हरेक कुरालाई हर्ने फरक फरक दुई विश्व दृष्टिकोण छ । प्रकृतिमा हुने अदल बदल,भूपम्प बाडी आँधि बेहरी रोग महामारीआदिलाई आद्ध्यात्मवादीहरू दैवी प्रकोप मान्दछन् । भौतिकवादीहरू प्राकृतिक प्रकोप मान्दछन् । तर प्रकृतिका आगाडी सबै बरा वर हुन्छन् । कुनै प्राकृतिक प्रकोमा सबै बरा वर जस्तो हुन्छ । यसमा बर्ग जात बर्णमा त्यति भिन्नता पाइदैन । बिगत पाँच बर्ष पहिला महा भूकम्प आयो । यश समयमा प्राकृतिक प्रकोपले धन र जन दुबैको नास भयो । छाप्रा झुपडीमा बस्ने भन्दा महलमा बस्नेहरू बढी आतङ्कित भए । ठूला महल नै त्यस समयमा बढी समस्यका बिषय बने । सबै मानिस सडक चउरमा आए । याहाँ बर्ग जात को त्यति महत्य भएन । सकेसम्म धनाढ्यहरूलाई किसान मजदुरले सहयोग गरे ।
अहिले ठिक पाँच बर्ष पछि कोरोना महामारी आयो । सुकुम्बासी सर्वहारा मजदुर दैनिक ज्यालादारी गर्नेहरू र धनाढ्यहरूमा आकास जमिनको फरक देखियो । सरकार कै मन्त्री ठूला ब्यपारी लगायत सबै धनिहरूले यसलाई धन आर्जन गर्ने मौकाको रूपमा लिए । सरकारले लकडाउन घोषणा गरेर आफ्नो कर्तब्य पूरा भएको ठान्यो । जो सम्पन्नशालि छन् सब आ(आफ्नो घर घर सुरक्षित रूपमा बसेका छन् । जो हात मुख जोड्न घरपरिवार बाल बच्चा छोडेर देश बिदेशका कुना काप्चा सम्म पुगेका छन् ।
उनीहरूलाई कोरोनाबाट वच्न भन्दा पनि कसरी आफुले खाने हो ,घरवरिवार बाल बच्चा भेट्न पाइने हो वा नपाइने हो, परिवारले खान पाए कि पाएनन् ,मोर्नै परे पनि परिवार सङ्सङ्घै मोरौला भन्दै पूर्व पश्चिम उत्तर दक्षिण जताका भए पनि सङ्सङ्घै सडकमा निक्लेका छन् । याहाँ जात धर्म लिङ्गमा कुनै फरक देखिदैन । मजदुरको जात हुदैन बर्ग हुन्छ भन्ने कम्युनिष्टको भनाईको सार्थकता देखिन्छ ।
नेपालमा कम्युनिष्ट पार्टीको पहिलो पुस्ताको नेतृत्व पुरै संशोदनवदी भयो भन्दै दोस्त्रो पुस्ताकाले पार्टी पुनर्गठन गरे देखि हामीहरू धेरै यी पुनर्गठित समुहहरूमा लागेक हौ । उत्पादन शक्ति र उत्पादन सम्बन्धको बिभेदले गर्दा समाजमा असमानता भयो । अर्थात जसले काम गरेर बस्तु उत्पादन गर्छ त्यस बस्तुमाथिको स्वमित्व उसको नहुने जसले श्रम नै गर्दैन उत्पादित बस्तुहरूको मालिक उ हुेने । यस्तो असमान बर्ग बिभेदलाई बर्ग सङ्घर्षका माध्यमले हटायर समतामुलक समाज स्थापना हुन्छ भनेर हामी लागेको हौ । हामी पार्टीमा लाग्दा जातीय कुरा थिएनन् बर्गीय कुरा मात्र थिए ।अझ मैले ओडेको कम्युनिष्ट छाता मुनि त माओका तीन क्रान्तिकारी हतियार क्रान्तिकारी पार्टी सङ्गठन जनसेना र सम्युक्त मोर्चालाई यसरी बिकृत पारियको थियो । पार्टी सङ्गठनमा आपसमा मिल्ले मिल्ने बुर्जुवाहरू थिए, जनसेना निर्माणको बिषय भबिष्यको हो, जब जनता आफै तयार हुन्छन् त्यस बेला जनसेना बनाउने हो ।
बाहुन, क्षत्री, जनजाति, दलित, मुस्लिम जुनसुकै जात भए पनि गरिब, सर्वहारा, मजदुर, किसानका समस्या समान छन् । समान समस्या भएकाको समान सङ्गठन नबनाएसम्म असमान राज्य व्यवस्थासँग लड्न सकिँदैन ।
सम्युक्त मोर्चा पार्टी भित्रकै जनबर्गीय सङ्गठन बीच बनाउने हो । हामी बाहेक अरू कोही क्रान्तिकारी हुनै सक्दैनन् भन्ने मोहन बिक्रमको छाता मुनि दश बर्ष बिताईयो । पार्टी भित्रको बिबादले मोहन बिक्रमको छातामा प्वाल पर्न थाले पछि आकास चिहाउन सुरू गरियो । उनको कब्जाबाट मुक्त भइयो पनि । संशोदनवादीसंग सम्झौता बिहिन रूपमा सम्मन्ध बिच्छेद गर्नु पर्दछ भन्ने लेनिनको भनाईलाई जडशुत्रका रूपमा अपनाउनमा पार्टी लाग्यो आफू पनि त्यतै लागियो । २०४६ साल पछि पार्टीले पुरानो मान्यता तोड्यो । पार्टी एकता सङ्घर्ष रूपान्तरणका माध्यमले बन्ने कुरा स्वीकार ग(यो ा २०४६ साल पछि नेपालमा बहुदलीय संसदीय ब्यवस्था पुनस् स्थापित भयो ।
यो ब्य वस्था पञ्चायती ब्यवस्था भन्दा प्रजातान्त्रक नै थियो । तर लेनिनले भनेजस्तै (जुनसुकै बुर्जुवा राज्य जति नै प्रजातान्त्रिक किन नदेखियोस् वास्तवमा बुर्जुवा बर्गको सत्ता हटाएपछि सर्वहाराबर्गले आफ्नो अधिनायकत्व कायम गर्नु पर्छ पुरानो ब्यवस्थालाई ढाल्नुपर्छ नष्ट पार्नुपर्छ र यसको ठाऊँमा नयाँ राज्यब्यवस्था खडा गर्नुपर्छ । यस्तो राज्यब्यवस्था नै जनवादी हुनेछ, किनभने यस्तो राज्यले जनसमूहको प्रतिनिधित्व गरेको हुन्छ । यही मान्यतामा दशबर्षे जनयुध्द भयो । भन्नखोजेको कुरा केहो भने जातीय संगठन मोर्चाका कुराहरू पार्टीमा यश समय सम्म आएका थिएनन् । सर्व प्रथम साम्राज्यवादीका एन् जी यो आइ एन् जी यो हरूले २०३६साल पछि जातीय छेत्रीय लिङ्गीय सङ्गठनहरूलाई ब्यपक बनाए।
बर्गिय सङ्गठन बनाउन जनतालाई मार्क्सवाद लेघनिनवाद माओवाद बुझाउन पर्ने हुन्छ । यो त्यति सजिलै आम जनतालाई बुझाउन कठिन बिषय हो । जातीय छ्त्रीय लिङ्गीय कुराहरू भावनात्मक कुरा हुन् । यसमा जनता सजिलै आउने हुदा यसलाई सर्व प्रथम एन् जी यो आइ एन् जी यो ले प्रयोग गरेर मगर सङ्घ ,गुरूङ्ग सङ्घ दलितहरूका विभिन्न सङ्गठनहरू बनाएर जनतालाई बर्गीय सङ्गठनमा जान रोक्ने काम गरे । तत्कालिन मालेले पञ्चायतको चुनाव उपयोग गर्ने नीति लिएपछि कम्युनिष्टहरूमा सर्व प्रथम मालेले यसलाई अँगाल्यो । माले पछि बनेको एमालेको मूख्य सङ्गठानिक आधार नै जातीय पार्टी मोर्चा र एन् जी यो आई एन् जी यो भयो । माओवादीले जनयुध्द सुरू गरी जनसेना आधार इलाका निर्माण गर्दा