गण्डकी सेरोफेरो

पोखरा महानगरपालिकाको शुभकामना आदानप्रदान

पोखरा, १४ असोज ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई पुर्नताजकी गर्नका लागि विभिन्न प्रकारका मौलिकतामा आधारित सामाजिक परम्परा र मान्यताहरू स्थापित भएका बताउनुभएको छ । नेपालीहरूको महान् पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा महानगरद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सभ्यताले समृद्ध नेपाली समाजलाई थप ऊर्जावान् बनाउन यस्ता प्रकारका पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मौलिक तथा राष्ट्रिय पर्वहरूको सन्दर्भमा नेपालका पुर्खाहरूले संसार… पुरा पढौ

मन्त्री थापाद्वारा ५ वर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक

पोखरा, १३ असोज । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँच बर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेश सभा ख बाट प्रत्यक्षमा निर्वाचित मन्त्री थापाले विहिवार पोखरामा पत्रकार सम्मेलन गरी आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन् । मन्त्री थापाले निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रण गरेका थिए । सोहि बमोजिम… पुरा पढौ

बागलुङको बडिगाड गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइ सम्पन्न

बडिगाड गाउँपालिकाको आयोजना तथा सर्वसिद्धि मिडिया प्रालिको संयोजनमा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । आर्थिक वर्ष २०७८/८९ को वार्षिक समीक्षा एवं सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीको तर्फबाट गत आर्थिक वर्ष २०७८/७९ गाउँपालिकाबाट सम्पन्न गरेका कार्यक्रम र खर्च विवरणको प्रगति प्रतिबेदन सार्वजनिक गरिएको थियो । गत आर्थिक वर्षको प्रगति समीक्षा गर्न, चालू आर्थिक वर्षको योजनाको कार्यनयनमा मार्गनिर्देशन गर्न, नागरिकका गुनासा… पुरा पढौ

पोखरामा गलकोटेबीच शुभकामना आदानप्रदान

पोखरामा अस्थायी र स्थायी रुपले बस्दै आएका बागलुङको गलकोट घर भएकाहरुबीच आइतबार शुभकामना आदानप्रदान भएको छ । नेपालीका पर्वहरु दसैं, तिहार, छठ, नेपाल संवत लगायतको अवसरमा गलकोट समाज कास्कीले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीले वडाले गलकोट समाजको भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता गरे । १४ नं वडामा समाजको भवन निर्माण भइरहेको छ । १४ नम्बर वडामा मात्र २ सय ५० घर गलकोटे छन्… पुरा पढौ

युनाइटेड क्लबमा फेरि राजुकै नेतृत्व

पोखरा, ८ असोजयुनाइटेड क्लबको अध्यक्षमा फेरि राजु श्रेष्ठ निर्वाचित भएका छन् । क्लबको १३ औं साधारण सभा तथा छैठौं अधिवेशनले फेरि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्वितीय उपाध्यक्ष शान्ताबहादुर थापा, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, सचिव पूर्णकला पोख्रेल र सहकोषाध्यक्षमा सीमा गुरुङ चुनिएका छन् । सन्तोष कार्की, विष्णुकुमार गुरुङ, जयराम आचार्य, पूर्णकुमार श्रेष्ठ, दिवानी सुवेदी, चन्द्रकुमारी पराजुली, शिव… पुरा पढौ

बागलुङका बाटाः बर्खामा बन्द, हिउँदमा खुला

गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन । तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा पर्दै आइरहेका छन् । गाउँमा पुगेका अधिकांश सडक बिना सर्भेक्षण निर्माण… पुरा पढौ

कृष्ण केसीले सुरु गरे धौनिढोका अभियान

पर्यटन अभियन्ता कृष्ण केसीले बिहीबारबाट धौनिकढोका अभियान सुरु गरेका छन् । ११ असोजमा पर्ने ४२ औं विश्व पर्यटन विषयको सन्दर्भ पारेर धौलागिरी क्षेत्रलाई प्रवद्र्धन गर्न योजना थालिएको हो । धौलागिरी, नीलगिरी, ढोरपाटन र कालीगण्डकी अर्थात् धौनिढोकालाई जोड्ने गरी धौलागिरी वातावरणमैत्री पर्यटकीय चक्रपथ बनाउने उद्देश्यले अभियान थालिएको हो । केसीले बिहीबार पोखरा ३१ बेगनास तालदेखि ढोरपाटनसम्म साइकल यात्रा सुरुआत गरे । केसीलाई बागलुङ समाज पोखराले एक कार्यक्रम गरी शुभकामनासहित बेगनासतालबाट बिदाइ… पुरा पढौ

संविधान दिवसको अवसरमा वडिगाडमा दिप प्रज्वलन

आज असोज ३ गते: नेपालको लागि ऐतिहासिक दिन अर्थात संघीय गणतन्त्र नेपालको संविधान जारी भएको आठ बर्षमा प्रवेश गरेको छ । २०७२ साल असोज ३ गते जारी भएको संविधानले ७ वर्ष पूरा गरेर ८ औं वर्षमा प्रवेश गरेको छ ।यस अवसरमा बागलुङ जिल्लाको वडिगाड गाउँपालिकाले कार्यालय परिसरमा दिप प्रज्ज्वल गरिएको छ । जनताबाट निर्वाचित संविधान सभा सदस्यबाट निर्माण भएको संविधानको ८ औं वर्ष प्रवेश गरेको खुसियालीमा दिप प्रज्ज्वल गरिएको गाउँपालिका… पुरा पढौ

भद्रकाली बहुमुखी क्याम्पसमा नयाँ सञ्चालक समिति

पोखरा १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सञ्चालक समिति अध्यक्षमा माधवप्रसाद सिग्देललाई चयन गरेको छ । शनिबार भएको अधिवेशनबाट सदस्यमा जयप्रसाद सापकोटा, शोभाकान्त सिग्देल, विष्णु कार्की, बलराम बराल, भीमप्रसाद न्यौपाने र प्रदीपकुमार लम्साल चुनिए । सो अवसरमा पोखरा १३ का वडाध्यक्ष किरण बरालले क्याम्पसको संरक्षक बन्ने घोषण गरे । १७ वर्ष अमेरिका बसाइमा टिकटिकमा पनि ख्यातिप्राप्त गरेका डा. सन्तोष सापकोटाले टिकटकबाटै प्राप्त एक… पुरा पढौ

फराकिलो मतान्तरसहित पोउवा संघ उद्योग उपाध्यक्षमा केसी विजयी

पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा देबेन्द्र केसी विजयी भएका छन् । उद्योग तर्फका उपाध्यक्षमा देबेन्द्र केसी विजयी भए भने वाणिज्य तर्फको उत्तममान बुद्धाचार्य विजयी भए । देवेन्द्र केसीको पक्षमा १७९१ मत प्राप्त हुँदा हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका छन् । वाणिज्य तर्फको उपाध्यक्षमा उत्तमले ९ सय ६९ शोभित पौडेलले ८ सय ७८ मत र कुमारी मुना बाँस्तोलाले ६ सय ४८ मत ल्याउन सफल भए । केसीले कुटी ग्रुप अन्तर्गत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं