Featured News

गुरुपूर्णिमासँग सम्बन्धित केही मिथक

१. पौराणिक कालमा १ जना दत्तात्रय नाम गरेका ऋषि थिए । तिनले किटपतङ्गादि गरेका २४ वटा गुरु थापेका थिए ? त्यसमध्ये माछा, मौरी, परेवा, पिंगला, सर्प, पानी, आकाश, सूर्य, चन्द्रमा आदि प्रमुख थिए । यीमध्ये सबैबाट यिनले केही न केही महत्वपूर्ण कुरा सिकेकै कारण यिनले यति धेरै गुरु थापेका थिए । यिनका २४ वटा गुरुमध्ये २ वटा गुरु (माछा र बेश्या) को वयान यस प्रकार छ ः दत्तात्रयले भन्नु भएको… पुरा पढौ

‘मानव सेवा आश्रम’ असहायको भरपर्दो सहारा

दिनरात खुल्ला आकाशमुनि नारकीय जीवन बिताइआएका असहाय एवं मनोरोगीका लागि पोखराको १ संस्था भरपर्दो सहारा बनेको छ । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित मानव सेवा आश्रमले सडकमा लामो समयदेखि कष्टकर जीवन बिताउँदै आएका मानिसहरुलाई उद्धार गरी गाँस, बास र कपासको व्यवस्थासहित न्यानो पारिवारिक वातावरण दिँदै आएको छ । पोखरा बजारका सडक एवं सार्वजनिक स्थलमा कहालिलाग्दो जीवन बिताउँदै आएका अनाथ, अशक्त, असहाय एवं मनोरोगीको उद्धार गरी उनीहरूको उपचार, पालनपोषण र… पुरा पढौ

आतङ्कवादप्रति नेपाली मिडियाको दृष्टिकोण के हो ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आतङ्कवाद र हिंसालाई प्रश्रय दिने कि नदिने भन्नेमा सञ्चारमाध्यमको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताए। श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन अवस्थाबारे ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ ले आज सञ्चार उद्यमीसँग आयोजना गरेको अन्तक्र्रियामा मन्त्री बाँस्कोटाले लोकतन्त्र र समाजप्रति प्रेसको उत्तरदायित्व हुने भएकाले यसले मुलुकलाई भाँडतन्त्रमा जान दिन नहुने विचार व्यक्त गरे। मन्त्री बाँस्कोटाले सहभागीलाई प्रश्न ग, “आतङ्कवादप्रति नेपाली मिडियाको दृष्टिकोण के हो ? सञ्चारमाध्यम समाजको पथप्रदर्शक हो… पुरा पढौ

६ करोडका सांसदले लडेर लिए १५ करोड

कर्णालीका प्रदेश सांसदले प्रतिनिर्वाचन क्षेत्र १५ करोड रुपैयाँ बजेट पाउने भएका छन् । संघीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न ६ करोड दिइएकोमा विरोध भइरहँदा कर्णालीका सांसदले आफूले छनोट गरेका आयोजनामा १५ करोड खर्च गर्न पाउने व्यवस्थासहितको बजेट आइतबार प्रदेश सभाले पारित गरेको छ । सत्तापक्षीय सांसदको मागबमोजिम बजेटमा योसहित पाँचबुँदे संशोधन गरिएको थियो । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले संसद्मा पेस गरेको संशोधनसहितको बजेटलाई प्रतिपक्षी कांग्रेसका सांसदले मौन बसेर समर्थन गरेका थिए । संशोधित… पुरा पढौ

सर्वोच्चलाई अटेर गर्दा उपत्यकामा डुबान

भूमाफियाले हडपेको जग्गा फिर्तासम्बन्धी सर्वोच्च अदालतको आदेश र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा राजधानीका नदी वरपर बर्षेनी बाढी र डुबानको सास्ती व्यहोर्नुपरेको छ । उपत्यकास्थित बाग्मताुमती, इच्छुमती (टुकुचा), धोवीखोला, मनोहरा, गोदावरीलगायत नदी तथा खोलाको प्राकृतिक बहाव नै छेकेर भूमाफियाले जमिन अतिक्रमण गर्दा वर्षायाममा नदी तथा खोला बस्तीमा पसेर ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । उपत्यकाका अधिकतर नदी तथा खोला अतिक्रमणकै योजना अनुसार करिडोरमा बाटो खुलाएर नदीलाई सीमित घेरामा… पुरा पढौ

प्रतिनिधिसभाको बैठक स्थगित भएकोमा आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाए। संसद्भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद् एकढिक्का छ भन्ने सन्देश दिनुपर्नेमा सूचना टाँसेर बैठक एकाएक स्थगन भएको सुन्दा अचम्म लागेको बताए। सभापति देउवाले भने , “बाढी, पहिरो र डुबानबाट ६३ जनाको मृत्यु भएको भन्ने खबर आएको छ, यस्तो बेलामा सम्पूर्ण संसद् एक भएर छलफल… पुरा पढौ

हराएका शिशुका बुवालाई रोजगार, परिवारलाई निःशुल्क उपचार

लुम्बिनी मेडिकल कलेज पाल्पाबाट हराएका नवजात शिशुको बुवालाई रोजगार र उनका परिवारलाई निःशुल्क उपचार दिइने भएको छ । गएको शुक्रबार मेडिकल कलेजमा जन्मिएको केही समयमा नै हराएका नवजात शिशुका वुबालाई रोजगार र परिवारलाई निःशुल्क उपचार दिने भएको सो कलेज जनाएको हो । हराएको शिशु सकुशल भेटिएपछि कलेज प्रशासन र पीडित पक्षबीच भएको छलफलपछि रोजगार र निःशुल्क उपचार गर्ने लिखित सहमति भएको अस्पतालका अध्यक्ष गोपालप्रसाद पोखरेल र तानसेन नगरपालिका– ९ का… पुरा पढौ

बाढी, पहिरो, डुबानको विपदमा सहयोग गर्न अपिल

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गरे। सभामुख महराले आज जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु ।” प्रेस वक्तव्यमा उनले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्था÷अभियन्ता, राजनीतिक दल… पुरा पढौ

कुलेखानी बाँधको ढोका नखोलिने

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ । ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद्युत् निकालिने भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार तीन÷चार दिनसम्मका लागि भारतबाट आपूर्ति भइरहेको विद्युत कटौती गरेर कुलेखानीको सबै टर्वाइन घुमाएर विद्युत निकालिनेछ । त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा… पुरा पढौ

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले आजका लागि निर्धारित बैठक स्थगन गर्नुपरेको सूचनामा जनाइएको छ ।प्राकृतिक विपत्तिमा परी मृत्यु हुने परिवारमा सान्त्वना दिन तथा प्रभावित क्षेत्रमा सहयोग गर्न सांसदहरु जिल्ला जानुपर्ने भएको हुँदा प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ८ गते १ बजे बस्ने गरी आजको बैठक स्थगन गरिएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं