नर्सिङ लाइसेन्स पास गर्न तीन लाख घुस !

- नर्सिङ काउन्सिलका रजिस्ट्रार र सदस्य भन्छन्– बदनाम गर्न खोजियो

नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै काउन्सिलकी सदस्यले विद्यार्थीसँग घुस मागेको च्याट बाहिरिएको छ ।

फेसबुक म्यासेन्जरको च्याटमा केही महिना अघिमात्र काउन्सिलको सदस्यमा निर्वाचित जिता बरालले विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराउन घुस मागेको देखिन्छ ।

जिता बरालकै म्यासेन्जरमा घुसको बार्गेनिङ भएको छ । जहाँ रजिष्ट्रार विन्दा घिमिरको नाम समेत जोडिएको छ । जिताले नै विन्दासँगको सम्बन्ध राम्रो भएको भन्दै ती विद्यार्थीसँग बार्गेनिङ गरेको च्याट हिस्ट्रीमा पढ्न सकिन्छ । अहिले समाजिक सञ्जालमा जिता बरालसँगको उक्त कुराकानीको च्याट भाइरल बनेको छ ।

च्याटमा जिताले कुरा गरेकी विद्यार्थीले काउन्सिलको २४ औँ परिक्षाबाट लाइसेन्समा उत्तिर्ण भएकी छिन । च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने बताएकी छिन । उनले तीन लाख मध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरेले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छिन । उनले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । उनले चुनावमा उठेको र आफूले सदस्यमा जित्ने भन्दै चुनावी प्रचार सामग्री समेत पोस्ट गरेकी छिन ।

ती विद्यार्थीले जिताको नाममा एकै पटक २ लख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ । जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन । जहाँ २ लाख ५० हजार अहिले नै हालेको र ५० हजार पछि दिने प्रतिवद्धता जनाएकी छन । २४ गते लाइसेन्सको नतिजा सार्वजनिक भएसँगै यो च्याट बाहिरिएका कारण यसमा धेरै सत्यता रहेको पाइन्छ । ती विद्यार्थीसँग जिताले बाँकी ५० हजारका लागि ताकेता गरेपछि यो च्याट सार्वजनिक गरेको सहजै अनुमान गर्न सकिन्छ । जिता नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी व्यक्ति हुन ।

केही दिनअघि भएको नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा ८८ दशमलब ५ प्रतिशत नर्स उत्तीर्ण भएका थिए । २४ औं लाइसेन्स परीक्षामा ४ हजार ९६० जना सहभागीमध्ये ४ हजार ३९० जना नर्स उत्तीर्ण भएका हुन् । परीक्षामा ५ सय ७० जना नर्स अनुत्तीर्ण भएका थिए ।
यसैबीच नेपाल नर्सिङ संघले विज्ञप्ति निकालेर सत्य, तथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । विज्ञप्तिमा संघ अध्यक्ष प्रा मनकुमारी राई र महासचिव नर्वदा थापाले हस्ताक्षर गरेका छन् ।

यस्तो छ फेसबुक च्याट

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।