आजको पञ्चांग
आज मिति २०७५ चैत्र २५ गते सोमबार, इस्वीसंवत अप्रिल ८ तारिक सन् २०१९, श्रीशाके १९४०, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको तृतीय तिथि रहनेछ । आज नक्षत्रमा भरणी, विष्कुम्भादि योगमा प्रीति आनन्दादि योगमा चर र करणमा बणिज रहेको छ ।
सूर्य मीन राशिमा छन्, चन्द्रमा आज पनि मेष राशिमा रहनेछन् । आज दिनमान ३१ घटि २७ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४९ मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर २४ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (Aries) : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज समय खराब छ । परिश्रम गरे अनुसार प्रतिफल प्राप्त नहुँने हुनाले काम गर्न मन लाग्ने छैन । पढाई लेखाईमा भनेजस्तो नतिजा आउँने छैन । व्यापारमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा आर्थिक पाटाहरु बिग्रनेछन् । दाजुभाईसँग मनमुटाव बढ्नेछ भने स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउँन सक्छ खानपानमा ध्यान लिनुहोला ।
बृष (Taurus) : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समय शुभ छ । नयाँ काम पाउने तथा नोकरीमा बढुवाको सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्य आम्दानी गर्न सकिनेछ भने नयाँ प्रकृतिको काम गर्ने वातावरण बन्नेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अघि बढ्दा राम्रो हुनेछ ।
मिथुन (Gemini) : का, कि, कु, घ, ङ, छ, के, को, ह
आज समय खराब छ । वृष राशिको चन्द्रमाको प्रभावले व्यापार व्यावसायमा प्रसस्त समय दिए पनि आम्दानी थोरै हुनेछ । काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ किनकि समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई पनि तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा अबिश्वास बढ्नेछ भने स्वास्थ्य सम्बन्धी समस्या आउने देखिएको छ ।
कर्कट (Cancer) : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज समय शुभ छ । अध्ययनको शिलशिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर मन शान्त रहनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा सेवा प्रवाह गर्नेलाई रिजाए महत्वपूर्ण काम लिन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय पनि रहेको छ । सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ ।
सिंह (Leo) : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज समय समान्य छ । लाभ हानी दुवै बराबर हुने समय छ । त्यसैले आज नयाँ कार्यको थालनी, महत्वपूर्ण निर्ण गर्नुहोला । कामहरु स्वतस्फुर्त रुपमा अघि बढ्नेछन् । व्यापार व्यावासाय सामान्य फस्टाएर जाने देखिन्छ । वृष राशिमा चन्द्रमाको प्रभावले आज विशेषगरी राजनीतिज्ञ तथा समाजसेवीहरूका लागि समय शुभ रहेको छ । आज उत्तर दिशाको यात्रामा नजानुहोला ।
कन्या (Virgo) : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज पनि समय राम्रो छैन । परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा विश्वास गरेकैबाट धोका हुनेछ ।
तुला (Libra) : र, रि, रु, रे, रो, ता, ति, तु, ते
आज स्वास्थ्य राम्रो रहनेछैन । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नजाने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरुसँग सैद्धान्तिक मतभेद रहनेछ ।
बृश्चिक (Scorpio) : तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज पनि समय शुभ छ । आफन्त तथा आमाबाट काममा सहयोग पाईने हँुदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँदा पद प्राप्तिको योग रहेकोछ । अध्ययन तथा अध्यापनमा विगतमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा देखिएका तित्तताहरूरु चिर्दै अगाडि बढ्न सकिनेछ ।
धनु (Sagittarius) : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आज समय भरोषा गर्न योग्य छैन । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मकर (Capricorn) : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आज पनि स्वास्थ्य राम्रो रहनेछैन । अवसरवादीले फँसाउन खोज्नेछन् ख्याल गर्नुहोला । सरकारी तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला किनकि आज तपाईको खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । नीतिनिर्माण तहमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपरे पनि विपक्षीहरूबाट तीब्र आलोचना हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ ।
कुम्भ (Aquarius) : गु, गे, गो, सा, सि, सु, से, सो, द
आज स्वास्थ्य भरपर्दो रहनेछैछ । समय पनि खराब छ । दाजुभाई तथा छिमेकीसँग आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गर्नको लागि केही समय पर्खनुनै उचित हुनेछ । अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनोबल कमजोर रहनेछ । छोटो दुरीको व्यावसायिक यात्रा हुँने भए पनि उपलब्धि भने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिँदा प्रतिस्पर्धीहरु हावि हुनेछन् ।
मीन (Pisces) : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आज समय शुभ छ । शिक्षित तथा बौद्धिक ब्याक्तित्वसँग आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा भनेजस्तै, सोचेजस्तै नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनीको माध्यामबाट काम बन्नेछ । व्यापार व्यावसायमा लगानी बढाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । आकस्मिक लाभ हुने हुँदा समस्याहरू स्वतः हटेर जानेछन् ।
आजको साईत, बारवेला र राहुकाल समय
साइत : आज चन्द्रमा मेष राशिमा रहने भएकाले उत्तर बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन ।
आज सोमबार पूर्व दिशाको यात्रा सकभर नगर्नुहोला । किनकि ज्योतिषशास्त्र अनुसार सोमबार पूर्व दिशाको यात्रा गर्नु शुभ मानिंदैन । आज पूर्व, दक्षिण र पश्चिम दिशाको यात्रामा वाध्यतावस जानै परे घरको मूल ढोकामा चोखो जलले भरिएका तामाका भाँडामा २ वटा घडा राखेर पवित्र फूल चढाउनुस् र घर नजिकैको मन्दिरलाई दाहिने पारी परिक्रमा गरेर हिंडेमा यात्रामा द्वोष लाग्ने छैन ।
बार बेला (सूर्योदयदेखि सूर्यास्तसम्म)
बिहान ५ः४९ बजेदेखि ७ः१९ बजेसम्म अमृत बेला
बिहान ७ः१९ बजेदेखि ८ः४९ बजेसम्म काल बेला
बिहान ८ः४९ बजेदेखि १०ः१९ बजेसम्म शुभ बेला
बिहान १०ः१९ बजेदेखि ११ः४९ बजेसम्म रोग बेला
दिउँसो ११ः४९ बजेदेखि १ः१९ बजेसम्म उद्धेग बेला
दिउँसो १ः१९ बजेदेखि २ः४९ बजेसम्म चर बेला
दिउँसो २ः४९ बजेदेखि ४ः१९ बजेसम्म लाभ बेला
दिउँसो ४ः१९ बजेदेखि ५ः४९ बजेसम्म अमृत बेला
यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा ७ः३० बजेदेखि ९ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ । )









