जनताको मुक्तिका लागि टुटफुट होइन, ध्रुवीकरण

प्रकृति भौतिक जगत समाज सबै परिवर्तनशील हुन्छन्। आकासमुनि भएका सबै नयाँ छैनन् भन्ने र आकासमुनि भएका सबै पुराना छैनन् भन्ने यी परस्पर बिरोधी दुई द्वन्द्ववादी भनाई हुन् । ओली प्रचण्ड दुबै पहिलो भनाइमा रहेका छन् । राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा कुनै विवाद छैन । विवाद हो सरकारमा को जाने ? यसको लागि दुबै साम, दाम, डण्ड, भेद जे प्रयोग गर्न पनि तयार छन् । प्रचण्डको पूर्व एमाले फुटाएर सरकारको नेतृत्वमा पुग्ने दिवासपना हो । ओलीको तानाशाह बन्ने सपना हो ।

प्रचण्डले पूर्व एमालेभित्र खेलेर झलनाथ ,माधब, बामदेवलाई साथ लिएर सरकारमा पुग्ने बाटो अपनायका छन् । ओलीले सेना, पुलिस संबैधानिक निकाय, अदालतमा पकड गरेर तानाशाही राज्य गर्न खोजेका छन् । दुबैले चलाउन खोजेको सरकार दलाल पुँजीवादी हो । नेपालमा सामन्तवाद छदै साम्राज्यवादी र भारतीय विस्तारवादको दबावमा नवउदारवाद आयो । पुरानो संरचना बिग्रियो । कृषिबाट जीविका चल्न छाड्यो । सामन्त जमिनदारको पनि कृषिमा आकर्षण हट्यो । कृषि गरे पनि आधुनिक प्राबिधि आयो । मजदुर लगाए पनि कमले मात्र काम लिन सक्ने भए । सान किसानको समेत कृषिबाट जीविका चल्न छाड्यो । लाखौ लाख बेरोजगार भवन निर्माण, बाटो पुल, डल आदि निर्माण काम र यातायात होटल पर्यटन छेत्रमा देशका कुना काप्चा लगायत विश्वभर दैनिक ज्यलादारीमा काम गर्न बाध्य भए ।

नेपाल कम्युनिष्ट पार्टी यस्तै सर्वहारा किसान मजदुरको उत्थानका लागि स्थापना भएको हो । यस्तै सुकुम्बासी, किसान मजदुरहरूले भोट हालेर यो कम्युनिष्ट नामको सरकार बनेको हो । अहिले कोरोना भाइरसले विश्व आक्रान्त छ । एक किसिमले विश्व नै लकडाउनमा पररेको छ । नेपालमा अचानक लकडाउन सुरू भयो । दैनिक ज्यलादारी मजदुरको गास, बास हरायो । लकडाउन सम्पन्नहरूका लागि महान चाड बनेको छ । परिवारसंगै बस्यो, मिष्टान्न भोजन ग(यो, छत छतमा गयो आफुलाई मन पर्ने क्यसेट लगायो, नाच्यो । सरकारी कर्मचारी, शिक्षक प्रध्यापक आदिलाई बिदा छ । यी सबैलाई कोरोनाले नछोए पुगेको छ । यिनीहरूलाई कुनै चासो नै छैन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा फुट्दा पनि फुट्दैन फुटे पनि केही अर्थ हुदैन । तानाशाहको जन्म हुने वा जनताको सत्ता स्थापना हुने यस्तै सङ्कटको समयमा हो ।

सरकारमा भएकाहरू मन्त्रीदेखि गाउँपालिका सदस्यसम्म प्राय भष्टाचारमा व्यस्त छन् । सरकारले लकडाउन लगाउन पर्ने थियो लगायो । राहतको कुरा ल्यायो राम्रै ग(यो । राहत मानवीय रूपमा बितरण भएन । डाक्टर नर्स पुलिसहरूले ज्यानको बाजी राखेर काम गरिरहेका छन् । तिनहरूलाई प्रोत्साहित गर्नुको सट्टा सधै कारबाहीको धम्की दिइरहेको छ । यस्तो समयमा पनि राम्रो होइन, आफ्नो मान्छे चाहिएको छ । खान, बस्न नपाएर भोक भोकै पन्द्र बीस दिनको बाटो पैदल, बाँचे आ(आफ्नो लाला वालालाई भेट्न पाइएला भनेर खाली खुट्टा हिड्ने मजदुरहरू अपराधी भएका छन् । एकातर्फ सरकारले मजदुर जो जाँहाँ छन् त्यही त्यँही ब्यवस्था गरेर राख्ने निर्णय गर्दछ । त्यही निर्णय गर्ने मन्त्रीले आफ्ना जिल्लाकालाई बसको ब्यवस्था गरी पटाऊछ । जो उसका भोटर होइनन्ति, नीहरू प्रति उसको जिम्मेवारी होइन छैन ।

