नाटकमा होइन, वास्तविकतातर्फ लगौं

विदेशमा रहेका नेपालीलाई नेपाल फिर्ता ल्याउन पर्छ भन्ने आवाज बाहिर खुबै चल्यो । संघीय संसदमा पनि संसदहरूले निकै राम्रोसंग यस कुरालाई उठाए । बुध्दिजीवी मानव अधिकारीवादी, समाजसेवी, लेखक, पत्रकार सबैले आआफ्नो सिध्दान्त अनुसार बौध्दिक क्षमता पनि प्रदर्शन गर्ने मौका चुकाएनन् । साच्चै सबै सम्बेदशील छन् भन्ने देखियो । प्रधान मन्त्रीले एक त बिदेशबाट साठी सत्तरी लाखलाई ल्याउन आर्थिक हिसावले पनि सम्भव छैन, अर्कोतर्फ विदेश बस्ने सबै कोराना नै हुन् जस्तो गरी तिनीहरूलाई ल्याएमा यहाँ भएका हामीहरू सबै सोत्तर हुन्छौ । मैले सबै देशका सरकारहरूसंग फोन वार्ता गरेको छु, कहीं कोही पनि समस्यामा छैनन् यी बेकारका हल्ला गर्नु पर्दैन । यो संसारमै कहीं नभएको जनताले चुनेको सरकार हो मैले भनेपछि कोही कसैले दुस्ख पाउँदैनन् भन्ने भाषण गरे । एक किसिमले सबैले चित्त बुझाएको जस्तो देखियो ।

यसो बिचार गर्दा बर्ग विभेद भएको हाम्रो देशमा यस्तै हुन्छ । नेपालमा अहिले पुरानो खानदानी बर्गको त्यति ठूलो हैकम छैन । यिनीहरू पर्दा पछिबाट रिहल्शल गरिरहेका छन् । राष्ट्रिय पुँजीपतिहरू छन् छैनन् स्थितिमा छन् । दलाल पुँजीपतिलाई जनसरोका बारे केही चासो हुने कुरा भएन । एउटा गरी खाने बर्ग छ सर्वहारा । नेपालमा उद्ध्योग काल कारखाना एक त सिमित छन् भएका पनि दलालपुँजीपतिका कब्जामा छन् । यी दलालहरूले कामदारहरूलाई सस्थागत भर्ना गरी काम दिने गरेका छैनन् । सस्तो श्रम शुल्कमा दैनिक ज्यालादारीमा काम गराइरहेका छन् । यिनीहरूसंगै मिल्दो जुल्दो गाऊमा भएका नाम मात्रको किसानबर्ग छ । यो बर्गले कृषि मजदुरी देखि लिएर भवन निर्माण, यतायत सञ्चालन, ढल बाटो निर्माण खुद्रा ब्यपार भरीया सरसफाई सारा काम दैनिक ज्यालादारीमा गरी जिविकाचलाउदै आएको छ ।

पहिलाका धनी किसान,गुरु पुरोहित मुखिया जिम्वाल पटवारी सरकारी कर्मचारी शिक्षक प्रध्यापक वकिल आदिको जुन मध्यमबर्ग थियो हाल यसै बर्गले सरकार सेना पुलिस सरकारी कर्मचारी डाक्टर वकिल हरेक प्रशासन र अन्य सेवाका छेत्रलाई कब्जा गरेको छ । यिनीहरूको बर्ग उत्थान भएको छ । हाल यही बर्गको नै विदेशी साम्राज्यवादीहरूसंग भनौ, चाहे देशी दलालपुँजीपतिसंग भनौ बलियो साठगाँठ छ । पहिलाको मध्यम बर्ग पहिला जनताको मीत्र शक्ति थियो । यसै बर्गले राजनीतिक सामाजिक धार्मीक हरेक छेत्रमा जनताको नेतृत्व गरेको थियो । अब यो बर्ग क्रमस जनताको शत्रु बर्गमा परिणत हुदैछ । २००७ सात साल देखि अहिले सम्मको राजनीतिक नेतृत्व यसैले ग(यो । यही बर्गको नेतृत्वमा पचासौ हजार सर्वसाधारणले ज्यान दिए तर सर्वहारा बर्गबाट नेतृत्व निक्लन सकेन । राजनीतिक परिवर्तनका नाममा सरकार परिवर्तन भए, सरकारमा मानिस वरिवर्तन भए तर सत्ता सस्कारहरू परिवर्तन भएनन् । सर्वसाधारण नागरिकको जीवनमा राजनीतिक सामाजिक आर्थिक कतै पनि परिवर्तन हुन सकेन । मालिक मात्र फेरीय ।

विदेशमा सत्तरी असी लाख नेपाली छन् । विदेशमा हुनेमा पूर्व मन्त्री, संसद, उच्च प्रशासक , शिक्षक , प्रध्यापक वकिल ,डाक्टर ईन्जिनियर कलाकार आदि बिशिष्ठ ब्यक्ति देखि लिएर देशले लाखौ खर्च गरेर उच्चशिक्षा दिलाएको उच्च शैक्षिक जनशक्ति सबै बिदेशमा छ । अहिले सरकारमा रहेका वा सरकार बाहिर रहेर जनतालाई नौलो जनवाद दखाउने हुन् वा बैज्ञानिक समाजवाद देखाउने सबै कम्युनिष्ट नामधारी पार्टीका नेतृत्व गर्ने नेताहरूका छोरा छोरीहरू अपवाद बाहेक सबैका अमेरिका बेलायत अष्टेलीया आदि देशमा छन् ।यो उच्च बर्गका छोरा छोरीहरू जुन देशमा भए पनि उच्च पद मै छन् । उनीहरूले नेपालमा अब एक दुई महिना सम्म पनि बस्न सकिदैन भन्ने गर्छन् । युरोप अमेरिका अष्टेलीया जापान कोरीया आदि देशमा बैध भिषा भएकाहरू सरकारले अनिवार्य गरे पनि आउदैनन् । याहीं भएकाहरू पनि विमान चार्टर गरेर अस्ति भरखरै जापान कोरीया गए सबैलाई थाहा नै छ ।

स्याल, गिद्ध, कुकुरहरू रूपरङ्गमा फरक भए पनि संसारभरकाको स्वभाव, ब्यहोरा उस्तै हुन्छ । पुँजीपती पनि संसारभरका उस्तै हुन्छन् ।

भारतमा पनि कम्पनि वा सेनामा काम गर्ने आउने कुरा हुदैन । जो बिदेशमा सेटल भएका छन् तिनीहरूका अभिभावकहरूले अहिले आफ्ना छोरा छोरी नेपाल आए हुन्थ्यो भनेर सपनामा पनि सोचेका छैनन् । स्याल गिद्ध कुकुरहरू रूपरङ्गमा फरक भए पनि संसारभरकाको स्वभाव बानि ब्यहोरा उस्तै हुन्छ । पुँजीपति पनि संसारभर का उस्तै हुन्छन् । पुँजीपतिहरूमा मानवता भन्ने शून्य बराबर हुन्छ । अहिले मर्कामा परेका बिदेशीमा रहेका नेपाली मजदुरहरू देशभित्र पनि बिभेदमा परेका बर्गका हुन् । आफ्नो भएको सुर्काहरू साहुका जिम्मा लगाएर दलालद्वारा घुस नजरआना सरकारी कर्मचारीलाई चढाएर बैध अबैध तरिकाले अमेरिका लगायत अन्य देशका पुगेका,त्याहाँ पुगेर पनि लुकेर दैनिक ज्यलादारीकाम गर्नेहरू हुन् । यस्ता मजदुर बढी मलेसीया र खाडी मुलुकहरूमा छन् । अहिले कोरोना भाइरसले गर्दा काम बन्ध भएको छ । दैनिक ज्यलादारीमा कम्पनि भित्र लुकाई अती सस्तोमा काम लिने र सरकारी कर समेत ठग्ने पुँजीपतिहरूले यस्ता मजदुरहरूलाई सडकमा ल्यएर छाडि दिएका छन् ।

यिनीहरूको यता बासमा साहुको हैकम भएको छ, उता यिनीहरूभोकै नाङ्गै बिदेशको सडकमा परेका छन् । यो भन्दा दर्दनाक स्थिति कस्तो हुन्छ । जो भारतमा छन् सस्थागत रूपमा काम गर्नेका बारेमा परिवारलाई पनि कुनै चिन्ता छैन । मौसमी ज्यालादारी कामकालागि गएकाहरूका समस्याहरू मूख्य हुन् । बिध्यार्थी भिषामा अष्टेलीया काम गर्दै पढ्दै गर्न गएकाहरू पनि समस्यामा परेका छन् ।यसरी हेर्दा चौध पन्द्र लाख मानिसहरू अलपत्र परेका छन् । देशका लागि चौध पन्द्र लाख मानिसहरू देश भित्र ल्याउने त्यति ठूलो महाभारत अबस्यै होइन । चौध पन्द्र लाख त्यति ठूलो संख्या होइन । भूइँचालो जाँदा पन्द्र बीस लाख मान्छे काठमाण्डौबाट गाऊतर्फ गएका थिए, प्रत्येक दशैमा दस पन्द्र लाख मानिस काठमाण्डौबाट बाहिर जान्छन् ।

यिनीहरू जाँदा वा आउँदा काठमाण्डौलाई खासै केही फरक परेको देखिदैन । अहिले आउने सबै मजदुर काठमाण्डौ मै बस्ने पनि होइनन् । भारतको सिमाना सिल गर्दा कोरोना लागेका मानिसहरू पनि आफ्नै देशमा मर्छु भन्दै अबैध तरिकाले लुकि छिपि नदी समेत पौडि देश भित्र छिरेका छन् । अबैध रूपमा आएकाहरू रोगको भन्दा लुक्नमा बढी चिन्ता लिदा रोग सजिलै फैलिदै छ । सरकारको इच्छाशक्ति हुने हो भने आफ्नै नागरिकहरूलाई ल्याएर राख्न नसक्ने होइन । जो सत्ता सरकारमा छन् यश बर्गलाई त्यति समस्या छैनन् । सर्वसाधारणका समस्याहरू केही समस्यै होइनन्। उत्पीडित बर्गले आफै पहल नगरे सम्म स्थिति यस्तै रहन्छ । हरेक मान्छेलाई खान र लाउन कुराको समस्या नहोस्, एउटा मान्छेले अर्को मान्छेमाथि दमन र शोषण गर्ने अवस्था नआओस् भनेर सर्वसाधारणहरू कम्युनिष्ट बनेका थिए । यसैकालागि हजारौले वलिदानी पनि दिए । गणतन्त्र आयो, कम्युनिष्टलाई लोकतान्त्रिक गणतन्त्रमा दुई तीहाई भोट दिएर पठाए ।

अहिले जनताको मत एउटा ब्यङ्ग्य हुन पुग्यो । कमसे कम आफ्ना नागरिकलाई देश भित्र त आउन देउ । ओलीको महानबाँणीनै सबै समस्याहरूको समाधान होइन आफ्ना नागरिकहरूलाई देशभित्र ल्याउ भनेर आन्दोलन गर्न पर्ने यो भन्दा ठूदो लाज अरू के होला । तै पनि लाज नमानिकन बिदेशमा अलपत्र परेका सर्वसाधारणलाई देश भित्र ल्याउन जोडदार आवज उठाअौ । तीन महिना लक डाउन, पाँच किलो चामल राहत, पचास जनासम्म एउटै कोठामा क्वरान्टाइङ्ग, छिटो र छरितो जाँचका लागि पन्द्र हजार शुल्क सर्वसाधारणले यो भन्दा बढी ठूलो आसा सरकारबाट अरू के पाउन सक्छन् । अब कि गर कि मरको समय आइहाल्यो । सरकारले नाटक गर्दै छ, नाटक हेरेर नबसौ, अब वास्तविकता पत्ता लगाअौ र त्यतै लाग्यौ ।