यसरी बन्दैछ पोखरा रंगशालाको फुटवल मैदान (फोटो फिचर)


पोखरा रंगशालास्थित फुटवल मैदानको काम धमाधम भइहेको छ । मैदान निर्माण कार्य दूवो रोपन बाहेक लगभग सकिएको छ ।

मैदानको १ चौथाई भागमा दूबो समेत रोपिसकिएको छ । अन्य दूवो आउनेक्रममा छ ।

मैदानको रहेको धावनमार्ग पिच गर्ने काम धमाधम भइरहेको छ । अब लगत्तै धावनमार्गमा रंगरोगनको काम हुनेछ । सागलाई लक्षित गरि फुटवल मैदान निर्माणको काम भइरहेको बताइन्छ ।

सागका लागि १० हजार दर्शक अट्ने प्याराफिटसहितको फुटवल मैदान तयार हुने बताइन्छ । सम्भवतः पोखरामा महिला फुटवल खेल हुनेछ ।

दर्शक प्याराफिटको जग खन्नेक्रम शुरु भएको छ भने भिआइपी प्याराफिटको डिपिसी उठाउने काम सकिएको छ । भिआइपी प्याराफिट घाम र पानी ओत्ने र दर्शक प्याराफिट खुला बन्ने बताइन्छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं