विश्व अहिले कोरोना महामारीले ग्रसित छ । यस्तै प्रतिकूल समयलाई अनुकुल बनाउन असम्भबभित्र सम्भब खोज्ने विश्वमा थुप्रै मुलुक छन् ।दोस्रो विश्वयुद्दपछि थिलो थिलो परेको जापानको अर्थतन्त्र १९४५ – १९५६ को अन्तरालमा ७.१ प्रतिशतले आफ्नो गा्रहस्र्थ बढायो । त्यसैगरि सिमित स्रोत साधन भएका दक्षिण कोरिया र इजरेलले पनि पछिल्लो समय अर्थतन्त्रमा अग्रगामी छर्लाङ्ग हान्न सफल भएको छ ।यो सबै सम्भब भएको उद्यमशिलताले हो ।अहिलेको मूख्य प्रश्न नै के यो कोरोनाबाट मानिस जाति र यिनीबाट सञ्चालित उद्यमशिलतालाई जोगाउन सकिएला त ?
विश्वबजारमा धेरै स्टार्टअप बिजनेशहरु यस कोरोना महामारीका कारणले गर्दा धारासायी भएका छन । कोरोना महामारीपछि विश्व बजारमा आन्तरप्रेनरलाई आफ्नो व्यापार व्यवसाय अघि बढाउनलाई शून्य जस्तै अवस्था छ । जस्तै यही महामारी बिचमा एक होटल व्यवसायीले आफ्नो होटल लामो समय बन्द भई आम्दानी नहुँदा किस्ता र व्याज तिर्न नसकेका कारण आत्महत्या गरेका छन् । माथि उल्लेखित घटना प्रतिनिधि घटना मात्र हो। यस्ता थुप्रै घटनाहरु यो महामारी पछि विश्वभर देखिने प्रबल सम्भावना छ । विश्व व्यापार संगठनका अनुसार विश्वभरको अर्थतन्त्र करिब ८.९ प्रतिशतले घट्ने र विश्वको कुल गा्रहस्र्थ आम्दानी करिब २४२ खर्ब अमेरिकी डलरले घट्ने प्रक्षेपण गरेको छ । यसको असर विकसित मुलुकदेखि अति कम विकसित मुलुकमा नवआगन्तुक उद्यमशिलीलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिन्छ ।
हाम्रो जस्तो अति कम विकसित मुलुकमा प्राय नवउद्यमशिली कृषि र पर्यटन व्यवसायमा आवद्द छन् । कोरोना महामारीका कारणले गर्दा यी दुवै क्षेत्रका उद्यमशिलीको व्यवसाय ध्वस्त हुने निश्चित छ । त्यसैले यो महामारीपछि कृषि र पर्यटन व्यवसायका उद्यमशिलीले चली आएको व्यापार मोडल स्वभाविक रुपमा परिर्वतन गर्नुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो महामारीको प्रभाव सन् २०२० को बर्षभरि र २०२१ को पहिलो त्रैमासिकसम्म रहने आकलन गरेको छ । भ्याक्सिनको विकास नभईकन विश्व फेरि चलायमान नहुने पक्का छ । तसर्थ अन्तराष्ट्रिय पर्यटक र सामाग्री सो अवधीसम्म विश्व बजारमा परिचालित हुन लगभग असम्भव जस्तै छ । उदाहरणका लागि नेपालको अर्गानिक कफी जापान र कोरियाको बजारमा पु¥याउनु अहिलेको परिस्थितीमा निकै चुनौतीपूर्ण छ । त्यसैले हाम्रा स्वदेशी उत्पादनलाई स्वदेशी बजारमै खपत गराउनका लागि अबका नव उद्यमशिलीहरुले आफ्नो व्यापारिक पृष्ठभूमि बदल्नुपर्छ ।
भ्याक्सिनको विकास नभईकन विश्व फेरि चलायमान नहुने पक्का छ । तसर्थ अन्तराष्ट्रिय पर्यटक र सामाग्री सो अवधीसम्म विश्व बजारमा परिचालित हुन लगभग असम्भव जस्तै छ ।
