ताजा समाचार

कार्तिक २२ गते २०७६

विवाद-गुट-अन्तर्घात अन्त्य गर्ने ‘खेमराज’, सन्त नेता पनि ‘खेमराज’

नेपाली कांग्रेसको प्रत्येक गतिविधिमा विवाद हुने गर्दछ । पार्टीमा भागवण्डा नमिल्दा दर्जनौं विभागहरू अझै रित्तै छन् । यस्तै प्रत्येक चुनावमा उम्मेदवारको भागवण्डा नमिल्दा रडाको हुने गर्दछ ।

यस पटकको उपनिर्वाचनमा पनि यस्तै रडाको मच्चियो । उम्मेदवारको टुंगो लगाउन निकै सकस भयो । कास्की–२ का लागि मात्र १६ जना आकांक्षी थिए ।

कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकमा यस्तै रसाकस्सी हुँदै गर्दा जब कास्कीका पूराना र पाका नेता खेमराज पौडेलको नाम आयो तब सबै चूप लागे । कोही नेता बोल्नै सकेनन् ।

खेमराजको नाम सभापति शेरबहादुर देउवाले उच्चारण गरेका थिए । यसअघि देउवा धनराज गुरुङको पक्षमा थिए भने देउवा इतकार नेताहरू देवराज चालिसेको पक्षमा ।

यी दुवै नेतामा सहमत नभएपछि सभापति देउवाले खेमराजको नाम लिएका थिए । खेमराजको नाम देउवाले लिने वित्तिकै अन्य नेताहरू केही नबोली उम्मेदवार छान्ने जिम्मा उनै देउवालाई सुम्पदैं बैठक छाडेर बाहिरिएका थिए ।

Image may contain: one or more people, crowd and outdoor

कांग्रेसका उपसभापति बिमलेन्द्र निधि भन्छन्, ‘बैठमा खेमराज पौडेलको नाम आउने वित्तिकै सबैको मुखमा बुझो लाग्यो । कसैले विमत्ति जनाएनन् ।’

खेमराजले यतिबेला पार्टीको गुटवन्दी, विवाद र अन्तर्घात अन्त्य गर्न सफल भएको उपसभापति निधिको दावी छ ।

नेता निधि भन्छन्, ‘खेमराजलाई टिकट दिनु पार्टी इतिहासकै महत्वपूर्ण निर्णय हो । यसले पार्टीभित्र र विपक्षीबाट समेत प्रशंसा भएको छ ।’

यता, खेमराजले टिकट पाएको सुन्ने वित्तिकै कास्कीमा पनि उत्साह छाएको थियो । कहिले कुन, कहिले कुन व्यक्ति नाममा समाचार आइरहँदा निराश बनेका कास्की कांग्रेसका नेता, कार्यकर्ताको मुहारमा एकाएक खुशी छायो । यो चुनावका आकांक्षीहरू पनि उत्साहित भए । उनीहरू सबैले ‘ढिलो आयो, कडा आयो’ भन्ने अभिव्यक्ति दिए ।

खेमराजले टिकट पाउँदा कास्की कांग्रेसका सभापति कृष्ण केसी त झन निकै हौसिए । सभापति केसीको मुहारमा चुनाव नै जितेजस्तो खुशी छायो । उनले दिलो ज्यान दिएर खेमराजलाई जिताउने अठोट गरेका छन् ।

Image may contain: 6 people, hat and outdoor

पार्टीका केन्द्रीय सदस्य जीवन परियारले खेमराजलाई सन्त नेताको संज्ञा दिए ।

यस्तै कास्की कांग्रेसका पूर्व सभापति यज्ञबहादुर थापाले खेमराज उम्मेदवार बन्दा सबै भन्दा बढी आफू उत्साहित भएको भन्दै जसरी पनि जातउन लाग्ने प्रतिवद्धता जनाए ।

यस चुनावमा सबैभन्दा बढी दाबेदार मानिएका थिए देवराज चालिसे । टिकट नपाए पनि उम्मेदवारी मनोनयनमा खेमराजको समर्थक बसे । उनले खेमराजको अद्योपान्त चर्चा गरे ।

यस्तै अर्का दावेदार मानिएका शोभियतबहादुर अधिकारी खेमराजको प्रस्तावक बने ।

उम्मेदवार खेमराज सबैका ‘गुरु’ बनेका छन् । उनका धेरै नै चेला छन् । उनलाई विपक्षीबाट कतिपयले ‘बुढा’ भनेर संज्ञा दिए पनि गुरुले अवसर पाएकोमा खुशी प्रकट गरे ।

यसको रौनक बिहीबारको उम्मेदवारी मनोनयन अघिको र्याली र त्यसपश्चात्को सभामा बोल्ने कसैले पनि खेमराजको चर्चा गर्न कन्जुस्याइँ गरेनन् ।

को हुन् खेमराज ?
खेमराज पौडेल लामो समयदेखि काँग्रेसमा निरन्तर रुपमा लागि रहेका नेता हुन् । उनको बीपी कोइरालासँग पनि राम्रो सम्पर्क र चिनजान थियो भन्ने गरिन्छ ।

पञ्चायत र सशस्त्र युद्धका क्रममा पार्टी अप्ठ्यारोमा पेरका बेला उनले कास्कीमा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

७४ वर्षमा चल्दै गरेका पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् । कास्की पुम्दीभुम्दी निवासी उनले लामो समय पोखराको प्रौढ माध्यमिक विद्यालय (हालको नवप्रभात मावि) स्थापना गरी शिक्षण पेशामा अँगालेका थिए ।

उनले शिक्षण पेशाबाट अलग्एिपछि भने कास्की कांग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारी समेत सम्हालेका थिए । त्यसपछि कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति भएका थिए ।

Image may contain: 11 people, crowd and outdoor
Image may contain: 2 people, crowd and outdoor