कविता: सहिदको नाममा

सहिद !
तिम्रो नाममा अचेल
पसलमा गफ हुन्छ
भट्टीमा गफ हुन्छ
ठूला कार्यालयका भित्तामा केबल तिम्रो तस्बर हुन्छ ।

तर
त्यहि तस्बिरको मुनि
तिम्रा सपनाहरुको मोलमोलाइ हुन्छ ।

तिमी भित्तामा छौ
सहिद बनाउने र उक्साउने दुबै आज अफिसमै छन्
सल्लाह हुदैछ
यो चिसो माघमा
भरे सहिदको उत्सर्गको उत्सव मनाउनु छ
जिउ तताउनु छ,
एक रेष्टुरामा तातो रम!

चियर्स!!!!!!

ढुक्क होउ सहिद !
रममा मिसाएको पानीको बोत्तल
तिम्रै सन्तानले उठाउने छ
एक पाउरोटी किन्नको लागि ।

शुभकामना सहिद
तिमी भित्तामा छौ !!!