अबका दिनमा निरन्तर रुपमा स्वदेशी उत्पादन स्वदेशी बजारमै खपत गराएर राज्यको र आफ्नो पूँजी बृद्दी गर्नुपर्ने आवश्यक छ । पर्यटन व्यवसायीहरुले स्थानिय पर्यटक परिचालित गर्ने खाका तुरुन्त तयार गर्नुपर्छ । स्थानिय तहहरुमा भएका प्राकृतिक स्रोत साधन प्रयोग गरि पर्यटन प्रवधनमा आमुल परिवर्तन गर्नुपर्ने देखिन्छ । यसका लागि हरेक स्थानिय तहले कृषि र पर्यटन व्यवसायमा ”जिरो फाइनेन्सीयल लस ” को मोडल तयार गर्नुपर्ने देखिन्छ । जसरी अमेरिकामा ६ – ७ प्रतिशत मानिसले कृषि गरेर ९४ प्रतिशत अमेरिकीका आवश्यकता पूर्ति गरेका छन् त्यसरी नै हाम्रो निर्वाहमूखि कृषिलाई नाफामूलक आधुनिक कृषिमा परिवर्तन गर्न माथिको ज्वलन्त उदाहरणले प्रेरित गर्दछ ।
नेपालको आम्दानीको मूख्य स्रोत वैदेशिक रोजगारी नै हो र आगामी दिनमा पनि यसले नै निरन्तरता पाउने देखिन्छ । किनभने हामीसँग राष्ट्रिय पुँजी बृद्दी गर्नका लागि न अरबको जस्तो तेल छ न त चाइना र भारतको जस्तो फलामको खानी छ ।केन्द्रिय तथ्यांक विभागका अनुसार नेपालको रेमिटेन्सको ६० प्रतिशत पैसा विलासितका सामान र घर जग्गा खर्च भएको देखिन्छ । यस कोरोना महामारीका कारणले अर्थ मन्त्रालयका अनुसार यो बर्ष करिब १५ प्रतिशत जतिले रेमिटेन्स कम हुने देखिन्छ । यी सबै वस्तुगत तथ्यांकलाई नियाल्दा रियल हेरेर व्यापार निश्चित रुपमा धारासायी हुने देखिन्छ र अबका दिनमा घरजग्गा र विलासिताका सामानको लगानीलाई पूर्ण रुपमा निरुत्साहित गर्दै उत्पादनशिल क्षेत्र जस्तै कपडा उधोग ,औषधी उधोग कृषि औजार उधोगहरुमा रेमिटेन्सको प्रथम लगानी गर्नुको विकल्प छैन ।
अब बजारमा आउने नवउद्यमिलीहरुले यो कोरोना महामारीलाई स्थानिय पूँजी बृद्दीको अवसरको रुपमा हेरी आफ्नो व्यापार व्यवसाय अगाडि बढाउनुपर्ने देखिन्छ । सिमित नाफा तर उच्च जोखिम सहित लगानी गरेर आफ्नो व्यापार व्यवसायी उडाउनु पर्ने बाध्यात्मक परिस्थितीको सिर्जना भएको छ । यस महामारीलाई कृष्णको गीता ज्ञान अनुसार “कर्म गर तर फलको आसा नगर” भन्ने आशय सहित बजारमा रहनुपर्ने अवस्था छ ।
यो महामारीको अवस्थालाई अवसरमा बदल्न सबै नेपाली उद्यमशिलीहरु एकजुट भई स्वदेशी उत्पादन , स्वदेशी बजार र राष्ट्रिय अर्थतन्त्र उकास्न तर्फ लाग्नु पर्दछ । राज्यले अबको आर्थिक बर्षको बजेटमा “जिरो इन्ट्रेन्ट रेटमा” उत्पादनशिल क्षेत्रका उद्यमशिलीहरुलाई लगानीको प्रत्याभूर्ति गराउने स्प्रष्ट निती तथा कार्यक्रम अबलम्बन गर्नुपर्छ । नेपाली ग्राहकवर्गहरुले पनि स्वदेशी उत्पादनलाई उचित बजार भाउमा खरिद गर्ने र पूर्ण रुपमा विदेशी अत्यावश्यक बस्तु बाहेकका सामान खरिदमा स्वयंम निषेधको भावना जागृत गर्नुपर्छ । बर्षौ देखिको व्यापार घाटालाई कम गराई नेपाली उद्यमशिलीहरुलाई जीवित राख्न यो महामारीलाई अबसरको रुपमा बदलौँ ।
उपप्राध्यापक सिभिल एण्ड जियोमेटिक्स इन्जिनियरिङ
ई .अ .स. पश्चिमाञ्चल क्याम्पस




