Featured News

आज बायोमेट्रिक, भोलि लिखित, पर्सि ट्रायल

तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो , अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’ छ भन्ने ‘टेन्सन’ मा हुनुहुन्छ । दिक्क नमान्नुहोस् । यही वैशाख २५ सम्म पर्खनुहोला । बागमती प्रदेश, मुख्यमन्त्रीको कार्यालय, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित… पुरा पढौ

पोखरा महानगरः एमाले र गठबन्धनको उम्मेदवारी दर्ता

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गरेका हुन् । गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा… पुरा पढौ

बागलुङमा यसरी भयो सत्ता गठबन्धनमा भागबन्डा

बागलुङमा सत्ता साझेदार दलहरूले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो लगाएका छन् । सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र) लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ । कांग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख तथा काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा साझा उम्मेदवारी दिने माओवादी केन्द्रकी केन्द्रीय सदस्य बलावती शर्माले बताइन् । माओवादी केन्द्रले ताराखोला गाउँपालिका र… पुरा पढौ

हेलिकोप्टरमा उम्मेदवारी दिन गएका नेतालाई आफ्नै कार्यकर्ताले लखेटे

खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकामा मेयरमा उम्मेदवारी दर्ता गराउन पुगेका धर्मराज पोखरेललाई कांग्रेस कार्यकर्ताले नै लखटेका छन्। उनलाई टिकट दिने निर्णय गलत भएको भन्दै कार्यकर्ता आन्दोलित थिए। कांग्रेस प्रदेश कमिटीले दिक्तेलको मेयरमा पोखरेलाई उम्मेदवार बनाएपछि दिक्लेलस्थित पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो। त्यसपछि पोखरेल उम्मेदवारी दर्ताका लागि हेलिकोप्टर लिएर पुगेका थिए। पोखरेल नभइ कांग्रेस जिल्ला समितिका उपसभापति तिर्थराज भट्टराईलाई मेयरको टिकट दिनुपर्ने माग कार्यकर्ताको छ। पुरा पढौ

पोखराको मेयरमा कांग्रेस नेताको वागी उम्मेदवारी

पोखरा महानगरको मेयरमा ऋषि सापकोटाले वागी उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादीलाई मेयर दिइएको पोखरा महानगरमा कांग्रेसबाट २ वागी परेका छन् । सापकोटा नेपाली कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष हुन् । कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट दिने अवस्था आएकाले आफूले विरोधमा उम्मेदवारी दिएको उनले बताए । आइतबार मात्र कांग्रेसका नेता विमलबहादुर कार्कीले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । पुरा पढौ

एमालेले छान्यो पोखराका ३३ वडाका उम्मेदवार (नामावलीसहित)

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर उम्मेदवार परिवर्तन गरेसँगै ३३ वटै वडाका वडाध्यक्षको पनि टुंगो लगाएको छ । मेयरमा प्रदेशसभा सदस्य कृष्ण थापा उम्मेदवार बनेका छन् । थापा पोखराका पूर्वमेयर पनि हुन् । उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् । उपमेयरमा मञ्जु गुरुङलाई एमालेले निरन्तरता दिएको छ । एमालेका वडाध्यक्ष उम्मेदवारहरूको नाम टुंगो लागे पनि केही मनोनयनका बेलासम्म केही थपघट हुन सक्ने स्रोत बताउँछ । वडा न १: सहारा प्रधानवडा न… पुरा पढौ

एमालेबाट पोखराको मेयरमा कृष्ण थापा, उपमेयरमा मन्जु नै

पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिइएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् । थापा यसअघि एमाले कास्की अध्यक्ष थिए । प्रदेशसभा सदस्य समेत रहेका थापा पोखरा महानगरका पूर्व मेयरसमेत हुन् । पुरा पढौ

मनाङमा सत्ता गठबन्धनबीच भागबन्डा मिल्यो

सत्ता गठबन्धनमा रहेका दुई दलले हिमालपारिको जिल्ला मनाङका स्थानीय तहमा भागबण्डा टुङ्ग्याएका छन् । नेपाली कांग्रेस मनाङको बैठकले दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भागबण्डा गरेको हो । दुई दलबीच भएको सहमतिअनुसार जिल्लाका चार पालिकामा नेपाली कांग्रेसले प्रमुख र तीन पालिकामा उपप्रमुख पद पाएको छ । यस्तै माओवादी केन्द्रले नासोँ गाउँपालिकामा उपाध्यक्ष पद पाएको छ । नार्पाभूमि गाउँपालिकामा भने कांंग्रेसबाट नै टुङ्ग्याउने सहमति भएको छ । पुरा पढौ

गाउँपालिका अध्यक्ष राजीनामा दिएर स्वतन्त्र उम्मेदवार

अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनले गाउँपालिकाको अध्यक्ष पदबाट आजै राजीनामा दिएर पुनस् दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । पार्टीमा सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी बनाउने सहमति भएपछि आफूले बाध्य भएर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको आचार्यले बताए । पार्टीबाट जस्तो सुकै दबाब आएपनि आफ्नो उम्मेदवारी फिर्ता नहुने भन्दै उनले भने, ुतीन दिन अघिसम्म उम्मेदवार बन्दैन भनेर सुतेको… पुरा पढौ

कास्कीमा टुट्यो सत्ता गठबन्धन

कास्की सत्ता गठबन्धन टुटेको छ । पोखरा महानगरको मेयरमा नेकपा एसलाई सघाउने र बाँकी सबै पदमा एकल उम्मेदवारी दिने कांग्रेस कास्कीले निर्णय गरेको छ । केन्द्रीय सत्ता गठबन्धनको निर्णय भएकाले पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवारलाई नै समर्थन गर्ने र बाँकी सबै पालिका तथा वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । उपमेयरका लागि नेपाली कांग्रेसबाट आठ जनाको नाम सिफारिस भए पनि उम्मेदवारी कसले दिने भन्ने टुङ्गो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं