कविता : कोरोनाको कहर

बिना हात हतियार
बिना शस्त्रअस्त्र
बिना बम, बारुद
आएको छ यो विध्वंसकारी कोरोना
विध्वंस मच्चाउन
अत्यन्तै शक्तिशाली बनेर
संसार बिजेता बन्छु भनेर
मान्छेहरूको
अस्तित्व सिध्याउन भनेर
प्रहार गर्न
आएको छ
मृत्युको दुर्गन्ध बोकेर
कोरोना भाइरस

मान्छे मान्छेका बिचको
सुमुधुर सम्बन्धका पर्खालहरु भत्काउन
महामारीको रुप लिएर
आएको छ
मान्छेका बस्तिहरुमा
आफ्नो साम्राज्य फैलाउन
सन्त्रास मच्चाउन
आएको छ
मृत्युको दुर्गन्ध बोकेर
कोरोना भाइरस

सन्सारभर
गर्न खोज्दैछ राज
लाखौं करोडौंमा
जन्मिरहेको छ उसैगरी
जसरी जन्मेका थिय
देवताको युगमा
मधु र कैटब
अमृतपान गरेर देवताको युगमा

न जातभात हेर्छ
न धनी गरिब हेर्छ
चीत्कार र रोदन बोकेर
डुलेको छ कोरोना
सन्सारभर
साम्राज्य फैलाउन
दुखाएर मन र मुटुहरु
रोपेर बियोगका चोटहरु

मठमन्दिर हरु बन्द छन
बन्द छन गुम्बाहरु चैत्यहरु
बन्द छन मस्जिद र मक्कामदिनाहरु
शहर शून्य छ
बजार बन्द छ
मान्छेहरू घरमै बन्दी छन
उ भने हिडिरहेको छ हजारौं माइलको यात्रा
मृत्युलाइ साथमा बोकेर

ए मान्छेहरू
नखोल घरका दरबाजाहरु
कौसिका आखिझ्यालहरु
नजाउ वल्तिरर पल्तिर आफन्तहरुकहा
बरु जाउ हावामा कावा खान
उडेर पन्छी झै कल्पनाको दुनियाँमा
अन्कामाल गर रुख र बुट्यानलाई
स्पर्श गर झारपात र फूलहरुलाई
छुदै नछोउ
मृत्यु बोकेर आएको कोरोनालाई
यतिबेला
पल पल सचेत बन्नुछ
सावधानी आपनाउनु छ
परास्त गर्नुछ कोरोनालाइ

भत्काउदैछ सामाजिक लयहरु
जिउदाको जन्ती र
मर्दाको मलामी का साथहरु
एक्ल्याउदै संसारबाट मान्छेलाई
यो नरसंहारकारी कोरोना
यो विध्वंसकारी कोरोना
डुलिरहेको छ
मृत्यलाई साथमा बोकेर

त्यसैले
तिम्रो बस्तिमा उसलाई छिर्नै नदेउ
तिम्रो बस्तिमा उसलाई बस्न नदेउ
साबधान भएर बस
चढेर आत्मविश्वासको चुचुरो

यतिबेला
सिमाना छिचोल्ने असफल प्रयासमा
मृत्युलाई साथमा बोकेर
भौतारिरहेको छ कोरोना भाइरस
बोकेर बीभत्सता
रोदन र क्रन्दन
सारा बिश्वलाई आशुको पोखरीमा डुवाएर
आउन खोज्दै छ तिम्रो बस्तिहरुमा
त्यसैले त
लगाउ तिम्रो आगनको तगारो
मनका बारीहरुमा बलियो बार बारेर
जोगाउनु छ सुदुर जीवनको अस्तित्व
जोगाउनु छ मानवको अस्तित्व !

पोखरा ४ गैरापाटन, २०७६ चैत्र १९