आज कोरोना भइरस पृथ्वीभरिका मानिसहरुको लागि चिन्ताको विषय भएको छ । यसले मानिसले सिर्जना गरेका धेरै पक्षहरुमा प्रत्यक्ष र परोक्ष असर पुयाईरहेको छ । संसारमा फाइदै पाइदा र बेफाइदै बेफाइदा कुनै चीजमा हुदैन । सबैको सापेक्ष रुपमा लेखाजोखा गर्नु पर्दछ । तुलनात्मक रुपमा यस माहामारिका नकारात्मक पक्षहरु नै वढी देखिन्छ । संसारमा विभिन्न काल खण्डमा फैलिएको माहामारी र मानव मानववीचको स्वार्थ अन्याय अत्याचारबाट वा आकस्मिक रुपमा सानो पक्षबाट सुरु भएको युद्धबाट धेरै कुराहरुमा सकारात्मक परिवर्तन भएको ईतिहास पनि छ । ूमानवू मानव भएको उसको बुद्धि र मनले गर्दा नै हो । जुन मानवमा खप्न सक्ने शक्ति हुन्छ त्यो नै मानव हुन्छ ।
मुर्ति कुदिएको ढुङ्गा र मंदिरको बलेसीमा छपाएको ढुङ्गाको उत्पति एउटै ढुङ्गाबाट भएको हुन सक्छ । मुर्ति कुददा फुटेको ढुङ्गा पलेसीमा जुत्ता राख्न बिछ्याइएको हुन सक्छ । मुर्तिले घनको चोट खप्न सक्यो तर उसले सकेन । हाम्रो समाजको मानसिकतामा कोरोना र बन्दाबन्दिलाई कर्मकाण्डिय रुपमा ग्रहण गरेको अबस्था पनि छ । एकजना वृद्ध तथा मानसिक रुपमा कमजोर पारिएकी महिलाले पकाउदा भान्छा छोडन हुदैन भनि धर्म थाम्ने क्रममा टपरीमा दिशा गरि ढाकेर राखेको बाल्यकालमा चर्चामा आएको एउटा घटनाको स्मरण पनि कोरोनाले गराएको छ । कोरोनाको देह र छाया यस लेखमा संसगै लैजाने जमर्को गरिएको छ ।
मुर्ति कुददा फुटेको ढुङ्गा पलेसीमा जुत्ता राख्न बिछ्याइएको हुन सक्छ । मुर्तिले घनको चोट खप्न सक्यो तर उसले सकेन ।
एकातिर भारतबाट आएका एक जना व्याक्तिलाई एकान्त बासको व्यवस्थापनका लागि गरिएको तामझाम लाखौ खर्च र सयौं मानिसको जमघट देखिन्छ भने अर्कोतिर सीमनामा भोकै पसारिएका व्याक्तिहरु नि देखिन्छन् । व्याक्तिलाई आफ्नै घरमा एकान्तवास गराउन सकेमा नै राम्रो देखिन्छ । विश्वासको कमी एकमात्र तगारो बनेको पाइन्छ । यसले केही वर्ष पहिले तराईको एक ठाउँमा एस एल सि परीक्षा चलिरहेको समयमा केन्द्रको वरिपरि भेला भएका मानिसहरुको हुलको तस्बिर समेतको एउटा पत्रिकामा प्रकासित लेखलाई सम्झाएको छ । आफ्नो मानिसलाई चोराउन र चोराउनेलाई हौसाला दिन आफन्तहरु निराक्षर भए पनि उपस्थित हुनु पर्ने बाध्यता रहेछ । जसरी एउटा मानिस मर्दा भेटि लिएर क्रियापुत्रीलाई भेटन को को आए भनेर लेखाजोखा भए जस्तै परीक्षार्थीको मामा काका मीत बा मात्र होइन वावुका असामीहरु समेत जानु पर्ने रहेछ ।
अहिले शहर बजारमा कोहि केही नजिकको आफ्नो मानिस बिरामी पयो भने अस्पतालमा दिउँसो आधा किलो स्याउ पलाष्टिकमा झुण्डाएर भेटन जानेको भीड हुन्छ । केही वर्ष पहिले एक जना महिलाको ठूलै अप्रेसन भएको थियो । उनको तेह्र वर्षको एउटा छोरा मात्र अस्पतालमा साथ थियो । दिनभर धेरै मानिस आए गए । जब साझ पर्दै गयो त्यो बालकको अनुहारको रंग उडदै गयो । रातभर डक्टरले भने अनुसारका अौषधि र सामाग्री ओसार्दै मैले रात काटेको थिए । अर्को दिनदेखि के भयो थाहा भएन । गाउँघरमा पनि मलामी जादा सबैले एउटा एउटा दरबिलै काठ बोकेका हुन्छन् । दश वटा लासलाई खरानी बनाउन सक्ने दाउरा जम्मा हुन्छ । तर लासलाई घाटमा पु(याइ फर्कि हाल्ने गर्दा कुनै बेला लास जलाउने क्रियापुत्रि मात्र पनि हुने गरेको पाइन्छ ।
आजको बन्दाबन्दिमा भलाद्मि भनिनेहरु बिसौ जना जम्मा भएर जुवा तास खेल्दै कडा रक्सी खादै घरानीयाको बिडो थामिरहेका पनि छन् । यस रक्सीमा त सत्तरी प्रतिशत भन्दा वढी अल्कोहल छ, ूत्यो कोरोना यो कोरोनाको बाउू भन्दै रमाउनेहरु पनि कम छैनन् । राज्यका ठालुहरुले पनि यहि मौका छोपि बिलासीता प्रर्दशन गरिराखेको प्रतीत हुन्छ ।
कोहिले कोरोनाबाट वच्न पुलको लठ्ठा काटनेदेखि कसैले तरकारीका बोराका बोरा खाडलमा पुर्ने जोस पनि देखाईरहेका छन् ।
राजा रणबहादुरले आफ्नो छोरालाई बिफरबाट जोगाउन एकचोटी बिफर नभएका जति सबैलाई काठमाडौ उपत्यकाबाट लखेटेका थिए । वालबच्चा र पोकापन्तरा बोकि भोकभोकैको यात्रामा बीच बाटोमा आफ्ना सन्तान मर्दा लास समेत गाडन गाउँलेले नदिदा मरेको लास बोकि भोकै रुदै हिड्दा कस्तो भए होला १ आज भरतबाट फर्केका नेपालीहरुको अलपत्र अवस्था र दैनिक गरि खानेहरुको अवस्थाको मर्मको अनुमानले समेत पोल्ने गर्दछ, भोग्नेलाई के होला ?
कोहिले कोरोनाबाट वच्न पुलको लठ्ठा काटनेदेखि कसैले तरकारीका बोराका बोरा खाडलमा पुर्ने जोस पनि देखाईरहेका छन् । कृषि कार्य गर्नेलाई सरकारले छुट दिएको छ भन्दै हुद्दा लागेर नजिकै टाँसिएर एकातिर काम गरिरहेको पाइन्छ भने अर्कोतिर आफ्नै खोरियामा एक्लै दाउरा चिर्दा पनि दुई दुईवटा माक्स लगाएको पनि पाईन्छ । विभिन्न शहरबाट गाउँ फर्केकाहरुलाई एकान्त बाँस बस्न आग्रहको लागि हुल बाँधेर जानेहरुलाई उल्टै यसरी हुलमा हिडनु हुदैन, मास्क लगाउनु पर्दछ, एउटै चुरोट दुई वा धेरै जनाले खानु हुदैन भनि सम्झाएर पठाएको अबस्था पनि छ ।
कोरोनाको कर्मकाण्डिय अध्यय केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न उपकथाहरुमा बिभाजन भएकालाई एकै ठाँउमा जोडने हो भने त्यो शिव पुराण बन्न पुग्दछ । यो लेख कोरोनाको माहा पुराण न भै पुटिल पाठ भएकाले यसै अनुसारका तोत्र याहाँ समेटिएको छ । कोरोनाबारे अहिले स्थानीय एफ।एम। हरुमा स साना संस्थाहरुले समेत सचेतना फैलाउने होड चलेको पाइन्छ । संदेशको भाषा शैली बिसंगतिपूर्ण मात्र देखिएको छैन बरु आफ्नै विज्ञापनमा लागेको जस्तो लाग्छ ।
सार्वजनिक ठाउँमा रक्सी नखानु, जुवा तास नखेल्नु, शिकार न गर्नु, काठ तस्कर न गर्नु जस्ता बिज्ञापनको विषयवस्तु रहने गरेका छन जुनसुकै समयमा गर्न नहुने गैर कानुनी कुरा राख्न आवश्यक थिएन । सुरक्षाकर्मीहरुले कसैलाई अौषधि किन्न जानेलाई समेत तीन घण्टा घाममा उभाएर दुई मिटर लामो लौराले हानि लौरो धुने गरेको पनि सुनिएको छ । अर्कोतिर हुल बाँधेर गफ गर्दै हिडनेलाई पनि जनप्रतिनिधि हुन भनि ससम्मान सलोट मार्ने हाम्रो संस्कृति र संष्कारको जगेर्ना पनि भै राखेको छ । अहिले कति जनाले कोरोनाको कहर यसरी सहनु भन्दा बरु एकचोटि कोरोना भएर उम्कान पाए हुन्थ्यो भन्ने पनि छ । एकचोटि कोरोना भएका लागि समाजले गर्ने दीर्घकालिन अछुतको व्यवहारको कल्पनालाई नीको भएकाहरुको अनुभवले बढवा गर्ने संकेत दिरहेको छ । कसैले आफ्नो घर आउने मानिसको लागि छुट्टै बस्ने कुर्सीको व्यवस्था गरि चतुर र सभ्य भएकोमा गर्भ गरिरहेका पनि छन् ।
