Featured News

राष्ट्रपतिलाई उपराष्ट्रपतिको काउन्टर, जल्न थाल्यो राष्ट्रपतिको पुत्ला

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको जनाएका छन् । बुधबार वक्तव्य जारी गर्दै उनले संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका छन् । “पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु दुःखद् हो”, उपराष्ट्रपति पुनले भनेका छन्, “संविधानको पालना… पुरा पढौ

जनमोर्चाले गरेन सत्ता गठबन्धनको विज्ञप्तिमा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ गठबन्धनका चार दलले संयुक्त विज्ञप्ति निकालेका छन् । नागरिकतासम्बन्धी विधेयक निर्धारित १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको गठबन्धनको ठहर छ । राष्ट्रिय जनमोर्चाले भने विज्ञप्तिमा हस्ताक्षर गरेको छ्रैन । यस्तै संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य(मान्यतामा गम्भीर प्रहार भएको ठहर पनि उनीहरुको छ । जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलले प्रतिनिधिसभामा विधेयकको विपक्षमा… पुरा पढौ

राष्ट्रपतिले गैरसंवैधानिक काम गरेको सत्ता गठबन्धनको निष्कर्ष

सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ । यो कदमले जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको गठबन्धनको ठहर छ । बुधबार बसेको सरकारमा सहभागि दलहरूको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक… पुरा पढौ

माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : मन्त्री पाैडेल

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पाैडेलले माओवादीले ल्याएकाे एजेन्डालाई संस्थागत गर्नकाे लागि माओवादी निकट पत्रकारले अाक्रामक ढंगले प्रचार माेर्चामा लाग्न निर्देशन समेत दिए । उनले माओवादी कमजाेर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले अागामी चुनावमा जित्न पर्ने बताए ।… पुरा पढौ

पोखरा आर्ट ग्यालरी, पुस्तकालय र सटरमा पोखरा महानगरले चलायो डोजर

पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी, पुस्तकालय र ३२ वटा सटरहरु पोखरा महानगरपालिकाले भत्काउन शुरु गरेको छ । पोखरा महानगरपालिका कै स्वामित्वमा रहेको दुई वटा भवन पुरानो र जीर्ण भएको भन्दै महानगरले भत्काएको हो । महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहितको टोलीले भत्काएको हो । माथील्लो तलामा पुस्तकालय र ग्यालरी भएपनि तल्लो तलामा सटर थिए । सटरबाट महानगरले भाडा… पुरा पढौ

राप्रपा कास्की क्षेत्र नम्बर २ बाट २२ जनाको नाम सिफारिश, प्रदेश ख मा अरुण गिरी सर्वसम्मत

पोखरा, २२ भदौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिश भएको छ । त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिश भएको छ । कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनीधिसभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुंग, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सहसचिव सुवर्णराज पन्त… पुरा पढौ

एमाले सांसद रेशम चौधरीको पार्टीमा प्रवेश

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा बिहीबार कैलालीका तीनजना बहालवाला तथा पूर्व सांसदको प्रवेशले जिल्लामा तरंग ल्याएको छ । प्रदेशसभा सदस्य रतन थापा तथा पूर्वसांसद हिमाञ्चल भट्टराई र कैँया चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने थापा एमालेका बहालवाला प्रदेश सांसद हुन् । यस्तै भट्टराई पनि एमालेका नेता हुन् भने चौधरी पार्टी प्रवेशअघि राप्रपा केन्द्रीय सदस्यको भूमिकामा थिइन्। रिपोर्टस क्लबमा भएको पार्टी प्रवेश कार्यक्रममा उद्घोषकले धेरै बौद्धिक… पुरा पढौ

काठमाडौंका अवैध संरचना भत्किए, पोखरामा कहिले ?

काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ। “यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना बाँकी राखिने छैन”, कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भने। नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने उनले बताए। “संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई… पुरा पढौ

माओवादी-नेकपा एस एउटै घोषणापत्रमा चुनाव लड्ने, चाडै एकता

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो । प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको छ । भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए । बैठकमा आगामी… पुरा पढौ

उम्मेदवारी नदिने दल र उम्मेदवारको चिन्ह मतपत्रमा नहुने

मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्हमात्रै मतपत्रमा राखिने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिन्ह राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो (भद्धा) भएको र बदर मत पनि बढेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी संघीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं