Featured News

गण्डकीमा बन्यो दुई तिहाइको सरकार

केन्द्रमा नेकपा (एमाले) र कांग्रेसको संयुक्त सरकार बनेको दुई महिनापछि गण्डकीमा एमाले सरकारमा गएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार एमालेबाट नवलपुरकी संसाद पद्मा जिसीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बनाएका छन् । बागलुङका संसाद कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालय पाउँदा समानुपातिकबाट सांसद बनेका कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था पाएका छन् । एमालेले पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्री बनाएको छ । यसअघि… पुरा पढौ

९ मन्त्रालय बनाइने, कुन कुन मन्त्रालय फुट्लान् ?

सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको हालको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ । नयाँ सत्ता समीकरण अनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । “कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको छ”, उनी भन्छन्,… पुरा पढौ

लेखा समिति मात्रै किन प्रमुख प्रतिपक्षी दलको नेता पनि राख्नुहोस्ः प्रचण्ड

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग राख्न सत्तारुढ दलहरुलाई चुनौती दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले लेखा समिति सभापति प्रतिपक्षीलाई नदिन कुतर्क गरिएको भन्दै आपत्ति जनाउनुभयो । ‘संसदीय परम्परामा संसारभरि नै लेखासमितिको सभापति प्रतिपक्षले पाउने गरेको छ । यो एक किसिमको लोकतान्त्रिक सन्तुलन र नियन्त्रण हो ।… पुरा पढौ

विष्णु माझीको गीत आयो, तीज आयो (गीतसहित)

रामबहादुर थापालोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा…’ शनिबार युट्युबमा सार्वजनिक हुँदा साथ वरिष्ठ गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस बेलामा अचानक यो गीत ! अद्भुत !’ तीज गीतका नाममा मौलाइरहेको विकृतिलाई निरुत्साहित गर्न माझीद्वारा स्वरबद्ध उक्त गीतलाई करोडौँ ‘भ्यूज’ पुग्ने गरी दर्शक÷स्रोताले साथ दिनुपर्ने उनको भनाइ थियो । गायक एवं संगीतकार वसन्त थापा माझीको तीज गीत… पुरा पढौ

जसपाले टुङ्ग्यायो पदाधिकारी, माओवादी छाडेका शर्मा महासचिव

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी÷कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरूको टुङ्गो लगाएको छ । महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त भएका छन् । हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्यविभाजन गरिएको जसपा नेपालले विज्ञप्तिमार्फत जनाएको छ । राउत मधेश प्रदेशका पूर्वमुख्यमन्त्री हुन् भने शर्मा माओवादी परित्याग गरी जसपा प्रवेश गरेका हुन् । कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष छन् भने राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर,… पुरा पढौ

मुस्ताङमा हिमपहिरोले खोला थुनियो, ९ घर जोखिममा

मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा पर्ने बोक्सी खोलामा शुक्रबार दिउँसो हिमपहिरो खस्दा खोला थुनिएको छ । हिमपहिरोले खोला थुनिँदा ९० प्रतिशत जति पानी खोलामा कम भएको स्थानीय बताउँछन् । खोला थुनिएको ठाउँ मुस्ताङ सदरमुकाम जोमसोमबाट १८ किलोमिटर टाढा पर्छ । थुपिएको भाग एकै पटक खोलिएमा तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । “खोलाको किनारमा नौ घर छन् । अहिले… पुरा पढौ

ऐनापहरामा भारतीय बस खस्यो, उद्धार जारी

भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान साढे ११ तिर मस्र्याङ्दी नदीमा खसेको छ । युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस पोखराबाट काठमाडौं जाँदै गर्दा पृथ्वी राजमार्गबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ मा पर्ने ऐनापहराबाट बस खसेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ भने सशस्त्र प्रहरीको उद्धार टोली जाँदै छ । बसमा ४० जनाभन्दा… पुरा पढौ

लेक लागेर २१ को मृत्यु, किन लाग्छ लेक ?

्पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०र ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार लेक लागेर मृत्यु हुनेमा ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक हुन् । “अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्”, उनले भने,… पुरा पढौ

मैले किन पार्टी खोल्ने, मेरो पार्टी त यही हो

जनवादी क्रान्तिको कार्यदिशामा दीर्घकालीन जनयुद्धको कार्यदिशालाई विकास गर्ने अध्यक्ष प्रचण्ड हो । उहाँले गरेर हामी जनयुद्धसम्म आइपुग्यौँ । यहाँसम्म हामीले गरेको आन्दोलनहरू, युद्धहरू, परिवर्तनहरू जो सहभागितामूलक, समावेशी लोकतन्त्र एउटा हामीले स्थापना गरेका छौँ । त्यसको संश्लेषण चाहिँदैन ? त्यसलाई एउटा वैचारिक रूपमा अघि बढाउनु पर्दैन ? त्यस अरू १००/२०० वर्षसम्म अगाडि बढ्नु पर्दैन ? मैले त प्रचण्डलाई अरू २०० वर्ष बचाउने कुरा गर्दै छु, मेरो कुरा त्यो हो । अरू… पुरा पढौ

दुई साताभित्रै दोस्रो हवाइ दुर्घटना, ५ को मृत्यु

नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले बताए । हेलिकप्टरमा सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक हुन् । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९ एन एजेडी दुर्घटनाग्रस्त भएको हो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं