Featured News

महादेवले फिर्ता लिएनन् उम्मेदवारी, श्रीनाथलाई सकस

कास्की २ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङले उम्मेदवारी फिर्ता लिएनन् । उनर्ले , सिद्धान्त र निष्ठाको पक्षमा उम्मेदवारी दिएको भन्दै उम्मेदवारी कायम राखेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई उनले पद र पैसाका लागि कहिल्यै राजनीति नगरेको जनाउँदै फिर्ता नभएको सुनाए । कांग्रेस कास्कीका पूर्व सभापतिसमेत रहेका गुरुङ २०५६ मा पर्यटन राज्य मन्त्री बनेका थिए । उनको नाम समानुपातिकमा सिफारिस भए पनि पछि काटिएको… पुरा पढौ

एमाले नेता प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेले दिएको टिकट अस्वीकार गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसपासँगको तालमेलबाट रुष्ट बनेका उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । जसपाले पाएको सबै क्षेत्रमा पनि शाहको समूहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । नेतृत्वले मधेश जसपालाई जिम्मा लगाउने काम गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको जनाएका छन् । ‘जसले सम्प्रदायिकता फैलाउँछ, मधेस प्रदेशमा भ्रष्टाचार गरेको छ, त्यो… पुरा पढौ

कास्की २ मा महादेव गुरुङको बागी उम्मेदवारी

नेपाली कांग्रेसका पुराना नेता एवं पूर्व राज्यमन्त्री महादेव गुरुङले बागी उम्मेदवारी दर्ता गराएका छन् । उनले कास्की २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । गुरुङको प्रस्तावक र समर्थकमा बालगोपाल श्रेष्ठ र सूर्य लम्साल छन् । सत्ता गठबन्धनमा कास्की २ नेकपा एकीकृत समाजवादीले पाएको छ । यहाँ समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् । आफैं फाइल बोकेर निर्वाचन कार्यालय आएका गुरुङले आफू कांग्रेसकै उम्मेदवार भएको दाबी गरे । उनले भने, ‘यहाँ… पुरा पढौ

बाबुराम र नारायणकाजीसँगै गएर प्रचण्डले गरे उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि गोरखा २ बाट प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्न प्रचण्डले नेपाल समाजवादीका अध्यक्ष डा। बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लगेका छन् । २०७४ सालको निर्वाचनमा प्रचण्डले चितवन ३ बाट चुनाव लडेका थिए । अहिले चितवनभन्दा सुरक्षित देखिएपछि प्रचण्डले गोरखा २ रोजेका हुन् । पुरा पढौ

टिकट नपाएपछि रामवीर मानन्धर बने बागी उम्मेदवार

नेकपा एमालेबाट दुई पटक निर्वाचित सांसद तथा पूर्व राज्यमन्त्री रामवीर मानन्धर यस पटक टिकट नपाएपछि बागी उम्मेदवार बनेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले श्याम घिमिरेलाई टिकट दिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् । सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रकी मानुषी यमी उम्मेदवार छिन् । रामवीर मानन्धरमाथि स्थानीय चुनावमा काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकामा एमाले उम्मेदवार हराउन भूमिका खेलेको आरोप छ । पुरा पढौ

एमाले नेता बने माओवादीका उम्मेदवार !

झापा एमालेमा पनि टिकट वितरणमा असन्तुष्टि देखिएको छ । एमाले नेता तथा यसअघिका अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पार्टी परित्याग गरेका छन्। रानालाई माओवादी केन्द्रले झापा २ बाट टिकट दिने भएपछि उनले एमाले परित्याग गरेका हुन् । यसअघि यहाँ माओवादी केन्द्रबाट नेतृ धर्मशीला चापागाइँ उम्मेदवार बन्ने चर्चा थियो । राना प्रदेश सांसदको दाबेदार थिए । राना १० बुँदे सहमति गरेर एमालेमै बसेका १० भाइ पक्षका हुन् । यसअघि पार्टीका नेता… पुरा पढौ

कास्की ३ मा जीवन, प्रदेशमा विश्वप्रकाश, दीपक र दुर्गालाई टिकट

नेकपा माओवादी केन्द्रले कास्कीमा उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनको भागबण्डामा माओवादीले यहाँ १ प्रतिनिधि सभा र ३ प्रदेश सभा पाएको छ । कास्की क्षेत्र नम्बर ३ मा रामजी बराल (जीवन)ले टिकट पाएका छन् । उनी गण्डकी प्रदेश सरकारका अर्थमन्त्री र पार्टीका केन्द्रीय सदस्य हुन् । बरालको प्रतिश्पर्धा एमालेका नेता दामोदर बैरागीसँग हुने भएको छ । माओवादीले पाएको कास्की २ को ‘क’ मा विश्वप्रकाश लामिछाने उम्मेदवार बन्ने भएका छन्… पुरा पढौ

घनश्याम भुसालले छाडे एमाले

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेमा नरहने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भुसालले एमालेमा नरहने घोषणा गरेका हुन् । ४५ वर्षसम्म आफ्नो सम्पूर्ण शक्ति पार्टीमा लगाएपनि नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि एमाले छाडेको उनको भनाई छ । उनले अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने उल्लेख पनि गरेका छन् । अध्यक्ष ओलीको कार्यशैलीका आलोचक भुसाललाई यसपालि एमालेले प्रतिनिधिसभाको टिकट दिएन… पुरा पढौ

कास्कीमा यी हुन् एमालेका उम्मेदवार

एमालेले कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ । कास्कीका प्रतिनिधिसभा क्षेत्र नं. १ बाट मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर बैरागीले टिकट पाएका छन् । गुरुङ एमाले कास्की अध्यक्ष हुन् । भट्टराई सोही क्षेत्रकी निवर्तमान संसाद हुन् । एमाले संगठन विभाग प्रमुखसमेत नेता खगराज अधिकारी प्रदेशसभामा आएका छन् । गत निर्वाचनमा कास्की १ बाट चुनिएका अधिकारी अहिले १ कबाट उम्मेदवार बनेका छन् ।… पुरा पढौ

घनश्यामको क्षेत्रमा एमालेले राप्रपालाई सघाउने

एमालेले रुपन्देही ३ मा स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई टिकट नदिएर राप्रपाका नेता दीपक बोहोरालाई सघाउने भएको छ । शुक्रबार एमाले र राप्रपाबीच चुनावी तालमेलबारे भएको छलफलमा रुपन्देही ३ मा राप्रपाका बोहोरालाई सघाउने करिब सहमति भएको छ । राप्रपाले १० निर्वाचन क्षेत्र मागेको छ भने एमालेले सात क्षेत्र मात्र दिन चाहेपछि सहमति हुन सकेको छैन । तर, ८० प्रतिशतभन्दा धेरै सहमति भइसकेको वार्तामा बसेका राप्रपाका नेताहरूले बताएका छन् । भुसाल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं