हिजो TelePresence मार्फत गरिएको ऐतिहासिक मन्त्री परिषद बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको छ ।
यसमा हामीले हाम्रो र प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न VPN (Virtual Private Network) प्रयोग गरेका छौं ।
प्रधानमन्त्रीज्यूले सिंगापुरबाट transfer भएको सुचना सर्वप्रथम Encrpyt हुन्छ । Encrypted data cloud मा जान्छ । Cloud बाट TP Server (Tele Presence) ले उक्त data ग्रहण गर्छ । त्यसपछि पुनः decrypt हुन्छ र अन्तिममा Action Room काठमाडौँमा प्राप्त हुन्छ ।
यो प्रक्रियाबाट नै काठमाडौँबाट पठाइने सूचना समेत सिंगापुरमा प्राप्त हुन्छ । त्यसकारण सूचना पुर्णतः सुरक्षित रहन्छ ।
सुरक्षा गोपनियताको आचारसम्हिताका कारण यो भन्दा धेरै जानकारी दिन मिल्दैन । साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौ सामन्य सुरक्षा कवचमा बसेर मन्त्री परिषद जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आंट गर्न सक्दैन ।
यसलाई सामन्य skype call, facebook live, youtube streaming जस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ । (प्रधानमन्त्री ओलीका आइटी विज्ञको स्टाटस)




