लघुकथा : काजी साहेब

” आज हाम्रो गाउँका काजी साहेबकी छोरीको बिहे छ । अस्ति काजी साहेब आफै आएर निम्तो दिएर गएका छन्। मेरो इस्टाकोट र दौरा सुरुवाल बाक्साबाट निकालेर राखिदेऊ त चन्द्रकला !” धन बहादुरले पत्नीलाई आदेश दियो। पतिको कुरा सुनेर चन्द्रकलाले भनिन् -” बुडा उसोभए हाम्री सानी छोरी ,म र तपाइँ तीनै जना उतै गएर खाउँ न त खाना हुन्न ? एक छाक भएपनि टर्छ ।” बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएकोले उनले यस्तो भनिन् ।

धनबहादुरले सम्झाउँदै भने -” होइन चन्द्रु ! काजी साहेबले एकजना मात्र आउनु भनेका छन्। तिमीहरूले जसोतसो गुन्द्रुकको झोल बनाएर भएपनि यहीँ बनाएर खाओ।” यति भनेर ऊ तयार भएर बिहेघरमा गयो। त्यहाँ पुग्दा उपस्थित भएका मानिसको लिस्ट लेखिंदै रहेछ । धनबहादुर पनि आफ्नो नाम टिपाएर भित्र जान खोज्यो। स्वागत गर्न बसेका द्वारपालले उसलाई भने -” कन्यालाई दिने दक्षिणा पनि टिपाउनुहोस् । रू .५०० घटी त कसैले पनि दिएका छैनन्।”

द्वारपालको कुरा सुनेर धनबहादुर झस्कियो। खामभित्र त दुई सय रुपैयाँ मात्र हालेर आएको थियो। अब तीनसय रुपैयाँँ कताबाट ल्याउने? ऊ चिन्तित हुन थाल्यो। फेरि घर गयो पत्नीलाई सबै कुरा सुनायो। पत्नीले पनि -” अब त्यही छोरीको खुत्रुके फुटाएर लैजानुस् । तीन सय त कसो नपुग्ला र ? ठुलाबडाको इज्जत धान्दिन पनि कति गार्‍हो !” भन्दै उपाय सुल्झाइन्। आफ्नो खुत्रुके फुटेको टुलुटुलु हेर्दै बसेकी सानी छोरी पनि केही बोलिन ।

सानीले उतिबेलाको फुटेको खुत्रुके सम्झिँदै मुखियाले दिएको खाम खोलेर हेरिहाली । अनि सबैतिर पचास रुपैयाँको नोट हल्लाउँदै भनी -” हेर्नुस् त बाबा ! काजी साहेबले दिनुभएको पैसा।”

पाँचसय पाँच रुपैयाँ बोकेर फेरि धनबहादुर बिवाह घरभित्र गयो। नाम र रकम पनि टिपायो। बिहे सकिएपछि पर्सिपल्ट -” काजी साहेबले छोरीको बिहे गरेर ज्वाइँको हातमा पाँच लाख नगद दिएछन् । कति दानी रहेछन् । ” भनेर गाउँभरी हल्ला फैलियो ।

समय बित्दै गयो । धनबहादुरकी सानी छोरी पनि ठुली भई। उसले पनि छोरीको बिहे आँट्यो। अरु धेरैलाई नबोलाए पनि काजी साहेबका स परिवारलाई बोलाएको थियो। बिहेको दिनमा काजीका सबै परिवार चिटिक्क पोशाकमा आए । त्यहाँ उपस्थित र दक्षिणाको नाममा टिपोटको घटिया काम पनि गरिएको थिएन। जसले जति दिन्छन् नहेरी बेहुलीको ब्यागमा राखिएको थियो।

कालो चश्मा, कोट पाईन्टमा सजिएका मुखियाले एउटा खाम झिकेर बेहुलीको हातमा राखिदिए। उनका अरु परिवार भने खानेको लाइनमा उभिएका थिए। सानीले उतिबेलाको फुटेको खुत्रुके सम्झिँदै मुखियाले दिएको खाम खोलेर हेरिहाली । अनि सबैतिर पचास रुपैयाँको नोट हल्लाउँदै भनी -” हेर्नुस् त बाबा ! काजी साहेबले दिनुभएको पैसा।”

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।