पोखराको मेयरमा कांग्रेस नेताको वागी उम्मेदवारी

पोखरा महानगरको मेयरमा ऋषि सापकोटाले वागी उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादीलाई मेयर दिइएको पोखरा महानगरमा कांग्रेसबाट २ वागी परेका छन् ।

सापकोटा नेपाली कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष हुन् । कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट दिने अवस्था आएकाले आफूले विरोधमा उम्मेदवारी दिएको उनले बताए ।

आइतबार मात्र कांग्रेसका नेता विमलबहादुर कार्कीले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए ।