नारा ल्याएको थियो ।
माओवादीको नेतृत्वमा अब यसै सत्तामा को उच्च पदमा पुग्न सकिन्छ भन्ने कुभावना आयो । सत्तरी वर्ष पछि फेरि संविधान सभाको चुनावका लागि २०६२र०६३मा सम्युक्त जनआन्दोलन भयो । यश आन्दोलनको उपलब्दी राजा ज्ञानेन्द्रले अपहरण गरेको संसदको पुनस्थापना भयो । काङ्ग्रेस र संशोधनवादी कम्युनिष्टहरू यो भन्दा अघि जान चाहदैनथे । माओवादीकै राप तापले गर्दा संविधान सभाको चुनाव भयो । संविधान सभामा माओवादी प्रथम भएर आयो । राजा ज्ञानेन्द्र कुशल ब्यपारी थिए । आफ्नो ब्यपारमा कुनै बाधा अड्चन नपार्ने सर्तमा सजिलै राजगद्दी त्यागी दिए । यसरी गणतन्त आयो ।
अहिलेको लोक तान्त्रिक गणतन्त्रमा पनि पहिलाको संसदीय ब्यवस्थाको नवउदारवादी अर्थनीति आवधिक चिर्वाचन,बहुमतको सरकार अल्पमतको प्रतिपक्ष लोककल्यणकारी राज्य आदि सबै पुरानो संसदीय ब्यवस्थाका मूल्य मान्यतामा कही फुलिस्टभ सम्म परिवर्तन भएको छैन । राजाका स्थानमा राष्ट्रपति छन् सस्कारमा केही फरक छैन । काङ्ग्रेस आफ्नो इच्छा बिपरित गणतन्त्रमा जान बाध्य भयो । राजतन्त्रको अन्तका साथ यसको सूर्य पनि अस्त भयो ।राजा, गद्दारसंशोधनवादी कम्युनिष्ट काङ्ग्रेसको सम्पूर्ण जनघाति कामको स्वमित्व हाल माओवादी र एमाले मिलि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले लिएको छ । अहिले यसैको सरकार छ । यसले बिगतमा राजा र संसदीय पार्टीले गर्ने सबै कुकृत्वलाई नै अघि बढाई रहेको छ ।
कम्युनिष्ट पार्टी तीन धारमा बिभक्त नभएर क्रान्तिमा अगि बढेको भए जनगणतन्त्र उहिल्यै सम्भव थियो ।
अहिले पनि पञ्चायत कालमा जस्तै क्रान्तिकारी पार्टी माथि प्रतिबन्ध यथावत छ । आस्थाको आधारमा हत्या गर्ने प्रक्रिया उस्तै छ । आस्थाको आधारमा अहिले पनि सयौ राजबन्धि जेलमा छन् । यही नै हो राजनीतिक यथार्थता । सत्तरी बर्षको बिभिन्न कालमा अहिलेको जस्तो नालाएक नेतृत्व सरकार वा पार्टीमा कहिल्यै थिएन । सत्तरी वर्ष अघि नेपालमा विश्वबिध्यालय नै थिएनन् । तै पनि सरकार र पार्टीको नेतृत्वमा सधै शिक्षित ब्यक्तिहरू थिए । पहिलो दस बर्षे सरकारको नेतृत्व गर्नेहरू मातृका, टङ्कप्रसाद, डा.के.आइ.सिंह, शुवर्णशमशेर बी.पी. कोइराला सबै शिक्षित ब्यक्तिहरू थिए ।
राजाको तीस बर्षे पञ्चायत कालमा सरकारको नेतृत्व गर्नेहरू तुलसी गिरी, सूर्यबहादुर, कृतिनिधि बिष्ट, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द मरिचमान आदि सबै पढेकै ब्यक्तिहरू थिए ।बहुदलको पुन स्थापना भए पछि पनि जिरिजा वाहेक कृष्णप्रसाद,मनमोहन सूर्यबहादुर लोकेन्द्रबहादुर चन्द शेरबहादुर सबै पढलेखा नै थिए । लोकतान्त्रिक गणतन्त लागू भए पछि प्रचण्ड झलनाथ, माधव नेपाल,बाबुराम, खिलराज रेग्मी सुशील कोइराला आदि सबै उच्च शिक्षा लिएका ब्यक्तिहरू थिए । अन्य मन्त्रीहरू पनि सबै कालमा प्राय शिक्षित र आ आफ्नो कामका बिशेषज्ञ नै थिए ।त्यस्तै कम्युनिष्ट पार्टीको मूख्य नेतृत्वमा प्राय सबै शिक्षित ब्यक्ति भएको पाइन्छ ।
सम्युक्त कालमा पुष्पलाल,मनमोहन , केशरजङ्ग र त्यसपछि तुलशीलाल यी सबै शिक्षित थिए । झापाली समुहका सी.पी. मैनाली.मदन भण्डारी माधव नेपाल झलनाथ खनाल र केन्द्रीयन्युक्लियर्स देखि मोहनबिक्रम, निर्मल लामा, चित्रबहादुर के सी मोहन बैध्य प्रचण्ड सबै शिक्षित ब्यक्तिहरूले पार्टीको नेतृत्व गरेका थिए ।अहिले सत्तरी बर्ष पछि बिश्वाबिध्यालय नै पाँच छ भै सकेका छन् । यश समयमा पनि अशिक्षित ब्यक्तिहरूले सरकार र पार्टीको नेतृत्व गरेर देशमा शुसाशन समृध्दी र समाजवाद ल्याउने भन्नू यो भन्दा भद्दा मजाक के होला ?
महाकाली सन्धि गर्न सिफारिस गर्ने ओली अहिले प्रधानमन्त्री छन् । महाकाली नदी कुन हो थाहै नपाएर सन्धि गर्न सिफारिस गर्ने ओलीले कस्तो कदम चाल्लान् ।
नीति नै खराव भएकाले कुनैले पनि जनताको पक्षमा काम गर्न नसकेको साँचो हो तै पनि कम्युनिष्ट प्रधान मन्त्रीले अहिलेको जस्तो निर्लज्ज काम गरेका थिएनन् । ओलीको उदय महाकाली राष्टघाति सन्धिबाट भएको हो । नेपाल कै इतिहाँसमा अहिलेको जस्तो शक्तिशाली सरकार कहिल्यै बनेको थिएन । प्रचण्डको प्रतिक्रियावादी बाटोमा पतन हुदा यस्ता ब्यक्ति सरकार र पार्टीको नेतृत्वमा पुगे । यिनी स्वएम् सर्व ज्ञाता हुन् । पढेलेखेका ब्यक्तिप्रति यिनलाई बितृष्णा छ । मन्त्रीहरू र सल्लाहाकारहरू सकेसम्म आफ्नो शैक्षिक योग्यता भन्दा माथिको राख्दैनन् ।
कुरा शुसान समृध्दिको गर्दछन् । काम ठिक उल्टो गर्दछन् ।यिनको यो दुई बर्षे शासनमा वाईबोडी जाहाज काण्ड, गोरे सुनकाण्ड, प्रधानमन्त्री निवास जग्गा काण्ड, सेकुरेटी प्रिन्टिङ्ग प्रेश काण्ड गोकर्ण जग्गाकाण्ड देखि ओम्नि काण्ड समेत भए । तर कुनै काण्डको टुङ्गो लगाउन सकेका छैनन् । हत्याहींसा बढेका छन् । निर्मला हत्याकाण्ड, रूकुम हत्या काण्ड यी डरलाग्दा हत्याकाण्डहरू हुन् ।निर्मला हत्याकाण्डको अपराधि नै फेला पारेको छैन । दिन दाहाडै छेकाहालेर जङ्गलि जनावरलाई जस्तोकुटी कुटी मारेको घटनालाई संसदमा भबितब्य भनिदै छ ।
राष्ट्रियताको सवाल उस्तै छ । महाकाली सन्धि गर्न सिफारिस गर्ने ओली अहिले प्रधानमन्त्री छन् । महाकाली नदी कुन हो थाहै नपाएर सन्धि गर्न सिफारिस गर्ने ओलीले कस्तो कदम चाल्लान् । लिपुलेक सहितको नेपालको नक्सा प्रदर्शन गर्दा लाठी र गिरफ्तार गर्ने यही सरकार हो । भारतले बाटो खनेर उत्घाटन गरे पछि जनदवाब छेक्न हो वा साँच्चै हो हाल आफैले नक्सा पास गरेको छ । गुमेको जग्गा प्राप्त गर्ने तीन उपाए हुन् । एक कुटनीतिक रूपमा वार्ताद्वारा, दुई सैन्य कारवाही द्वारा तेस्त्रो अन्तर्राष्ट्रिय अदालतमा मुद्दा गरेर । बार्ताद्वारा भारतले जग्गा फिर्ता देला जस्तो छैन । किनकी उ बार्तामा बस्नै चाहेको देखिदैन । सैन्य कारबाही यो सम्भव छैन। अन्तर्राष्ट्रिय अदालतमा जान सरकार तयार छैन । अर्कोतर्फ अमेरिकि सहयोग एम सि सी पास गर्न सरकार दिलोज्यानले लागेको छ । यसको परिणाम बारे छलफल सम्म गर्न सरकार तयार छैन ।
लकडाउन बढाउँदै जाँदा दैनिक ज्याला मजदुरी गरी खाने मानिसहरूको स्थिति भयाबह छ । उनीहरू रोगले भन्दा नी भोकले मोर्न थालेका छन्
सरकारको बजेट पेस गर्ने अर्थमन्त्री बिगतका राजनीतिज्ञ होइन कर्मचारी भएर काम गरेका ब्यक्ति हुन् । उनलाई सर्वसाधारण जनताका समस्याहरू त्येति थाहा छैन । उनलाई दलाल वनउदारवादीअर्थतन्त्रका ठेलीहरू थाहा छ । उनको दिमाग पूरा निजी पुँजीवादले भरिएको छ ।त्येसैले गर्दा सार्वजनिक शिक्षालाई निजीको छाताभित्र राख्ने प्रस्ताव बजेटमै राख्दछन् । साहेद स्वास्थ्यलाई पनि निजीको छाताभित्र राख्न चाहन्थे होला अहिलेलाई यो बिर्सेछन् ।
ओलीको टिम सर्वज्ञाताको टिम हो । पढेलेखेका बिशेषज्ञहरूसंग सरसल्लाह गर्न यिनले लाज मान्दछन् । अल्पज्ञानका कारण जे जती निर्णय गर्दछन् सबै बिवादमा पर्दछन् र फिर्ता लिन्छन् । गुठी सम्बन्धि निर्णय र दल दर्ता सम्बन्धि आध्यादेश यसका उदारण हुन् ।
अहिले सब भन्दा ठूलो समस्याको रूपमा कोरोना आएको छ । पहिला सरकार लकडाउन लागु गरेर आरामले बस्यो । दुई महिनासम्म सात आठ जनामा देखा परेको यो रोग अहिले दिन मै तीन चार सयमा देखा परेको छ ।हाल क्वाराइन्टिङ्गमा लाखौ मानिसहरू छन् । ती सबैको जेकजाँच गर्दा हजारौ हुन सक्छन् । चेकजाँचको गति कछुवा गतिमा छ । धेरैको पोजेटिभ रिपोर्ट मृत्यु पछि प्रमाणित हुन्छ । आइसोलेशनमा भएकाहरूको राम्रो औषधि हुन सकेको छैन । क्वाराइनटिङ्गमा रहेकाहरूको बसोवास जनावरको भन्दा पनि तल्लो छ । लकडाउन बढाउँदै जाँदा दैनिक ज्याला मजदुरी गरी खाने मानिसहरूको स्थिति भयाबह छ । उनीहरू रोगले भन्दा नी भोकले मोर्न थालेका छन् । कतिले बालबच्चासहित आत्महत्या गरेका समाचार आउन थालेका छन् ।
सरकार निरोले जस्तै समृध्दिको बाँसुरी बजाइ रहेको छ । भारतबाट आउनेलाई पहिला नै ब्यवस्थित रूपमा आउन दिएको भए यस्तो बिकराल हुने थिएन । भारतका बिभिन्न स्थानबाट नेपालका सिमानामा आएका नेपालीहरू नेपाल प्रबेश गर्न पाएनन् ।अब्यवस्थित रूपमा बस्दा धेरै सक्रमित भए । भारतले लखेटे पछि बल्ल प्रबेश पाउँदा धेरै सङ्क्रमणीत छन् ।