नेपाली भाषा मास्न आत्मघाती बल प्रयोग !

नेपालमा सायद १० हजार जनालाई पनि हाम्रो संस्कृति, संस्कार, अध्यात्म, प्रविधि , कर्मकाण्ड , खानपिन ,विज्ञान ,योगविज्ञान, खगोल, ज्योतिष, पर्व चाड, पुराण, वेद , उपनिषद के हो ? किन के कारणले हो भन्ने अत्तोपत्तो छैन, निरक्षर जस्ता नै छन् । तर कुरै नबुझी बिरोध गर्न भने यहॉका मुर्खहरू ३ हात उफ्रन्छन् । आफ्नो ज्ञानलाई अन्धविश्वास भन्दै अपहेलना गरेर आफ्नै आंग कन्याउछन् । हाम्रा सबै व्यवहारको जग संस्कृत भाषा र परम्परा हो तर हामी आफ्नै जगप्रति अनभिज्ञ छौं । हामीमा जो जे संस्कार छ ती सबै वेद, उपनिषद , पुराण र अन्यशास्त्रको शिक्षाको निरन्तरता हो जो औपचारिक पढाई नभएता पनि हाम्रो रक्त कणकणमा जन्मे देखिनै मिसिएर आएको हुन्छ ।

संस्कृत भाषाको अवहेलना गर्नाले नेपालीमा मौलिकता क्षीण हुन पुगेको छ, अस्थिर सोच व्याप्त छ, पहिचान गुमाउदै गएको छ, नेपाली भाषा र संस्कृत भाषामा आधारित यहॉ प्रचलनमा रहेका अन्य भाषाहरू माथि हाम्रो पकड पनि कमजोर हुदै गएका छन् । नेपालीमा न नेपाली भाषा, न अंग्रेजी भाषा राम्रो देखिन्छ । सरकारी भाषा , नेपालीको सरकारी लेखापढी र पत्राचारमा ज्यादै अशुद्ध लेखेर हुर्मत लिएको देखिन्छ । अंग्रेजी त झन् के भन्नु नेपांग्रेजी भन्न पनि सुहाउदैन। यहॉ सबै कन्सल्ट्याण्डकै भरमा अंग्रेजी दस्ताबेज बन्ने गर्छन् । देशको भाषा दह्रो छैन, त्यसमाथि हुर्कदै गरेको नेपाली भाषा मास्न आत्मघाति बम प्रयोग गर्दा मुतको न्यानो लिने संस्कार नेपालीमा विकसित भएको छ । यसरी मुलुकले स्वाधीनता धेरै लामो समयसम्म जोगाउन सक्दैन ।

नेपालीमा न नेपाली भाषा, न अंग्रेजी भाषा राम्रो देखिन्छ । सरकारी भाषा , नेपालीको सरकारी लेखापढी र पत्राचारमा ज्यादै अशुद्ध लेखेर हुर्मत लिएको देखिन्छ ।

संस्कृत भाषा चट्टानको जग हो, जग भत्काएर संस्कारविहीन बन्नमा गर्व गर्ने समाज बर्बादीको मार्गमा कुदेको हुन्छ भन्ने बोध गराउनु अति समयसान्दर्भिक भैसकेको छ । जराविनाको भाषा बेकामको हुने संभावना रहन्छ । भाषा हराउदा नेपालीपन सखाप हुनेछन् । जरालाई सिचौं , हरियाली, फुल, फल र वहार आफै आउने छ । अधम बुद्धि भएकाहरू व्यक्तिका बारेमा कुरा गर्छन्, मध्यम बुद्धि भएकाहरू घटनाको बारेमा कुरा गर्छन् र अब्बल मान्छेहरू विषय र विचारको बारेमा कुरा गर्छन् ।

अधम अरूको कुरामा विरोध गर्छन्, मध्यम अरूको कुरालाई मनन गरेर प्रतिक्रिया दिन्छन् र अब्बल मान्छे अरूको कुरा समेतलाई संश्लेषण गरेर आफ्ना विचार पस्कन्छन् । अधम अरूको विरोधै गरिरहन्छन्, मध्यम कस्को कुरा सही हो भनेर व्यक्तिको बारेमा वादविवाद गर्छन्, अब्बल कस्ले के भन्यो हैन कि भनिएको कुरा के सत्य हो भनेर विषयमा बहस गर्छन् । उदाहरणका लागि हामीले पिउने पानीको बिज्ञानतिर हेरौं- पानी कस्तो कसरी पिउने? १.योगसाधना गर्नेले शरिरको तापक्रम भन्दा +/-४ डिसे सम्म २. विद्यार्थीले +/-८ डिसे सम्म ३. अन्यले +/-१२ डिसे सम्मको। तर सबैले +/-४ डिसे सम्मको मात्र पिउनु अतिउत्तम छ।

धेरै चीसो र धेरै तातो केही पनि नखानु बेस हुन्छ । शरिरको प्राकृतिक तापक्रम प्रणालीलाई अवरोध वा बाधा नगर्ने तापक्रमको पानी वा पेय हुनुपर्छ , चाहिन्छ खानेकुरामा । सकेसम्म शरिरमा हुने पानीको परिमाण जतिकै पानी भएको खानेकुराहरू खानुपर्छ अर्थात ७०% पानी रहेको खानेकुरा । फलफुल र कॉचो खानेकुरामा ९०% पानी हुन्छ र यही शरीरका लागि बेस हो। सुख्खा खानेकुरा केही पनि खानु ठीक हुदैन । पानी धेरै पनि खानु हुदैन , छिनछिनमा पनि खाईरहनु हुदैन । तिर्खा लागेको बेला जति खॉदा तिर्खा मेटिन्छ त्यति मात्र खानुपर्छ। धेरै पानी खानाले ब्रेनमा नुन घटाएर ब्रेन सुन्निने हुन्छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।