भलाद्मी भाषा र भाषण

भाषा अभिव्याक्तिको माध्यम हो । नेपाली भाषा धनी मानिन्छ । यस भाषामा साईनो बुझाउने मामा काका ठूला बा पुसाजु जस्ता शब्द छन् । अंग्रेजीमा यी सबैलाई uncle ले समेट्छ । नेपालीमा हिजो भोली शब्द छन । हिन्दीमा दुबैलाई कलले समेट्छ । अनुकरणात्मक शब्द नानीका शब्द तुक्का उखान टुक्का पनि धेरै छन् । अनारार्थिदेखि उच्च आदारार्थि शब्दहरु पनि छन् । नेपालीमा गाळी गर्ने किरिया खाने शब्दहरु पनि छन् । यस  भाषामा मानिसको उपस्तिथिमा र पछाडि बोल्ने कुरा पनि छन् । कयौ शब्दहरुको समय सापेक्ष सौर्न्दर्य माधुर्य र शक्ती  हराउदै तथा बदलिदै गएको   पनि छ । केही वर्ष पहिले साहुमारा भनेर गाली गर्दा जति घनिभूत हुन्थ्यो अहिले गरिबमारा भन्दा हुने गर्दछ । अहिले अंग्रेजी भाषाको प्रभाव बढदै गएको छ । ठेस लाग्दा “एैअनी” भन्दा पाखे ठहरिने भयले अंग्रेजीमा भन्नको लागि शब्द खोज्न थालिएको छ । भाषा जुनसुकै सिके पनि हुन्छ केही फरक पर्दैन भन्ने पनि छ । नेपालमा सानो जनाउन  स्त्रीलिंग्गी प्रयोग हुन्छ । कयौ भाषिकाको अहिलेसम्म आफ्नो लिपि छैन । देवनागरिक लीपीमा याङ् छ्याङ् जस्ता ध्वनि नआएकाले नयाँ लिपीको विकासको लागि शब्दकोश निर्माणमा लागेको आवस्था पनि छ । यस लेखको उदेश्य भाषाको बेलिबिस्तार गर्ने नभै नेपाली भाषाको मर्मलाई बिगारी आफ्नो हैकमलाई निरन्तरता दिन खोज्ने केही भलाद्मीहरुको कुटिलता र अभिव्याक्तिप्रति परिलक्षित रहेको छ । देशमा धेरै कुरा परिवर्तन भैसकेको छ । समानुपातिक समावेशि गणतन्त्रको अवस्थामा पनि भाषिक रुपमा अपहेलनाको श्रृखला भाषाका चारै सीप जानेका भलाद्मीबाट पिडो थाप्ने काम हुनु बिडम्वना नै मान्नु पर्दछ । यो लेख यीनै विषयबस्तुको सेरोफेरोमा एक दुई फन्का घुमाउन खोजिएको छ ।

” गाई खाने चमारे—-, बलैसंगै लैजान्छु बैनी तिमीलाई—, नुवाकोटकी तामाङ्नी—- जस्ता गीतहरु एक थरि भलाद्मीले गा-यो मन्चमा बस्ने वडे भलाद्मी उठेर नाच्यो अरु भलाद्मीले चाकडीको तालमा ताली बज्यायो । काट्टो खान बोलायो । झुक्काएर रित्तो हात काट्टे भनि डाडो कटायो । बलियालाई डोला बोक्न बोलायो उसलाई र अब जन्मनेलाई समेत डोले घर्तीको थर पनि बोकायो । केही वर्ष पहिलेसम्म केही भलाद्मीले लेख्नै पर्थ्यो- खुईटे दमै , भुट्टी कमिनी । नागरिकताको प्रमाण पत्रमा कुनै भलाद्मीले लेखी दियो- काली रखेल । राखु भन्ने ठाँउमा बस्ने हुदा रखेल भन्ने रहेछन् । पछि अर्को भलाद्मीले रखेलको व्याख्या ग-यो- भोगविलासको लागि राखिएकी महिला र यस अनुसार राखिएको थर । एउटा तोरी भलाद्मीले मजाकको लागि श्रीमतिको कलममा अश्लिल शब्दको नाम लेखी दियो । पेन्सनको लागि नाम बोलाउदा अपमान महसुस धेरै ग-यो । नाम सूधार गर्न लामै झमेला हुने रे । एकजनाले आफ्नी बुढीलाई हजुर भन्न थाल्यो । नजिकैकी आमैले घरै बेचि अन्तै बसाई सरिन् । उनले आफ्नो छोराले पनि भविष्यमा बुहारीलाई हजुर भन्ने ठानिन् । चिल्लीराँडको अर्थ लेख्न एउटा भलाद्मीले एउटा समूहलाई हुकुम दियो ।तिनीहरुले शब्दकोशमा अर्थ खोजि फेला पारे । “छोरा पाएकी तर लोग्ने नभएकी आइमाई ” आ-आफ्नो कपिमा लेखे । तिनीहरुले लेखेको कुरा भलाद्मीको समूहमा पढियो । भलाद्मीहरु एकचोटि अट्टहास गरे । एकथरिका भलाद्मीहरुले गणतन्त्रमा सालेलाई कालेसम्म बनाउन सकेमा नराम्रो हुने थिएन । एक जना दलित दुई जना जनजाति पचास जना अन्य झोकमा एकथरी भलाद्मीले लेख्न लगायो । यसले अन्य शब्द न्यूनबाट वढीमा पदोन्नति भयो । यसले केही भलाद्मी मक्ख परे । एक ठाँउमा एउटा भलाद्मीले याहाँका शिक्षक शिक्षिका के भनेका थिए । एउटा भलाद्मी उठेर विरोध जनाए- शिक्षिका होइन । 

माथिका हरपहरुमा झासमिस झलाकझुलुक आईरहेका शिर्षकका तीन शब्द भलाद्मी भाषा र भाषणलाई यस लेखको पृष्ठभूमि र विगतको कुरा भन्न पाएँ हुन्थ्यो । तर यसो गर्न  सकिएको छैन । हरप लामो भएर मात्र टुक्राएको रहेछ नभन्नु होला । राजाले बोलेको कुरा  कानुन बन्दछ भनिन्थ्यो । संविधानको एक शब्द वा कमाको लागि हाम्रो आन्दोलन जारी छ केही भलाद्मीले भने । ठाँउमा भएको एक शब्दको मूल्य कति धेरै हुदो रहेछ ? शब्द आफैमा निर्जिव हुन्छ । यसलाई जीवन दिने काम भलाद्मीले नै गर्दछ । गोलि बन्दुकबाट र बोली मुखबाट निस्केपछि त्यसैको अधिनमा रहनु पर्दछ भनिन्छ । तर भलाद्मीको त लागेको बानी काहाँ जाने । सूर्यको वरिपरि अन्य ग्रहहरु घुम्दछन । वडे नीति वरिपरि अन्य नीतिहरु घुम्दछन् । वडे भलाद्मीले वर्तमानमा भाषालाई भाषणमा कसरी कुदाइरहेका छन ? एकपटक सोच्नु पर्ने अवस्था छ । भलाद्मीले भाषणलाई सरस बनाउन उखान टुक्काहरुको प्रयोग गर्ने गर्दछन । ती भलाद्मीहरुले उखानको आधा अंश मात्र भन्ने आधा कुन्नी के भनेर छोडने गर्दछन, भन्न नजानेरै हो त ? ” काम कुरो एकातिर कुम्लो बोकि—–” ” आफु मरे कुन्नी के राजा ” ” खाउ भने दिनभरिको शिकार नखाउ—-” । खाली ठाँउ भर्ने काम साना भलाद्मीको हो त ? नजानेको भए प्रयोग नगर जानेको भए सबिस्तार गर ।

एउटा कुकुर अहिले  सोफामा बस्दा पनि एक फन्को घुमेर बस्दछ । यो संष्कार उसले आफ्ना पुर्खाबाट लिएको ठानिन्छ । यस्का पुर्खाहरु जंगलमा बस्ने गर्दथे । जंगलमा अग्ला अग्ला घासहरु मार्न यसो गर्नु आवस्यक थियो । भलाद्मीको भलाद्मीपन कोटमा र नोटमा मात्र खोजिदैन बरु सम्पूर्ण जीवनशैलीमा खोजिन्छ । यहाँ केही उखान टुक्काहरु छन जसको प्रयोग भाषणमा भैरहन्छन् । “तिललाई पाहाड बनाएको” एउटा भलाद्मीले अर्कोलाई भलाद्मीलाई आरोप लगाउँछ । कि यो विषय हुँदै होइन भन्नु प-यो हो भने यो सोह्रै आना गलत प्रयोग हुन्छ । पाहडको तुलनामा तिलको दाना शुन्य नै हो । ” अरुको आगमा जुम्रा देख्ने आफ्नो आगमा भैसी नदेख्ने ।” मानिसको शरिरमा भैसी कसरी अड्दछ ? साहित्यमा अतिसयोक्तिको रुपमा प्रयोग हुने उखानलाई भलाद्मीले आफ्नो पेसामा प्रयोग गर्दा मेल खादैन । यदि प्रयोग हुन्छ भने यो हावादारी बन्न जान्छ । नेपाली भाषाका कयौ शब्द अब संग्राहलयमा राख्नु पर्ने भैसकेका छन् । तीसौ वर्ष  पहिले प्रयोग गरि ताली खाएका शब्दहरु अहिले गाली खाने भएका छन ।शब्दकोश सधै प्रयोगमा आउने पुस्तक हो भन्ने सम्झनु गलत हो । शब्दकोश र भलाद्मी दुबैलाई परिमार्जन गर्न आवस्यक भैसकेको छ । भलो कामको सुरुवात माथिबाट गर्नु पर्दछ । तिमीहरुको भाषण भोली कोटेशन बनाएर गुह्य धनको रुपमा प्रयोग गर्न सकियोस् । भाषण गर्नु अघि के कस्ता च्वाकिला शब्द पदावली र उखान प्रयोग गर्ने हो भनेर सोच्दा म अग्लै कुर्सिमा बसेको छु भन्ने कुरा पनि नबिर्सनु होस् । भलाद्मी भाषा र भाषणलाई एक पटक मिस्चरमा हाली राम्रेरी अन्तरघुलन गर्नु पर्ने हो कि ? चेतना भया । अस्तु ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।