क्वाराइनटीन् मै परीक्षण बिनै भका भक मोर्दै छन् । स्थिति रोक भोक शोक भ्रष्टाचार आदिले आक्रान्त छ । किसानहरूको मर्का अझ जटिल हुँदै छ । भारतबाट तरकारी आइरहेको छ । देश भित्रको तरकारी एक ठाँऊबाट अर्को ठाँऊमा लगेमा अपराध ठहराइन्छ । ट्रक को ट्रक तरकारी जनप्रतिनिधिहरूले गाड्न लगाऊछन् । ब्यपार निर्माण एक किसिमले प्रशासनिक कामहरू पनि सेनाको जिम्मा दिदै गएको छ । सरकार अहिले भिडको निर्णयमा चल्न थालेको छ । भोकै घर जान हिडेका मजदुरहरूलाई लकडाउन उलङ्गन गर्ने अपराधि करार गर्ने सरकारले उद्दोग ब्यवसाहीहरूले सस्थागतरूपमा आफै निर्णय गरेर लकडाउन तोड्दा उनैको समर्थन गर्न पुग्छ । यो भन्दा नालाएकी के हुन्छ ? ।
केही छोटो वा लामो समयलाई प्रतिक्रान्तिले अवरूद्ध गर्न सक्छ । यो कार्यभार आगामी पुस्तालाई जोगाएर राख्ने नालाएकी क्रान्तिकारीले गर्नु हुन्न ।
सत्ताधारीको पार्टी नै सस्थागत छैन । ओलीलाई कारबाही गरि पार्टी सरकारको नेतृत्व लिएर देशलाई जोगाउने हैसियत नै पार्टीले राख्दैन । पार्टी भित्र गुटै गुट छन् । एक किसिमले यो पार्टी प्याज जस्तो पत्रै पत्रले बनेको छ । अब अराजकताको स्थीति आऊदै छ । जनताका लागि दस अरब होइन अरबौ पनि खर्च हुन सक्छ । सबाल खर्चको होइन पारदर्सिताको हो ।जनताले राहत केही नपाउने खर्चको हिसाव ठूलै देखिने गर्दा जनता आक्रोषितछन् । अब चाडै बिद्रोह हुदैछ । यसलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले थाम्न सक्दैन । भिडले सत्ता चल्दैन । देश फेरि पछि पनि फर्कैदैन एक असफल ब्यवस्थाका ठाँऊमा अर्को असफल ब्यवस्था आउदैन फेरि राजा वा काङ्ग्रेसको हातमा सत्ता जान सक्दैन । अब कि त सत्ता सेनाको हातमा जान्छ ।
ओलीले बरू सत्ता सेनालाई सुम्पन सक्दछन् आफ्नै पार्टीमा पनि अरू कनैलाई हस्तान्तरण गर्ने छैनन् ।सत्ता सेनाको हातमा गइसके पछि स्थिति सहज हुदैन । डबल नेकपा भित्रका युवा क्रान्तिकारीहरूले जति ठूलो भए पनि त्योमृत लासबाट अब काम हुदैन भन्न बुझ्नु पर्छ । मृत लासको माया गरेर हुदैन । यसलाई छाडेर निक्लनु पर्छ । लासको वरिपरि रोइलो गाउनुको कुनै अर्थ छैन । सरकार भन्दा बाहिर भएका आफुलाई क्रान्तिकारी भन्नेहरूले पनि बिज्ञाप्ति कहिले काँही जुलुस गरेर क्रान्तिको कर्म काण्ड गरेर बस्ने समय यो होइन । यदि पहल लिएर क्रान्तिमा अघि नबड्ने हो भने त्येही कर्मकाण्ड देखाएर क्रान्तिकारी देखिने अवसर पनि गुम्नेछ ।
स्थिति पछि फर्कदैन बिज्ञानको नियम अनुसार अघि बढिरहन्छ । केही छोटो वा लामो समयलाई प्रतिक्रान्तिले अवरूध्द गर्न सक्छ । यो कार्यभार आगामी पुस्तालाई जोगाएर राख्ने नालाएकी क्रान्तिकारीले गर्नु हुन्न । क्रान्तिकारीहरू जो जाँहाँ भए पनि एकै ठाँऊमा जुट्ने समय आयो । एकै ठाँऊमा जुटौ सत्ता जनताको हातमा ल्याउन बलिदानी गर्नका लागि तयार हौ ।यही नै अहिलेको समयको माग हो ।









