गुरुपूर्णिमासँग सम्बन्धित केही मिथक

१. पौराणिक कालमा १ जना दत्तात्रय नाम गरेका ऋषि थिए । तिनले किटपतङ्गादि गरेका २४ वटा गुरु थापेका थिए ? त्यसमध्ये माछा, मौरी, परेवा, पिंगला, सर्प, पानी, आकाश, सूर्य, चन्द्रमा आदि प्रमुख थिए । यीमध्ये सबैबाट यिनले केही न केही महत्वपूर्ण कुरा सिकेकै कारण यिनले यति धेरै गुरु थापेका थिए ।

यिनका २४ वटा गुरुमध्ये २ वटा गुरु (माछा र बेश्या) को वयान यस प्रकार छ ः दत्तात्रयले भन्नु भएको छ, जिव्रोका वसमा पर्नु हँुदैन भन्ने माछाबाट बुझें । अर्काको आश गर्नुहँुदैन भन्ने वेश्याबाट बुझें । अर्थात माछाले आहारा आयो भनेर स्वाद लिंदै आहारा बाहेक अरु केहि नदेखी हान्नेर खान खोज्दा बल्छीमा पर्छ अरे । अनि अर्काको आश गर्दा गर्दै बेश्याको जवानी पुरै सकिन्छ । दत्तात्रयले माछाबाट चांही खाली जिब्रोको बशमा मात्र पर्नुहुन्न भनेर सिके र पिङ्गला नाम गरेको वेश्याबाट चांही अरुको आश धेरै गर्नु हुन्न भन्नेकुरा सिके रे ।

२. गुरु दक्षिणाको अर्को रोचक प्रसङ्गमा भगवान श्रीकृष्ण र सान्दिपनी गुरु भगवान श्रीकृष्णले १ दिन आफ्ना गुरु सान्दिपीनीलाइ भनेछन्, गुरुदेव धेरै बर्ष पढियो । हजुरलाई के गुरु दक्षिणा टक्र्याउँ ? सान्दिपीनी गुरुले भन्नुभएछ, ‘मलाइ त केही चाहिन्न । केहि दिने नै भए तिमीहरूकै गुरुआमालाई सोध ।’ गुरुआमाले भनिछन्, ‘अरु थोक त मलाई केहि चाहिएको छैन । दिने नै भए मेरा पूर्वकालमा मरेका २ जना छोरालाई बिउँताइदेऊ ।’ अनि भगवान श्रीकृष्णले गुरुआमाका मरेका छोराहरू ल्याएर गुरु दक्षिणाको रुपमा दिएछन् ।

३. परापूर्वकालदेखि नै गुरु दक्षिणाको चलन चल्दै आएको हो । एकलव्य निषाद र द्र्रोणाचार्य पौराणिक कालमा एकलव्य निषाद भन्ने १ जना राजकुमार थिए । उनी आफ्नो गुरु द्रोणाचार्यप्रति असीम आस्था र श्रध्दा राख्दथे । उनले द्रोणाचार्यको गुरुमूर्ति स्थापना गरेर जङ्गलमा धर्नुविद्याको अभ्यास गरे र उनी अद्वितीय धर्नुधारीको रुपमा कहलिए । उनले गुरु दक्षिणाको रुपमा द्रोणाचार्यलाई आफ्नो दाहिने औंला काटेर दिएर गुरु दक्षिणाको अद्वितीय दृष्टान्त पेश गरेका थिए ।