असार ६ गते २०७६

ताजा समाचार

प्रविधि

स्याङ्जामा वल्र्डलिंक कार्यालय, मुख्य ठाउँमा फ्रि वाइफाइ

नेपालमा फाइबरमार्फत छुट्टै छवि बनाएको वल्र्डलिंक कम्युनिकेसन प्रालिले स्याङ्जाको सदरमुकाममा नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । स्याङ्जा बजार आसपासका सेवाग्राहीको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा दिने उद्देश्यसहित पुतली बजार नगरपालिका १ मा सम्पर्क कार्यालय खोलिएको हो । पुतलीबजार नगरपालिकाका मेयर सीमा क्षेत्रीले शुक्रबार सम्पर्क कार्यालय सुरुआत गरिन् । मेयर क्षेत्रीले तीव्र गतिको इन्टरनेटका लागि कार्यालय खोलिनु सकारात्मक भएको बताइन् । उनले इन्टरनेको माध्यमबाट विदेश रहेका आफन्तसँग कुरा गर्न मिल्ने… पुरा पढौ

गण्डकीमा इन्टरनेट पहुँच पु¥याउन १ करोड

गण्डकी सरकारले घरघरमा स्तरीय सञ्चार सञ्जाल पु¥याउन १ करोड बिनियोजना गरेको छ । निजी र स्थानीय तहसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारीमा अप्टिकल फाइबरको माध्यमबाट ब्रोडब्यान्ड नेटवर्क विस्तार गरी इन्टरनेटको प्रयोगलाई सरल, सहज, सर्वसुलभ र पहुँचयोग्य बनाउन १ करोड विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरा १८ स्थित जामुनबोटमा प्रदेश सूचना प्रविधि पार्क स्थापनाका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गर्न पनि बजेट विनियोजन भएको बताए… पुरा पढौ

चीनमा हुने साइबर आक्रमणमा अमेरिकाको हात !

चिनियाँ नेटवर्कलाई लक्षित गरी हुने प्राय साइबर आक्रमण संयुक्त राज्य अमेरिकाका कारण हुने गरेको चीनको नेशनल कम्प्यूटर नेटवर्क इमर्जेन्सी रेस्पोन्स टेक्निकल टिम (सीएनसीईआरटी) ले सोमबार सार्वजनिक एक बार्षिक प्रतिवेदनमा भनिएको छ। ‘ट्रोजन तथा वोटनेट’गतिविधिका आधारमा सन् २०१८ मा चीनको मूख्य भू–भागमा रहेका ३३ लाख ४० हजार कम्प्यूटरमा करिब १४ हजार ट्रोजन वा बोटनेटका कमाण्ड तथा कन्ट्रोल सर्भर (सी एण्ड सी सर्भर) अमेरिकाबाट सञ्चालित रहेको पाइएको सीएनसीईआरटीले प्रतिवेदनमा उल्लेख गरेको छ।… पुरा पढौ

२ सय मुलुकमा इन्टरनेटको यस्तो छ पोजिशन,नेपालमा भने सुस्त

ब्रोडब्यान्ड इन्टरनेटको गतिमा नेपाल २ सय मुलुकमध्ये १ सय ४४औँ स्थानमा छ । विश्वभरका मुलुकको ब्रोडब्यान्ड इन्टरनेट तुलना गर्ने सस्था संयुक्त अधिराज्य बेलायतस्थित ‘केबल डट को डट युके’ले अन्तर्राष्ट्रिय उपभोक्ता अनुसन्धानमूलक परामर्श संस्था ‘बिभिए बिडिआरसी’को सहयोगमा सन् २०१८ मा संयोजन गरेको २ सय मुलुकको तथ्यांकले यस्तो देखाएको हो । नेपालमा २० हजार ८ सय ८७ पटक गरिएको परीक्षणमा इन्टरनेटको औसत गति २ दशमलव ३६ प्रतिशत देखिएको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा… पुरा पढौ

अव हुवावेफोनमा फेसबुक, ह्वाट्सएप, इस्टाग्राम एप प्रतिबन्ध

हुवावेका नयाँ स्मार्टफोनमा फेसबुक, ह्वाट्सएप, इस्टाग्राम एप प्रतिबन्धित हुने भएको छ । फेसबुकले आफ्ना एप अब बन्ने हुवावेका नयाँ फोनमा प्रि-इन्स्टलु व्यवस्था हटाउने भएको हो। कम्पनीका भगिनीसंस्थाका रूपमा परिचित ह्वाट्सएप र इन्स्टाग्रामका एपमा पनि लागू हुनेछ।गत मे महिनामा अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार प्रदायकहरूसँग सहकार्य नगर्न निर्देशन दिएको थियो। यसअघि हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू राख्न नपाउने… पुरा पढौ

नेपाली भू-उपग्रह अब पृथ्वी कक्षमा छाडिने

नेपालको पहिलो भू-उपग्रह यतिबेला अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा रहेको छ । अब उक्त भू-उपग्रह ‘नेपाली स्याट-१’ आउँदो असार २ मा पृथ्वीको कक्षमा छाडिने भएको छ । एक महिनादेखि आइएसएस मा रहेको छ । अब उक्त भू-उपग्रह पृथ्वीको कक्षमा छाडिने भएको हो । अन्तरिक्ष कक्षमा अन्तरिक्षयात्रीहरूले स्याटलाइटका विभिन्न कम्पोनेन्टले काम गरेरनगरेको परीक्षण गरिसकेका छन् । ५ जेठमा अन्तरिक्ष कक्षमा डकिङ भएको नेपाली स्याटलाइट असार २ मा पृथ्वीको कक्षमा छाड्ने तयारी रहेको नासाको… पुरा पढौ

वेबसफ्ट टेक्नोलोजीको यु.के.मा शाखा विस्तार

वेबसफ्ट टेक्नोलोली पोखराले स्थापनाको सातौं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रमका बीच वेबसफ्टले वार्षिकोत्सव मनाएको हो । वेवसफ्टले सफ्टवयर डेभलपमेन्टका क्षेत्रमा काम गर्दै आइरहेको छ । पोखराको सिर्जनाचोकमा प्रधान कार्यालय रहेको वेबसफ्टले सातौं वार्षिकोत्सवको अवसरमा यु.के.मा शाखा विस्तार गरेको छ । सेवालाई थप प्रभावकारी र विस्तार गर्ने लक्ष्यसहित यु.के.मा शाखा विस्तार गरिएको वेबसफ्टका संस्थापक ईश्वरराज चालिसेले जानकारी दिए । यु.के. शाखाको प्रवन्धक सुमन चालिसे छन् । कार्यक्रममा बोल्दै प्रमुख… पुरा पढौ

संसारमा कति छन् वेबसाइट, कतिले चलाउँछन् इन्टरनेट ?

 इन्टरनेट सेवाको विकास र विस्तारसँगै वेबसाइटको संख्यामा पनि भारी वृद्धि भइरहेको एक तथ्यांकले देखाएको छ । संसारभर अहिले वेबसाइडको संख्या एक अर्ब ६७ करोड ८० लाखको हाराहारीमा पुगेको अनुमान गरिएको छ । गत जनवरीको एक तथ्यांकअनुसार विश्वभर १ अर्ब ५१ करोड ८२ लाख वेबसाइट थिए । इन्टरनेट सेवा प्रदायक कम्पनी नेटक्राफ्टका अनुसार सन् २०१४ को सेप्टेम्बरमा विश्वमा वेबसाइटको संख्या पहिलोपटक एक अर्ब पार भएको थियो । सन् २०१७ मा यो… पुरा पढौ

हुवावेमा गुगल एप्स नचल्ने

चिनियाँ मोबाइल कम्पनी हुवावेका मोबाइल फोनमा अब गुगलले निर्माण गरेका केही एप्सहरू नचल्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने कार्यकारी आदेश जारी गरेपछि गुगलले आफ्ना एप्सहरू हुवावेले निर्माण गर्ने मोबाइल फोनमा नराख्ने निर्णय गरेको हो । गुगलको पछिल्लो निर्णयसँगै हुवावेले निर्माण गर्ने फोनमा गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जिमेललगायतका एपहरू राखिने छैनन् । हुवावे फोन प्रयोगकर्ताले हाल चलाउँदै आएका त्यस्ता एपहरू प्रयोग… पुरा पढौ

सरकारले सोमबारबाट देशभर अप्टिकल फाइबर बिछ्याउँदै

देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै छन् । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं