महानायक ओलीलाई घेराबन्दी गरे दुर्घटना

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष कमरेड केपी शर्मा ओली नेपाली राजनीतिका महानायक हुनुहुन्छ । उहाँलाई एक व्यक्ति एक पद भन्नेहरुले पार्टीका सबै कमिटीह तदर्थ वा सङ्गठन कमिटीहरु हुन् भन्ने नबुझ्नु निदाएको भान पार्नु हो । निदाएकाहरुलाई पो उठाउन सजिलो हुन्छ, भान पारेकाहरुलाई खुल्ला झ्यालबाट लामो निङ्गालाले कोपे नि वा खाट नै बाहिर वातावरणमा लगेर राखिदिएता पनि उठाउन सकिन्न। यस कारण हाम्रो पार्टीका दुबै अध्यक्षहरु तत तत पार्टीबाट महाधिवेशनका प्रतिनिधिहरुमार्फत प्रत्यक्ष निर्वाचित भएर आउनु भएको हो ।

उहाँहरुलाई महाधिवेशनका महान प्रतिनिधिबाहेकका आफूलाई कुनै बिशेष बादशाह सम्झिनेहरुले हटाउने ल्याकत, तागत र योग्यता राख्दैनन् । अर्को कुरा, दुबै अध्यक्ष कमरेडहरु केपी र प्रचण्डलाई एकताको पार्टी अन्तरिम बिधानले उत्तिकै बराबर शक्ति बिन्यास गरेकोछ। हामीले लेनिनबादी सङ्गठनात्मक सिद्धान्तलाई आत्मसात गरेता पनि पार्टीका प्रत्येक निर्णयलाई आधिकारिक, बैध र पद्धतिसङ्गत तुल्याउन दुबै अध्यक्षले हस्ताक्षर गर्नुपर्छ भन्ने बुँदा अन्तरिम बिधानमा समावेश गरिएको छ।

अर्को प्रधानमन्त्री पदबाट अहिलेको यस्तो विकराल र विषम सङ्कटका बेला बिनाकसुर र बिना कुनै अक्षमता अनि बिना कुनै भूल सत्ताको बागडोर छोड्नु वा छोडाउन निकृष्ट, असम्भव र दुस्साहसपूर्ण हर्कत गर्न खोज्नु हो । फेरि पनि गुटबन्दीको अर्को चरम नमूना हो । बखडाबाजी हो । रिस, डाहा र इर्ष्याको उदाहरणमात्र हो । महान नेपाली मतदाता, जनसमुदाय र लाखौंलाख कार्यकर्ताको अभिमत र भावना बिपरितका कुरा हुन् ।आग्रह, पूर्वाग्रह ,ईर्ष्या र बदलाको भावनाले ओतप्रोत आपराधिक मानसिकताले ग्रस्त अप्रासंगिक, बेतूक, फाल्तू सन्दर्भ र बिषयह उठाई प्रायोजित काला धब्बाहरु जबर्जस्त लेपन गरी भित्तामा पुर्याउन खोज्नु, डिलमा लगेर धकेल्न खोज्नु नेपाली जनसमुदायको सदिऔदेखिको राजनीतिक स्थायित्व, सु(शासन र समृद्दिको उल्टो कुरा हो।

स्थानीय तहको निर्वाचनमा २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको पहिलो लोकप्रिय कम्युनिस्ट शासनको आधार बलमा, एक युगमा एक पटक संविधानसभामार्फत संविधान बनाउने, जनताको संविधान निर्माणताका सदिऔदेखि नेपाली जनसमुदायको बीचमा रहेको धार्मिक, सांस्कृतिक, जातीय एकताको पक्षमा, राष्ट्रिय एकता र अखण्डताको झण्डालाई दह्रो गरेर समातेकै आधारमा, हरेक खाले बिखण्डन र बिभेदहरुको विपक्षमा राम्ररी उभिएकै कारण, राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि अभिसन्धिहरुको खिलाप हुने गरी भूपरिबेष्ठित मुलुक नेपालमा भारतले तेस्रो पटक नाकाबन्दी लगाउँदा त्यसको जमेर प्रतिबाद गरेकै आधारमा, भूगोल र जनसंख्याका आधारमा कुनै पनि राष्ट्रको सार्वभौमिकता, सार्वभौमसत्ता र समग्र राष्ट्रियता सानो वा ठूलो हुन नसक्ने भन्ने सार्वभौम सच्चाइलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेर नेपाली जनसमुदायको शिर उचो बनाएकै कारण, आत्मसम्मान र स्वाभिमानको डटेर जगेर्ना गरेबापत, शान्ति, सुब्यवस्था र अमनचैनका लागि निरन्तर बलिदानीपूर्ण लडाइँ लडेकै कारण, भारत बाहेकका तेस्रो मुलुकहरुसित पारवहन सन्धिहरु स्थापनाको कुशलतापूर्ण नेतृत्व गरेकै भरमा यस्तो षड्यन्त्र भएको हो त ?

प्रधानमन्त्री पदबाट अहिलेको यस्तो विकराल र विषम सङ्कटका बेला बिनाकसुर र बिना कुनै अक्षमता अनि बिना कुनै भूल सत्ताको बागडोर छोड्नु वा छोडाउन निकृष्ट, असम्भव र दुस्साहसपूर्ण हर्कत गर्न खोज्नु हो ।

क्रमभङ्ग र छलाङ्गको मुख्य आधार स्तम्भबाट शुरु भएको जनयुद्धको खास बल र १९ दिने संयुक्त जनआन्दोलनको एकीकरण र फ्युजनबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थाप्रतिको दह्रो प्रतिबद्धताको सफलतापूर्वक राजअनेता केपी ओली नेतृत्व गरेकै कारण स्थानीय तहको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी स्थानमा तत्कालीन नेकपा एमाले बिजयी भएको शाश्वत सत्य सबैका अगाडि दिनको घाम जत्तिकै छर्लङ्ग छ । यस्तो ऎतिहासिक बिजयी तुल्याउने महान अभियानका नायक क केपीमाथि अण्टसण्ट आरोप लगाउनु र हिलो छ्याप्न खोज्नु न्यायको सिद्धान्त बिपरितको कुरा हो ।

अनि २ सय ३८ बर्ष लामो राजतन्त्रात्मक शाही शासन ब्यवस्थाको अन्त्य कम्युनिस्ट पार्टीको स्थापनाकालीन समयमै दिल्ली सम्झौताको तीन नम्बर बुदामा उल्लेख भएता पनि काङ्ग्रेसले त्यसलाई दह्रोसित पक्डन सकेन । कम्युनिस्टहरु गणतन्त्रात्मक हुन्छन् भन्ने कुरा स्थापित हुन, क्रम भङ्ग र छलाङ्ग प्रमाणित हुन हतियार बन्दकै लडाइँ जनयुद्ध जनताको आन्दोलन जत्तिकै मुख्य रह्यो । दलहरु बीचको अभिन्न एकताका कारण बिना रक्तपात राजतन्त्रको अन्त्य भयो । त्यो जनयुद्धको नेतृत्व क प्रचण्डले गर्नुभयो । यस कारण हामी ब्यक्तिगत जिम्मेवारी र सामूहिक नेतृत्व प्रणालीलाई बोकेता पनि महाधिवेशनबाहेक पार्टीको मूल नेतृत्व परिवर्तन हुन नसक्ने र सरकारको नेतृत्वका बिषयमा दुबै अध्यक्ष सहमत हुनेबाहेक संसदीय दलभित्रको जोडघटाउ मात्र हो तर पार्टीको अन्तरिम बिधानमा दुबै अध्यक्षले सर्वसम्मत निर्णय गर्ने बाहेक अरु सबै कमिटीका नेता कमरेडहरु छड्के किनारका साक्षीमात्रै हुन् ।

