एमाले नेता बने माओवादीका उम्मेदवार !

झापा एमालेमा पनि टिकट वितरणमा असन्तुष्टि देखिएको छ । एमाले नेता तथा यसअघिका अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पार्टी परित्याग गरेका छन्।

रानालाई माओवादी केन्द्रले झापा २ बाट टिकट दिने भएपछि उनले एमाले परित्याग गरेका हुन् । यसअघि यहाँ माओवादी केन्द्रबाट नेतृ धर्मशीला चापागाइँ उम्मेदवार बन्ने चर्चा थियो । राना प्रदेश सांसदको दाबेदार थिए । राना १० बुँदे सहमति गरेर एमालेमै बसेका १० भाइ पक्षका हुन् ।

यसअघि पार्टीका नेता अग्नि खरेलले रानालाई पुनः नगरपालिकाको प्रमुख वा प्रदेश सांसदमध्ये एउटा दिने शर्त गरेर एमालेमै राखेका थिए ।

उक्त क्षेत्रमा एमालेका तर्फबाट संघमा देवराज घिमिरेलाई टिकट दिएको छ भने प्रदेशसभा ९१० मा एकराज कार्की र प्रदेशसभा ९२० मा चिन्तन पाठकलाई उम्मेदवार बनाएको छ ।