लघुकथाः मनमुटाव

खोरका कुख्राझै एक्कासी बाहिर निस्के, जीऊ तन्काए र लामो सास फेरे । त्रास सिद्धिएकै थिएन । बजार, मन्दिर आदि फेरि भीड देखिन थाल्यो । आतंकित मत्र्यलोकवासीहरु तीन फिटमै थिए । ब्रह्मलोकबाट हेर्दा कोही चौर, कोही पार्क, कोही डाँडाकाँडातिर थिए । लक्कडाउन खुलेको भर्खर २ दिन भएको थियो ।

स्वर्गका राजा इन्द्रले अनायास नारदलाई बोलाएर भने, “यी बुद्धिमान प्राणीहरु केके गरेका रहेछन्, हेरेर एक एक अभिलेख बुझाऊ त ।”
नारदले हत्तपत्त ध्यान बसें र हिमालय मुलुकदेखि पश्चिमी मुलुकसम्म दृष्टिगोचर लगाएः
१. ग्राहकः मौका छोपेर मूल्य बृद्धि गर्ने कालोबजारिया,
पसलेः अभावको बेलामा पनि गुन नदेख्नेहरु !

२. विद्यार्थी : पढाइ नहुँदा पनि शुल्क १
विद्यालयः शिक्षक पाल्न परेन रु

३. अभिभावकः पैसा पचाउने बाटो,
विद्यालयः अनलाइन शिक्षाको लिएका,े

४. हाकिमः पालोपालो गरेर भए पनि अफिस
कर्मचारीः महामारीमा पनि पेल्ने

५. रोगी : कहीं कतै भेटिएन डाक्टर पनि,
डाक्टरः ज्यानको पर्वाह नगरि सेवा कसैले देखेनन्,

६. स्थानीय सरकारः हाम्रो मात्र प्रयास पर्याप्त थिएन,
प्रदेश सरकारः केन्द्रले स्थानीयलाई काम गराउन सकेन,

७. सरकारः यथेष्ट राहत बाँडिएको,
जनताः कार्यकर्तालाई कि पहुँचवाललाई ?

८. जनताः नूनतेल किन्न निस्कदा पनि लौरो
प्रहरीः आदेशको पालना

९. छिमेकीः एक पोका नून पनि पत्याएनन,
अर्का छिमेकीः हाम्रो पनि त्यही हालत थियो,

१०. ऋणीः कामै नभएपछि केले तिर्ने रु
बैंकः तिर्न पर्दैन भनेर कुन कागजमा सहीछाप गरायौं र ?

११. कृषकः मल, बीउबीजन नदिएपछि कसरी हुन्छ खेतीपाती
सरकारः केहीले त पाइसकें ।

कोरोनाले गतिविधि देखाउन छाडेकै थिएन । नारदजी तमाम गतिविधि निरीक्षणपछि तात्तातै ब्रह्माकहाँ पुगे ।
“भन नारदजी के देख्यौ ? ”
“एकापसमा आरोपप्रत्यारोप छ ।”
“अनि पश्चिमी देशमा रु” ब्रह्माले सोधे
“विश्वयुद्ध तयारी गर्दैछन्, महाराज ।” नारदजीले जस्ताको तस्तै ओकले ।