जीवन पैसाका लागि होइन

गाउँबाट शिक्षा आर्जन र भविष्य खोज्य सहर झरेका युवायुवतीमा अनेक रंगिन सपना हुन्छन् । उच्च तहको अध्ययन, सहरमा घर, गाडी, सुखी परिवार, सके गाउँका बाआमा र गाउँलेलाई पनि भरथेग । यसरी सहर पस्ने धेरैका सपना विस्तारै हराउँदै जान्छन्, थोरैमात्रै सपनाको सिंढीसम्म पुग्छन् । जो पुग्छन्, तीमध्ये पनि अधिकांशले पुरानो धरातल बिर्सन्छन् ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, रापाकोट, सिरिन्डाँडाका युवराज पौडेल (अर्जुन) भने यसका अपवाद हुन् । गाउँबाट पोखरा झरेपछि उनले एकैपटक डेन्टल र मानविकी संकाय पढे । २ तिरको पढाइसँसँगै दिउँसो काम पनि उनी भ्याउथे । अर्जुन सम्झिन्छन्, ‘अलि अलि संघर्ष गरियो । कहिलेकाँही खाना खाने फुर्सद पनि मिल्थेन । निद्राको कुरै नगरौं ।’

राधाकृष्ण मन्दिर उद्घाटन समारोहमा अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्याल ।

३२ वर्षे यी युवाको आँखामा विदेशको सपना कहिल्यै आएन । दिनरात मेहनत गर्ने उनीसँग सामान्य युवाले सपना देख्ने सबैजसो उपलब्धि छन् । पोखरामा घर, आफ्नै गाडी, सुखी परिवार, जीवन राम्ररी धान्न पुग्ने आम्दानी पनि ।

समय दिए पैसा कमाउने धेरै बाटा उनले अघिपछि देखेका छन् । तर उनी भन्छन्, ‘पैसा त अघिपछि नै छ तर बाच्ने पैसाका लागि होइन । समाज, मानव र आफ्नो खुसीका लागि पनि केही उपकारी काम गरौं भन्ने लाग्छ ।’ अर्जुनको स्याङ्जाको गाउँ सिरिन्डाँडा ठूलो गाउँ हो । गाउँमा करिब १ सय २० घर छन् । युवा गाउँ छाडेर सहर र खाडीतिर भए पनि घर त छँदै छन् । अधिकांश बुढाबुढी र बालबच्चा छन् । सक्नेहरुले बालबच्चा पनि पढाउनका लागि भन्दै सहरै लगेका छन् ।

पैसा त अघिपछि नै छ तर बाच्ने पैसाका लागि होइन । समाज, मानव र आफ्नो खुसीका लागि पनि केही उपकारी काम गरौं भन्ने लाग्छ ।

धेरैले सहरको चमकदमकले बिर्सिदै गएको गाउँको उनलाई भने असाध्य माया लाग्छ । उनी समय समयमा गाउँ गइरहन्छन् । उनको गाउँमा शिवकै २ वटा मन्दिर थिए । गाउँले बीचमा वैमनस्य भएपछि गाउँमै एकै देउताका २ मन्दिर बनेका हुन् । उनलाई यो मन परेको थिएन । तर गाउँलेलाई बुझाउनु कम्ती कठिन थिएन । उनले आफन्त, गाउँलेहरुलाई एकै राखे । मानवीय एकता र समाजको शक्तिको व्यख्या गरे । विकासको कुरा सुनाए । पछि बनाइएको मन्दिरमा मुर्ती पनि थिएन, पूजाआजाको व्यवस्था पनि थिएन । मन्दिर नाममात्रको थियो । मन्दिर थियो तर पूजाआजा र भक्तजन थिएनन् । करिब खण्डहर थियो ।

गाउँलेलाई यो कुरा बुझाएपछि उनले प्रस्ताव गरे ः यसलाई अब राधाकृष्ण मन्दिर बनाऔं । शिव मन्दिर अर्काे छँदै छ । अर्जुनको कुरा सबै गाउँलेलाई मन प¥यो । गाउँलेले उनलाई सहमतिमात्र दिएनन्, तन, मन, धनले पनि सघाए । अर्जुन संयोजक बने भने मन्दिर बनाउन ९ सदस्यीय समिति बन्यो । ९ लाख ३७ हजारमा बनेको मन्दिर करिब २ महिनाअघि उद्घाटन भइसकेको छ ।

