(अनुष्टुप छन्द)
भाइ अधर्मको खेती गर्न तिमी रमाउँछौ ।
दुःख पाएँ भनी फेरि माथ आफ्नो समाउँछौ ।।
नयाँ वस्त्रन पाएर रुन्छौ तिमी सधैं भर ।
बिना कर्तव्यले मान्छे शान्त सुखी कतै छ र ? ।
गाउँमा जन्मियौ भाइ बस्छौ शहरमा तर ।।
विना कमाइ मान्छेको चाहना पुग्न सक्छ र ? ।
अरूको चाल देखेर थुक निल्छौ अहो ! किन ।।
थाल्छौंशहरमागर्न सधँैभर कुलक्षण ।
लफुङ्गाले तिमीलाई यहाँबाट धपाउलान् ।
अथवा व्यक्तिको हत्या गर्न पाठ सिकाउलान् ।।
फसौला जिन्दगी आफ्नो बनाउला अझै दुखी ।
तिमी शहरमा हल्ली बन्दैनौ कहिल्यै सुखी ।।
फर्क गाउँ तिमी फर्क परिश्रमी उतै बन ।
आफ्नै खेत र बारीमा फलाउन हिरा, सुन ।।
होला शहरमा भाई दया, धर्म कतैतिर ।
हत्या हिंसा र आतंक पार्नु पर्दछ मन्थर ।।
कुहेका अथवा बासी फलफूल अनाज छन् ।
त्यस्तै बेचेर व्यापारी पैसा थुप्रो कमाउँछन् ।।
तिमी तुच्छ भई बस्छौ कष्ट साथ यहाँ किन ।
नबिर्स गाउँको माया आफैलाई गलाउन ।।
बिन्ती छ गाउँमै फर्क स्वच्छ कर्तव्य खातिर ।
आफ्नापिता र माताको सफा पार्न उचो शिर ।।
छन्द : अनुष्टुप
यस छन्दको पाचौँ, छैटौँ र सातौँ अक्षर म गण –।ऽऽहुन्छ भने तेह्रौँ, चौधौँ र पन्ध्रौँ अक्षर ज गण –।ऽ।हुन्छ ।अक्षर संख्या सोह्र भएको यो छन्द आठ अक्षरमाविश्राम हुन्छ ।