प्रचण्डलाई कोरोनासम्बन्धि कुनै मतलव छैन । केवल सरकारमा कसरी पुग्ने हो भन्ने छ । उनले देखाएका चमत्कार झन् अनौठा छन् । पार्टीभित्र गुटका भेलाहरू ग(यो, ओली भारतको प्रीय पात्र भएकाले भारतीय प्रभुले आफ्नो भजन सुन्दैन भन्दै शेरबहादुर जस्तै बोलेको केही नबुझिने भजन अंग्रेजीमा चिट्टी लेखी चीन पठाउनु ,चीनले जो सरकारमा छ, त्यसैलाई समर्थन गर्छ भन्ने समेत थाहा नपाउनु , सुत्केरी, वृद्धवृद्धा, लालाबालासहित बाटोमा पानीसम्म खान नपाएर एकातर्फ मजदुरहरू हिडिरहेका छन् । अर्कोतर्फ धमला जस्तो दलाल पत्रकारलाई बोलाई बिहान, मासु भात, दिउँसो मौसम अनुसारको फलफुल, जुस र इच्छा अनुसारको खाजा तर बेलुका हल्का खान खान्छु । लकडाउन छ परिवारसंगै रमाइलो गरेर दिन जान्छ, फुर्सत पनि छ, रमाइलो पनि हुन्छ, छतमा दाउराले पकाउने गरेको छु ,दाउराले पकाएको मीठो पनि हुन्छभन्ने अन्तरवार्ता दिन्छन् । उनको दैनिकीको बयानले यो महामारीबाट बच्न कति सहयोग हुन्छ ? यस्तो तुच्छ मानिसबाट जनताले पाउने के हो ?

ओलीको तानशाह बन्ने ठूलो धोको छ । उनले अयोग्यहरूको एउटा टोकरी बनायका छन् । यसले गरेका सबै कुकृत्य उनी उत्कृष्ट मान्छन् । प्रधानमन्त्री देशको अविभावक हो । पार्टीमा आफू अल्पमतमा पर्ने देखेपछि आध्यदेशद्वारा नियमनै फेरि दिए। सचिवालयको बैठकमा खुलै भनिदिए अरू पार्टी फोड्न यस्तो बिधेयक ल्याएको हो । झलनाथ, माधब, बामदेवहरू ओलीलाई तर्साउन प्रचण्डसंग मिले जस्तो गरेका हुन् । अब ओलीले फुटेर जए जा भन्ने किसिमले आए झलनाथ, माधव, बामदेवले कुनै हालतमा पनि पूर्व एमाले फोड्दैनन् । रामबहादुर थापाको गुट पनि अब प्रचण्डसँग रहदैन ।

नेपाल कम्युनिष्ट पार्टीलाई पहिला नै प्रतिबन्ध लगाएका छन् । काग्रेसले बिरोध गर्ने नैतिकता नै गुमाएको छ । अबको लडाई ओलीको दलाल पुँजीवादी फाँसीवाद र नेपाली क्रान्तिकारी जनताबीचको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपामा ओली प्रचण्ड जस्ता मान्छेमात्र छैनन् । दश वर्षे जनयुध्दको ठूलो समूह छ । सहिद परिवार जनहरू छन्, बेपत्ता परिवारजनहरू, घाइते अपाङ्गजनहरू, पूर्व एमालेका इमान्दार युवा जनहरू छन् । यिनीहरू आजीवन ओली वा प्रचण्डको पछि लाएर मात्र बस्ने छैनन् । कोरोना महामारीले लाखौ लाख मजदुर किसानहरूलाई सचेत गराएको छ । नेपाल कम्युनिष्ट पार्टीहरू आआफ्नै ढङ्गले अघि क्रान्तिमा बढिरहेका छन् । हुने भनेको ध्रुबिकरण हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा फुट्दा पनि फुट्दैन फुटे पनि केही अर्थ हुदैन । तानाशाहको जन्म हुने वा जनताको सत्ता स्थापना हुने यस्तै सङ्कटको समयमा हो । नेपाली जनताको चेतनाले ओलीको तानाशाह आउने सम्भमवना नै छैन। फेरि काग्रेसको उदय हुन सक्दैन । भइहाले पनि त्यो क्षणिकमात्र हुन्छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रका क्रान्तिकारीहरू पनि अब निष्कनु पर्छ । अब कुनै टुटफुटबाट होइन, कम्युनिष्ट आन्दोलन ध्रुबीकरणले मात्र जनताको मुक्ति सम्भव छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।