समाज

बहुविवाहको अभियोगमा पक्राउ परेका डिएसपीलाई जेल पठाउने आदेश

बहुविवाहको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत, रुपन्देहीले उनलाई थुनामा पठाउने आदेश दिएको हो। आफुविरुद्ध बहुविवाहको जाहेरी परेपछि उनी चार साताअघि आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। प्रहरीकै असई गीता पुरीसँग बहुविवाह गरेको अभियोग उनीमाथि लागेको थियो। असई पुरीलाई पनि थुनामा राखी प्रहरीले मुद्दा अघि बढाएको थियो। उनलाई भने ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। न्यायाधीश चाणकमणि… पुरा पढौ

बलात्कार आरोपमा प्रहरी इन्चार्ज पक्राउ

कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत साउन ३० गते ३२ वर्षीय एक महिलाले बोहराविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा नगर प्रहरी इन्चार्ज बोहरालाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब… पुरा पढौ

जेब्रा झोलाभित्र नवजात शिशुको शवः बाबु पक्राउ

पोखरा महानगरपालिका वडा नं १४ चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा फेला परेको नवजात शिशुको शव प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २०८१ असोज १३ गते साँझ करिब सवा ५ बजे जेब्रा झोलाभित्र फलाटिनको कपडाले बेरी, रातो, गुलाबी रंगको ब्लाङ्केटले ढाकिएको अवस्थामा नवजात छोरा शिशुको शव फेला परेको थियो। सूचना प्राप्त भएपछि तत्कालै जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी टोली घटनास्थल पुगेको थियो। शवलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा… पुरा पढौ

२० वर्षपछि विवाह गर्नेलाई ५० हजार

बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । यहाँ व्याप्त रहेको बालविवाह तथा छोरीलाई नपढाउने प्रचलन न्यूनीकरणका लागि पालिकाले प्रोत्साहन रकम दिन सुरु गरेको हो । आर्थिक वर्ष २०७९÷८० देखि पालिकाले १२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई रु ५० हजार प्रोत्साहन रकम दिन सुरु गरेसँगै स्नातक अध्ययन गर्ने छोरीलाई क्याम्पस भर्ना गर्न रु ११… पुरा पढौ

पोखरा २८ कालिकामा निशुल्क आयुर्वेद शिविर

गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा शनिबार पोखरा २८ को कालिका स्वास्थ्य चौकीमा बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर भएको छ । शिविरमा ४ सय २२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिएको छ । सो शिविरमा १ सय ५ जनाको निःशुल्क सुगर र पिसाब परीक्षण, ३७ जनाको एकांग स्नेहन स्वेदन एवं २० जनालाई कपिंग सेवा पनि प्रदान गरिएको छ । पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखा, कालिका स्वास्थ्य चौकी र माझठाना स्वास्थ्य… पुरा पढौ

नारायण मरासिनीको ‘घैंटीको मूल्य’ बजारमा

कथाकार नारायण मरासिनीको ‘घैंटीको मूल्य’ कथा संग्रह मंगलबार सार्वजनिक भएको छ । गण्डकी साहित्य संगम पोखराले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारीलगायतले कृति सार्वजनिक गरेका हुन् । डा अधिकारीले कथाकार मरासिनीको साहित्यिक सक्रियता प्रशंसनीय रहेको बताए । कथाहरुको समीक्षा गर्दै रामराज रेग्मीले प्रगतिवादी आख्यानका क्षेत्रमा ‘घैंटीको मूल्य’ महत्वपूर्ण प्राप्ति भएको उल्लेख गरे । कथाकार मरासिनीले आफूले देखेभोगेको समाज तथा परिवेशलाई समेटेर कथाहरु तयार पारेको… पुरा पढौ

मानव बेचबिखन कम गर्न सचेतना

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी,… पुरा पढौ

लौ न नि यो केगरेको?

एक जना महिला अंग्रेजी सिक्दै थीइन। आफुले सिकेको भाषा अभ्यास गर्न भेट भएका मानिससंग सके सम्म अंग्रेजिमै बोल्ने प्रयास गर्दथिन। यसै क्रममा फलफुल पसलमा गएर भनिन " गिभ मि अ केजी डिस्ट्रोयड हस्बेण्ड” (give me a kg destroyed husband) भनेर भनिछन। फलफुल पसलेले कुरो बुझ्न सकेन। क्या हो त्यो "डिस्ट्रोयड हस्वेड"? अक्क न वक्क पर्‍यो। त्यस्तो फल त हामी संग छैन भन्यो। ति महिलाले नासपती देखाउदै उ त्यो फल। बल्ल… पुरा पढौ

‘‘जनप्रियको पर्वतीय पर्यटन शिक्षा पोखराका लागि महत्वपूर्ण’

पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण हुनेमा जोड दिइएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस, सिमलचौरद्वारा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रियाका सहभागीले पर्वतीय पर्यटन शिक्षामा जोड दिएका हुन् । अन्तरक्रियामा अवधारणापत्र प्रस्तुत गर्दै उपप्राध्यापक दीपेन्द्र पहारीले पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, पुनहिल, घोरेपानीलगायत स्थानमा पर्यटक जाने भएकाले यी सबै पर्यटकीय गतिविधिले पोखराको पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने… पुरा पढौ

बकुल्लाको बास जोगाउन आग्रह

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास जोगाउन आग्रह गरेको छ । रत्न मन्दिर क्षेत्रमा पर्ने बाराही घाटका बाँसमा आख्लैपिच्छे बकुल्लाले गुँड लगाएका छन् । बकुल्लासहितका पंक्षीको विष्टाले दुर्गगिन्धत भएको भन्दै बेला बेलामा बाँस र बाँसका हाँगा काट्दा चराहरुको बिचल्ली हुने गरेको छ । सम्पदाका अध्यक्ष ठाकुरप्रसाद बराल र महासचिव दिलीप दोषीले नेपाल ट्रष्टको कार्यालय, पोखरामार्फत् ट्रष्टको केन्द्रीय कार्यालयलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं