लकडाउनको मोडेल फेरौं

पुरानो मोडेल

संक्रमितहरु सीमाबाट निर्बाध रुपमा आइरहे । परीक्षणको दायरा अत्यन्तै साँगुरो भयो, पास र पावरको दुरुपयोग गरेर सुरक्षित क्षेत्र असुरक्षित भए । कोरोना संक्रमण भित्रभित्रै निकै बढ्यो, क्वारेन्टाइन तथा परिक्षणको लापरबाहीले २ जनाको ज्यान गयो । लकडाउनको समयमा बस्तीभित्र भिडभाड भयो ।

नयाँ मोडेल

१. परीक्षणको दायरा तीब्र गतिमा होस्
२. सिमानामा कडाइ होस्
३. भारतसँग सिमाना भएका सबै जिल्लामा प्रति जिल्ला ५ हजारको क्षमता भएको क्वारेन्टाइन केन्द्रको स्थापना होस् ।

४. क्वारेन्टाइनमा हावा, स्वच्छ खाना, पर्याप्त पानी, पंखा, पर्याप्त शौचालय, प्राथमिक उपचारका सामान, एक जना स्वास्थ्यकर्मी, एम्बुलेन्सको ब्यबस्था, अस्पतालसंग कनेक्सन, इम्युनिटी पावर बढाउने जडिबुटी सेवन, ब्यायाम, योग, ध्यान, प्रबचन आदिको ब्यबस्था होस् ।
५. १५ दिन सकिन्छ भने देशभर कर्फ्यु वा वैकल्पिक रुपमा कर्फ्यु स्तरको लकडाउन होस् । यसो गर्दा संक्रमितमध्ये ८५ प्रतिशतलाई आफै निको हुन्छ। लक्षण देखिए अस्पताल पुर्याउन सकिन्छ अनि रोग समुदायमा फैलिन पाउंदैन ।

परीक्षणको दायरा अत्यन्तै साँगुरो भयो, पास र पावरको दुरुपयोग गरेर सुरक्षित क्षेत्र असुरक्षित भए । कोरोना संक्रमण भित्रभित्रै निकै बढ्यो, क्वारेन्टाइन तथा परिक्षणको लापरबाहीले २ जनाको ज्यान गयो ।

६. मान्छेहरु मर्निंङ वाक, इभिनिंग वाक, सपिंग आदि कामले बिहान, बेलुका घर बाहिर निस्किरहेका छन् । तसर्थ बिहान बेलुका कर्फ्यु लगाएर दिउँसो १२ देखि ३ बजेसम्म पसल जान समय तोकियोस् । यसो गर्दा भीडभाड हुँदैन ।
७.डिपार्टमेन्टल स्टोर तथा तरकारी बजार बन्द गर्ने । फलफुल तथा तरकारी स्थानीय पसलबाट खरिदबिक्रि गर्ने ब्यबस्था भएमा भीडभाड हुँदैन ।

८. सडकमा ट्राफिक प्रहरी, भित्रि बस्ती र गल्लीमा अन्य सुरक्षाकर्मिको गस्ती होस् । भिडभाड मुख्य सडकमा हुँदैन, भित्रि बस्तीमा हुन्छ ।
९. अत्यावश्यक काम परेर घर बाहिर जाँदा सहि तरिकाले मास्क नलगाएमा, सामाजिक दुरी कायम नगरेमा तथा ३ जनाभन्दा धेरैजना सँगै हिड्ने गरेमा अन्य देशमा जस्तै जरिवानाको ब्यबस्था होस् ।
१०. १५ दिनपछि लकडाउन खुकुलो गर्नको लागि रेड, एल्लो, ग्रीन जोन छुट्याउने, बिभिन्न चरणको प्रारूप तयार गर्ने, अस्पतालमा आइसीयु तथा भेन्टिलेटरको संख्या बढाउने लगायतका तयारी होस् । साथै किसानलाई मल, बिउ तथा अन्य राहत उपलब्ध गराइयोस ।

यसो गर्यो भने अहिले भित्रभित्रै फैलिएको कोरोना संक्रमण नियन्त्रणमा आउनेछ । पुरानो मोडेल अनुसार लकडाउन थप्नुको कुनै औचित्य छैन ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।