मन्दिर बनाउन एकै जनाले १ सयदेखि १ लाख ५ हजार ५ सय ५५ रुपैयाँसम्म दिए । अर्जुनकै माइला दाइ मित्रलालले १ लाख १ हजार १ सय ५१ रुपैयाँ दान गरे । उदार दिलका झविश्वर पौडेलले १ लाख ५ हजार दिए । ९६ वर्षकी कलावती पौडेललाई पनि उपकार गर्न मन लाग्यो । उनले १ सय रुपैयाँ मन्दिरलाई दिइन् । उठ्नै नसक्ने कलावतीलाई समितिले मन्दिर उद्घाटन समारोहमा सम्मान पनि गरेको थियो । मन्दिर बनाउन गाउँपालिकाले ७८ हजार २ सय दियो । बाँकी सबै मनकारीले दान गरे । मन्दिरसम्म गाडी नपुग्ने भएकाले सिमेन्ट, वालुवा, सबै बोक्नु प¥यो ।

१० दिन त्यही गएर अर्जुनले सामान बोकें । गाउँको जनशक्तिसहित पोखराबाटै आवश्यक मिस्त्री लगेर काम गरियो । उनले मन्दिरका लागि दौडधूपमात्र गरेनन्, व्यक्तिगत रुपमा २५ हजार पनि हाले । मन्दिर बनिसकेपछि उद्घाटन समारोह पनि उनकै खर्चमा भएको थियो । अहिले मन्दिरमा दैनिक पूजा हुन्छ । मन्दिरमा बिजुलीको व्यवस्था अझै भएको छैन । घरैबाट लगेर काम चलाइएको छ । म्युजिक सिस्टम पनि राख्ने योजना छ ।

हाल चरक अस्पतालमा उपचाररत विपन्न गाउँलेलाई सहयोग गर्दै अर्जुन ।

रापाकोटकै डा. भवानीशंकर पौडेलले सरस्वतीको मुर्ती दिएका छन् । राधाकृष्ण मन्दिर छेवैमा सानो सरस्वतीको मन्दिर पनि बनाइएको छ । अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्याल युवाको पहलमा यस्तो काम हुनु सराहनीय भएको बताउँछन् । उनले भने, ‘यो गाउँपालिकाकै नमुना काम भएको छ । यसरी नै स्थानीय साथ पाए समृद्ध नेपाल बन्न सक्छ ।’ त्यो घरको नक्सा पनि तयार भइसकेको छ । उनी भन्छन्, ‘चाडै काम पनि सुरु हुन्छ । मेरो गाउँपालिका गएका पर्यटक बास बस्नै ठाउँ नै भएन भनी मैले कसरी भन्नु ? सबैको साथको अपेक्षा गरेको छु ।’

पोखरा महानगर मुख्यालय अघि माता मनकामना डेन्टल चलाउने अर्जुनलाई गाउँमा जाँदा एउटा दृश्यले मन निकै छोयो । उनका १ गाउँले गाइड थिए । ती गाइडसँग आएका पर्यटक सुतेको कोठामा पानी चुहिरहेको थियो । गाउँमा आउने पाहुनालाई राख्ने उचित खालका घरै थिएनन् । उनी सोचमग्न भए ः पर्यटक नै नआए गाउँको कसरी विकास होला ?

अर्जुन कवि पनि हुन् । गीत, गजल, कविता मुक्तक लेख्छन् । फाट्टफुट्ट पत्रपत्रिका पनि लेख लेख्न भ्याउँछन् । उनले मौनताका ती आवाजहरु नामको कृति पनि निकालिसकेका छन् । उपचार खर्च नभएका, अप्ठ्यारो परेका गाउलेलाई सहयोग गर्न पनि उनी पछि पर्दैनन् । अर्जुनको कवि मनले अनेक उपाय सोच्यो ।

अन्तिममा उनले निर्णय गरे ः स्कुल छेउमा रहेको आफ्नै जग्गामा पाहुन घर बनाउने । पाहुनालाई राख्न मिल्ने, एचेट बाथरुमसहितको ३ कोठे घर बनाउन उनी लागिपरेका छन् । यसको घरसफाइ र व्यवस्थापन खर्च मात्र धान्ने गरी थोरै शुल्क लिएर पर्यटकलाई बासको चाँजोपाँचो मिलाउने उनको योजना छ । उनी भन्छन्, ‘समाजमा आइपुर्ने हरेक पीडामा मन दु्ख्छ र महलम बन्ने प्रयास गर्छु ।’