पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिइएको छ ।
शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।
उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् । थापा यसअघि एमाले कास्की अध्यक्ष थिए । प्रदेशसभा सदस्य समेत रहेका थापा पोखरा महानगरका पूर्व मेयरसमेत हुन् ।