सम्म जातीय सङ्गठनहरूको अबधारणा थिएन । जनसेना बन्न सर्बहारा मजदुर किसान बर्गबाट आएका थिए । पार्टीको दोस्त्रो राष्ट्रिय सम्मेलनले गोलमेच सम्मेलन अन्तरिम सरकार संविधान सभाको चुचावको प्रस्ताव पारित गरे पछि जातीय मोचर्चाहरूले ब्यपकता पाएका हुन् । यसै समय देखि माओवादीले पनि बर्गलाई भन्दा जातलाई प्रथमिकता दिएर जनताको भावनात्मक कुरालाई आफ्नो सिध्दान्त बनायो ।
एन् जी यो आई एन् जी यो को एमाले भन्दा अझ अघि बढेर यसले जातीय राज्य नै बनायो । माओवादीका शिर्ष नेता मानिने प्रचण्ड बाबुराम किरण तिनै जना नेताको यसमा समान् धारणा रह्यो । हाल प्रचण्ड एमाले मै गए उनको बारेमा केही भन्नू छैन । अझै क्रान्तिकारी मानियका किरणले जातीय मोर्चालााई पार्टी सङ्गठन भन्दा बढी महत्व दिनुको अर्थ बुझ्न सकिएको छैन । बहुन, क्षत्री, जनजाति दलित मुस्लिम जुनसुकै जात भए पनि गरिब सर्वहारा मजदुर किसानका समस्य समान छन् ।
समान समस्या भएकाहरूको समान सङ्गठन नबनाएसम्म यश असमान राज्य ब्यवस्थासंग लड्न सकिँदैन । भोलि बर्गीय युध्द भएमा सबभन्दा प्रमूख दुश्मन आफ्नै जातका सामन्त दलाल हुनेछन् । जब स्वर्थ बाझिन्छ सब भन्दा प्रमूख दुश्मन आफ्नै हुन्छन् । जसरी हिजो प्रचण्डलाई प्रचण्ड बनाउन जीउ ज्यान दिने विप्लव,शुदर्शन ,माहिला लामा ,उमा भुजेल बिरजङ्गहरू अहिले प्रचण्डकै दुश्मन भएका छन् । यिनीहरू जात धर्म नमिलेर होइन बर्ग र राजनीति नमिलेर हो । भोलि विप्लव पनि यही ब्यवस्थामा गए भने त्यसबेला फेरि नङ्ग मासु हुन बेर लाग्दैन । माओवादीका प्रचण्डहरू र एमालेका ओली झले माकुने बामेहरू पहिला कतै मिल्ने सम्भावना नै थिएन । यिनीहरू जात मिलेर मिलेका होइनन् ।
बर्ग राजनीति मिलेर मिलेका हुन् । लेनिनले जातीय मुक्ति बर्गीय मुक्तिसंगै हुन्छ भनेका छन् ।लेनिनको जातीय मुक्तिका कुरा शुध्द जातीय सङ्गठन बनाएर आत्मरति गर्नु सर्बहारा श्रमिक बर्ग माथिको बेइमानि हो । यश कोरोना भाइरसको महामारीले बर्गीय सङ्गठन बिना बर्ग सङ्घर्ष चलाउन नसकिने र बर्गीय मुक्ति बिना समस्याहरू समाधान नहुने स्पष्ट देखियो । अब श्रमजीबी बर्गले जातीय सङ्गठन मोर्चा होइन बर्गीय सङ्गठन मोर्चा गठन गर्नु पर्छ । आफ्नै श्रमले कमाएको सम्पत्ति अरूको निगाहले दिएको राहात भनी हात थाप्नु पर्ने अहिलेको कम्युनिष्ट भनिएको सरकार कम्युनिष्ट सरकार होइन । आफ्नो श्रमको फल आफ्नै हुने बैज्ञानिक समाजवाद ल्याउन सङ्गठित हुनु पर्छ । मजदुरसंग धेरै शक्ति छ । मजदुरको शक्तिले दलालपुँजीवादीहरूले चयन गर्ने र श्रमजीबीहरू भिखमङ्गा देखाउने यो ब्यवस्था नै जनताको दुश्मन हो ।









