ताजा समाचार

भाद्र ६ गते २०७६

रवि लामिछाने आइतबार रिहा होलान् ?

यतिबेला चर्चित सञ्चारकर्मी रवि लामिछाने चितवन प्रहरीको हिरासतमा छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका उनी ९ दिनदेखि प्रहरी हिरासतमा भएका हुन् ।

उनलाई प्रहरीले २ पटक ५/५ दिन म्याद थप गरि अनुसन्धान गरिरहेको छ । उनी पक्राउ परेसंगै देशभर आन्दोलन भएको छ । चितवनकै कुरा गर्ने हो भने दिनदिनै आन्दोलन भइरहेको छ ।

उनलाई भेट्न विभिन्न राजनीतिक लगायत अन्य क्षेत्रका व्यक्ति चितवन पुगेका छन् । यसैक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि चितवन पुगेर रवि लामिछानेलाई भेटेका छन् । आइजिपी खनाल रवि र चितवनको अवस्था बुझ्न चितवन पुगेका हुन् । उनको यो भेटलाई महत्वका साथ हेरिएको छ ।

खनालले रविलाई भेटेर पुडासैनीको घटनाको अनुसन्धानमा सघाउन आग्रह गरेका थिए । जवाफमा रविले पुडासैनी मृत्यु प्रकरणमा प्रहरीलाई सघाउन आफू पूर्ण प्रतिवद्ध रहेको बताएका थिए ।

रविको प्रतिवद्धता, जनआक्रोश र दवाव आइजिपी खनालले बुझेसंगै रवि आइतबार रिहा हुने धरैले अनुमान गरेका छन् ।

रवि आइतबार सामान्य धरौटीमा रिहा हुन सक्ने अनुमान गरिएको छ । रविसंगै पक्राउ परेका अन्यको भने अझै म्याद थप हुन सक्ने बुझिएको छ ।


Loading...