Featured News

विकासको कामका निर्णय बन्द कोठामा हुँदैन :धनराज आचार्य

पोखरा मेयरका उम्मेदवार धनराज आचार्यले विकासका लागि हुने कुनै पनि काम बन्द कोठाबाट निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पोखरा महानगरको वडा ३३ मा ल्यान्डफिल साइड र औद्योगिक क्षेत्र बनाउने छलफल हुँदा स्थानियसँग समन्वय नहुन दुःखद रहेको बताए । उनले उक्त कुरामा आफू स्थानीय जनतासंग छलफल गरेर न्यायपुर्ण संगतमा अघि बढ्ने बताए । उनले राजमार्ग देखि वडा २ देखि ३ मिनेटको दुरीमा रहे पनि वडालाई जोड्ने पुल नहुदा… पुरा पढौ

पोखरा बनाउने प्यासन र प्लानसहित आएको छु: धनराज आचार्य

पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पोखरा बनाउने प्यासनसहित आफू उम्मेदवार बनेको बताएका छन् । गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्यले पोखरा बनाउने प्यासन र प्लान लिएर आफू उम्मेदवार बनेको बताएका हुन् । पोखरा बनाउन चार कुरा चाहिन्छ,उ नले भने, ‘प्यासन, प्लान, डेडिकेसन र लिडरसीप । त्यो हामी ५ दलीय गठबन्धनमा छ ।’ उनले पोखरा बिगार्ने छुट कसैलाई नभएको बताउँदै… पुरा पढौ

यस कारण गलकोटको नेतृत्वमा दोहोरिन चाहेको हुँ

भरत शर्मामेयर उम्मेदवारगलकोट नगरपालिका, बागलुङ गलकोट नगरपालिकाको मेयरमा दोहोरिने यात्रामा हुनुहुन्छ, यहाँका नयाँ योजना के के छन् ? स्रोत, साधन सिमित हुँदाहुँदै पनि समग्र राज्यमा गलकोट राम्रो नगरपालिकामा पर्छ नि । ५ वर्षको यो अवधिमा धर्ती, फुटेको होइन, आकास खसेको होइन, अनेक विषम परिस्थितिहरु आए । ती परिस्थितिको सामना गर्दै हामीअघि बढ्यौं । शून्यबाट सुरु गरेको नगरपालिकालाई अहिले यो स्थानमा ल्याएका छौं । मेरो नेतृत्वमा गएको ५ वर्षमा उल्लेखनीय काम… पुरा पढौ

मेरालागि यो अन्तिम चुनाव हो: थापा

गण्डकी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर पोखरा महानगरको मेयरका उम्मेदवार बनेका एमाले नेता कृष्ण थापाले अहिलेको चुनाव आफ्ना लागि अन्तिम भएको उल्लेख गरेका छन् । अढाइ दशकपछि पोखरा महानगरको मेयरमा दोहोरिन उम्मेदवार बनेका थापाले आफूले निर्वाचित भए सेवा, सुविधा नलिने घोषणासमेत गरेका छन् । उनले भने, ‘जनप्रतिनिधिका हिसाबले पाउने सेवा, सुविधा गरिब विपन्नको सहयोगका लागि खर्च गर्ने छु । अबका कुनै पनि निर्वाचनमा म लड्दिनँ ।’ एमाले पोखरा महानगर कमिटी निर्वाचन… पुरा पढौ

माओवादीविरुद्ध काँग्रेस, एमालेदेखि विप्लवसम्म एकै ठाउँ

आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा ९एमाले० र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ । काँग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो । काँग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने, “हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निर्णय गर्यौँ ।’’ काँग्रेसबाट थबाङमा रमेश रोकाले उम्मेदवारी दिएका थिए । नेकपा एमालेबाट उम्मेदवारी दिएका नकस घर्तीले पनि मनोनयन फिर्ता… पुरा पढौ

समृद्ध पोखराका लागि गठबन्धनलाई भोट :कोपिला रानाभाट

उपमेयर उम्मेदवार, पोखरा महानगरनेपाली कांग्रेससत्ता गठबन्धनमा कांग्रेसबाट उपमेयर उम्मेदवार बन्नुभयो, यहाँका एजेन्डा के के छन् ?आज मैले नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै पोखरा महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गराएँ । यो मेरो पार्टीको मात्र होइन, ५ दलको तर्फबाट दर्ता भएको उम्मेदवारी हो । पोखरालाई सफा, सुन्दर र हराभर बनाइराख्नु र भावी पुस्तालाई अझ राम्रो पोखरा प्रदान गर्नु जरुरी छ । हामी समृद्ध पोखरा र सुखी पोखरेली बनाउन लाग्नेछौं । गठबन्धनको उम्मेदवार भएकाले… पुरा पढौ

मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाका मेयर राजन मेहेता वडा सदस्य उठेका छन् । इनरुवा नगरपालिका वडा नम्बर २ को सदस्यमा मेहेताको उम्मेदवारी परेको छ। वडा अध्यक्षमा रन्जेस भट्टराई नेतृत्वको टीममा मेहेताको नाम सदस्यमा दर्ता भएको छ। इनरुवा कांग्रेस नेताहरुले जिल्ला समन्वय समितिको प्रमुख ताक्न मेयर मेहेता वडा सदस्यमा उठेको बताएका छन् । मेहेताले पार्टी निर्णय मानेको प्रतिक्रिया दिए । पुरा पढौ

एमाले गण्डकी प्रदेशका दुई सदस्य माओवादीमै फर्किए

नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य दधिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् । १० वर्षे जनयुुद्ध र १९ दिने जनआन्दोलनको विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको उनीहरुले बताएका छन् । ०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता… पुरा पढौ

नेपाल टेलिकमले ई–सिम ल्याउने

नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौता पत्रमा गत आइतबार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता भएको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउनेछ । सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ–नयाँ… पुरा पढौ

विप्लव नेतृत्वको नेकपा फुट्यो !

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै महासचिव विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छन् । यद्यपि, पार्टी विभाजनको औपचारिक घोषणा भने हुन बाँकी छ । कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेका छन् । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरुको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्काशन गरेको हो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं