संकट होस् कि सहज, घरमै तरकारीका लागि खेतीफुड

अहिले विश्वमै धेरै मानिस संकटमा छन् । नेपालीले पनि पाँचौं दिनको लकडाउन व्यहोरिरहेका छन् । यस्तो संकटमा घरबाट निस्किनै नपाउँदा होस् कि सामान्य अवस्थाको व्यस्तता । खेतीफुड सहरी जीवनको सहयात्री बनेको छ ।

अर्गानिक र स्थानीय तरकारी घर घरमै पु¥याउने यो कम्पनीका कर्मचारीको व्यस्तता अहिले बढेको छ । डब्लुडब्लुडब्लु डट खेतीफुड डटकममार्फत् अर्डर गरेपछि तरकारी घरमै आइपुग्छ । काठमाडौ र पोखरामा कम्पनीले सेवा दिइरहेको छ । यसका सञ्चालक तुलसी गिरी कोरोना संक्रमणको त्रासका बेला सुरक्षित उपाय अपनाएर सेवा दिइरहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले सेवाका क्रममा सुरक्षाका सबै उपाय अपनाएका छौं । मास्क, सेनिटाइजर, पञ्जा आदि प्रयोग गरेका छौं ।’

तुलसी र उनकी श्रीमती उषा दुवैले उच्च शिक्षा हासिल गरेका छन् । उच्च शिक्षा हासिल गरेपछि खेतीपातीमा काम गर्न नहुने, विदेशै जानुपर्ने भन्ने मान्यतालाई उनीहरुले चिरेका छन् । उनीहरुले खेतीफुड डट कम र खेतीफर्म डट कम चलाएका छन् । विज्ञान पढेका तुल्सी र समाजशास्त्र पढेकी उषाले जमाना अनुसार प्रविधिलाई व्यवसायको माध्यम बताए ।

खेतीफुडले काठमाडौं र पोखरा र खेती फर्मले अन्य ५ जिल्लामा काम गरिरहेको छ । खेतीफर्मले किसानलाई चाहिने बिऊ, तालिम आदि उपलब्ध गराउँछ भने खेतीफुडले त्यही उत्पादन भएको तरकारी बजारीकरण गर्ने गरेको छ । उनीहरुले प्रत्यक्ष ३० जनालाई रोजगारी दिएका छन् ।
बजार सहकारीमार्फत ४ वर्षअघिदेखि बुधबार र शनिबार रत्नचोकमा हाटबजार चलाउँछन् ।

किसानले उत्पादन गरेका तरकारी आफैंले किनेर ल्याउँछन् । यी हाटबजार र होम डेलिभरीमार्फत् तरकारी उपभोक्तासम्म लैजान्छन् । कोरोनाको सन्त्रासले अहिले हाटबजार बन्द छ । खेती फुडको व्यवस्थापन हेरिरहेकी उषा सुस्वास्थ्य, समय बचत, किसानबाट सिधै उपभोक्तासम्म पहुँच र आर्थिक बचत हुने भएकाले यो क्षेत्रमा क्रियाशील भएको बताउँछछिन् । उनी भन्छिन्, ‘स्थानीय र अर्गानिक विभिन्न जातका तरकारी ग्राहकको घरसम्मै लैजान्छौं । किसानका समस्या समाधान र हाम्रो पनि जीवनयापनको उचित मार्ग बनेको छ खेतीफुड ।’