यसरी विधि सम्मत जाँदा दुबै अध्यक्ष विवेकपूर्ण ढंगले निर्णयमा पुग्ने कुरालाई नै प्रधान मानिएको छ। रस्साकस्सी हुँदा वा शक्तिको हानथाप हुँदा संसदीय दलभित्र सदस्यहरु आफ्नो निर्णयमा सार्वभौम हुनुहुन्छ नै । यसरी १९ दिने अभूतपूर्व र ऎतिहासिक संयुक्त जनआन्दोलन एवं गौरवपूर्ण जनयुद्दको फ्युजनपछि स्थापित शासकीय स्वरुपमा राजनीतिक दलहरूको शक्ति एकैरुपमा रहेन, अस्थिरता सृजना भयो र बारम्बार अदलबदल भैरह्यो, सरकार बन्ने र ढ्ल्ने क्रम रोकिएनन्। क केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिस्ट पार्टीले स्थानीय तहमा हासिल गरेको अभूतपूर्व सफलता, भूगोल र जनसमुदायको आवश्यकता र असीम चाहनाका कारण र धेरै वस्तुगत यथार्थहरुको आधारभूमिले पनि दुई ठूल्ठूला र शक्तिशाली कम्युनिस्ट पार्टीहरुलाई अपरिहार्य एकताको निमित्त नजिक तुल्यायो किनकि, दुबै कम्युनिस्ट पार्टीहरु एकले अर्कोलाई कमजोर तुल्याउन काफी भएको दम्भ गर्थे नै। त्यो वास्तविकताको पानी मुनि वा पानी माथि हामी कति, कुन सतहसम्म थियौं, प्रत्येकलाई राम्रै थाहा छ।

महाधिवेशनबाहेक पार्टीको मूल नेतृत्व परिवर्तन हुन नसक्ने र सरकारको नेतृत्वका बिषयमा दुबै अध्यक्ष सहमत हुनेबाहेक संसदीय दलभित्रको जोडघटाउ मात्र हो

त्यसपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त घोषणापत्र र प्रतिबद्धतासहित अर्को चुनावमा एउटै चुनाव चिन्ह लिएर आउने बाचा र कबोलसहित तत्कालीन बेलामा दुई अलग अलग चुनाव चिन्हमा आपसी समझदारी कायम गरी संयुक्त गठबन्धनका साथ आमनिर्वाचनमा होमिएको हो । शान्ति, स्थिरता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाका उपलब्धिहरुको जगेर्ना गर्न र सुखी नेपाली र समृद्द नेपालको महान् अभियानलाई सफलीभूत तुल्याउन कम्युनिस्ट पार्टीलाई झण्डै दुई तिहाईको बहुमत नेपाली जनताले दिएका छन् । नेपाली जनताको आशा र भरोसाको केन्द्रबिन्दुको रूपमा रहेको कम्युनिस्ट पार्टीको सरकारमार्फत सामाजिक रुपान्तरण, शोषण र बिभेदरहित समता र समानतामूलक समाज निर्माण गर्ने यो अभियानको नेतृत्व आगामी निर्वाचन र एकताको पार्टी महाधिवेशनसम्म समआदरणीय नेताहरु क केपी र प्रचण्डले गर्ने हो। नकि, यो वा त्यो नाममा दुबै अध्यक्ष घोषित वा अघोषित स्थान वा ब्यक्ति बिशेषको गोटी बन्ने हैन, त्यसपछिको नेतृत्व पार्टीको आगामी महाधिवेशन र निर्वाचनमा भर पर्दछ ।

पार्टी र शासन सत्तासित जोडिन चाहने कमरेडहरु तततत ठाउँ र बिधिबाट अनुमोदित र निर्बाचित भएर आउनुहोस् । अहिले बेमौसमी बाजा बजाउन बन्द गर्नुस् । राय, सल्लाह लिने, हरेक बिषयमा सकेसम्म सर्वसम्मत निर्णय गर्ने, भएन भने दुई अध्यक्षहरुले उचित बिबेकको प्रयोग गरी सर्वसम्मत निर्णय गर्ने अनि केन्द्रीय सचिवालय र स्थायी कमिटीका तपाईंहरु किनाराका साक्षी बन्ने बिधि कमरेडहरुले बनाउनु भएकै छ। यस कारण तपाईंहरुको सरकारको मूल नेतृत्व र पार्टीको मुख्य नेतृत्व परिवर्तन गर्ने घुमाउरो पाराका मागहरु म्याद गुज्रिएको औषधि जस्तै हुन् ।

डेट एक्पायर भएका ओखती जस्तै हुन् ,निदाएको भान पारेको मानिसलाई उठाउन गाह्रो परे जस्तै निरर्थक कुरा सिवाय अरु केही होइनन् । त्यसैले धैर्य गर्नु, सृजनात्मक आलोचना गर्नु, राय, सल्लाह दिनु, सन्चालनका केही पात्रहरु, निकाय वा सचिवालयका ब्यक्तिहरु परिवर्तन गर्नु, अदलबदल गर्नु, कार्यक्षमता प्रभावकारी प्रदर्शन गर्न नसकेकाहरु केही हेरफेर गर्नुबाहेक अरु विकल्प अहिलेलाई छैनन् । यसर्थ नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्व क।केपी र क। प्रचण्डले गर्ने कुरा आम सच्चाइ र यथार्थता हो । आगामी निर्वाचनसम्म सरकारको मूल नेतृत्व क केपीले गर्ने कुरा पनि उस्तै सच्चाइ र यथार्थता हो । लाखौं जनसमुदायको अभिमत र निरन्तरको बिश्वास पनि हो।

अन्तरिम बिधान तयार गर्दा, अनुमोदन गर्दा तपाईं सचिवालय र स्थायी कमिटीका तपाईं कमरेडहरु कुन दुनियाँमा हुनुहुन्थ्यो ? दुई अध्यक्षहरुलाई मात्र सम्पूर्ण अधिकार दिएर आफूहरु किन छड्के किनारका साक्षी बन्नुभो ?

पार्टी केन्द्रीय सचिवालय र स्थायी कमिटीले यी वास्तविकता र सच्चाइलाई साचो अर्थमा आत्मसात गर्नै पर्छ । आफ्ना निजी कुरा, स्वार्थ र तिकडमलाई छोडी एकताबद्द र सुदृढ पार्टी निर्माण गर्ने महान अभियानको नेतृत्व गर्नुपर्दछ । बरु पार्टीका आगामी महाधिवेशन र निर्वाचनमा नेतृत्वको पुस्ता हस्तान्तरणलाई गम्भीरतापूर्वक ख्याल गर्नुपर्दछ । त्यहीनुरुप नेतृत्व बिकास र निर्माण गर्नेतर्फ पहिलो पुस्ता अहिले नेतृत्व गरेकाका कमरेडहरुले बिनाशर्त वातावरण तयार गर्नुपर्दछ । बिना हिच्किचाहट आफूहरु सल्लाहकार कमिटी र जेष्ठ कम्युनिस्ट मन्चमा रही कम्युनिस्ट आन्दोलनमा अभिभावकत्व दिने आट र हिम्मत गर्नु पर्दछ।

यसर्थ क केपी सारा नेपाली जनसमुदायले अनुमोदन गरेको समय र युगको नै अबिचलित र अबिश्रान्त महापुरुष हो । दृढ आत्मबिश्वास र सती साल जस्तो राजनेता हो । क प्रचण्ड पनि केही कुराहरू बाहेक करीब उस्तै नेता हुनुहुन्छ । सारा समय र यस युगकै । यस कारण क केपी ओली असाधारण क्षमता र योगदानसहितको नेता भएकै कारण उहाँलाई यो एक ब्यक्ति एक पद भन्ने मिसाइल माथि उल्लेखित तथ्य र कारणहरुले गर्दा मिल्दै मिल्दैन, सुहाउँदैन पनि । अनि सचिवालय र स्थायी कमिटीमा भएका सबै नेता तपाईंहरुले पनि कि पार्टी कमिटीको नेतृत्व रोज्नु, कि राजकीय पद ?

होइन भने आफू सांसद, मन्त्री हुन हुने र पार्टी कमिटीको नेतृत्वदायी स्थानमा बस्न हुने, बस्नु पर्ने ? अनि प्रधानमन्त्री क केपी बस्न नहुने ? कस्तो प्रस्ताव हो यो ? अन्तरिम बिधान तयार गर्दा, अनुमोदन गर्दा तपाईं सचिवालय र स्थायी कमिटीका तपाईं कमरेडहरु कुन दुनियाँमा हुनुहुन्थ्यो ? दुई अध्यक्षहरुलाई मात्र सम्पूर्ण अधिकार दिएर आफूहरु किन छड्के किनारका साक्षी बन्नुभो ? अनि अहिले ठूल्ठूला कुरा गर्ने? संसदीय दलभित्रको सार बिषय पनि त्यही हो। राजकीय नेतृत्व हाक्न नपाएका ठूलो सङ्ख्याका दर्जनौं पार्टी नेता, कार्यकर्ताहरु पार्टी हाक्न तयार छन् । हिम्मत छ, तपाईं केन्द्रीय सचिवालय र स्थायी कमिटीको नेतृत्व छोड्न सक्ने यो प्रस्ताव स्वीकार गर्न ?

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।