यस्तो कुर्सीमा दिनमा बिसौ जना बस्ने र जाने गर्दा भाइसरको जोखिम बारे बस्ने र बसाउनेले सोच्नु पर्ने हो । यस असहज अवस्थामा कति जनाको जागिर गएको र कतिको रोजगारी जान लागेकोमा पिरोलिरहेका छन् भने कति जना कामै नगरि तलब खान पाइएकोमा भाग्यमानी ठानिरहेका छन् । बन्दाबन्दिमा आत्महत्या गर्नेलाई घट्टमा गौ पिध्दा घुन पनि पिधिनेसंग तुलना गरिएको पनि पाइन्छ ।
आज विज्ञानको चरम विकास भएको अवस्थामा पनि आबिष्कारलाई नजर अन्दाज गरि रुढीबाद अगाल्ने एकथरी अतिवाद र आफ्नो धर्म संस्कृति र परंपरा लाई निरपेक्ष रुपमा रुढीबाद मान्ने आर्का थरि अतिवाद दुबैलाई कोरोना माहामारीले एकचोटि सोच्ने बनाएको छ । हाम्रो संस्कृति परंपरामा रहेको बैज्ञानिकता पुष्टि गर्न दुबै अतिवादका बोक्रा छोडाउन आवस्यक देखिन्छ । हाम्रो दर्शनले हजारौं वर्ष पहिले नै नौ ग्रहहरुको धरातलको रंग पत्ता लगाइ सकेको थियो । त्यसैले नौ ग्रहपूजामा ग्रहलाई चडाउने बस्त्रको रंग फरक फरक हुने गर्दछ । यहि कुरा नासाले पत्ता लगाएको केही वर्ष मात्र भएको छ । शुष्म चिजको शक्ति कति वढी हुन्छ भन्ने कुरा सबैले बुझ्दै गएका छन् ।
रोनालाई काचो बाईसंग पनि तुलना गरिएको छ । घर मालिकको मात्र आँखाले हेर्दा घरको मुल गेटको चापि खुल्ने, टेलिभिजन खुलने, धारा खुल्ने, बत्ती बल्ने हुन्छ भने कुदृष्टिले कसैको खानामा हेर्दा नकारात्मक उर्जाले खाना बिषालु किन बन्दैन ? यसैलाई “चोखे लाग्गे” पदावलीको भाषा नमिलेको मात्र हुन सक्छ । हाम्रा खानपिन संस्कृति परंपरा मूल्य मान्यता शिष्टता जस्ता पक्षमा रहेको वैज्ञानिकताहरुको ज्ञानलाई विज्ञान बनाउन र विज्ञानमा ज्ञान मिसाउन ढीला गर्नु हुन्न । कोरोनाको दस कर्म पु-याउने पण्डितहरु र हातमा फूल लिएर बस्ने कर्ताहरुले यी दुई कथाको सारबाट साम्य बिन्दुमा पुग्नु पर्ने देखिन्छ ।
कुवाको भ्यागुतो बाहिर चरिरहेको गोरु जत्रो हुन भुडि फुलाउदा मरेको थियो । यो मको घमण्ड हो । अर्को एउटा लामा लामा जुँगा भएको भरिया भारी बिसाएर चौपारीमा सुतिरहेको अवस्थामा एउटा चोरले उसका जुँगा थाहा नपाउने गरि काट्यो ।त्यसपछि चोरले बिसाएको भारी बोकि बाटो ततायो । भरिया उठेपछि जुँगा बटार्न खोज्दा जुँगा नपाउदा र बिसाएको भारी पनि नदेख्दा ” के म होइन कि क्या हो ?” भनि झुक्किएका थिए । यो आफ्नो शक्ति नचिन्नु हो । कोरोनाको जन्म कर्म जात कर्म र अब विवाह कर्म समेत भै सकेको छ । नयाँ पण्डित (सम्बन्धित विषयका जानकार)हरु समेत थपि तथा पुजाको विधि समेत फेरि अन्तिम कर्म (मृत्यु कर्म ) गर्न ढीला त भएन ?









