यस्तै यस्तै भयो भने
यस्तैयस्तै रह्यो भने
फेरि छिट्टै
बगरका ढुंगाहरू उठ्ने छन्
पहाडका पत्थरहरू चल्मलाउने छन्
हिमालका खोल्साखाल्सी सुकसुकाउने छन्
तराईका फाँटहरू जुर्मुराउने छन्
चराहरू चिर्बिराउने छन् – इन्क्लाब जिन्दावाद !
खोलाहरू सुसाउने छन् – इन्क्लाब जिन्दावाद !
हलो ,कुटो र कोदालो छोडी किसानहरू
गाउँबेंसीबाट कराउने छन्
कालोपाटी फोडेर मास्टरहरू
नयाँ पाटीमा नयाँ शब्द पढाउने छन्
वम, बारुद र विचार बोकी विद्यार्थीहरू
युद्ध लड्न उर्लने छन् !
मजदुर नारा लाउने छन् – इन्क्लाब जिन्दावाद !
किसान नारा लाउने छन् – इन्क्लाब जिन्दावाद !
दलित नारा लाउने छन् – इन्क्लाब जिन्दावाद !
गरीब नारा लाउने छन् – इन्क्लाब जिन्दावाद !
बलत्कृत नारा लाउने छन् – इन्क्लाब जिन्दावाद !
शोषित नारा लाउने छन् – इन्क्लाब जिन्दावाद !
उत्पीडित नारा लाउने छन् – इन्क्लाब जिन्दावाद !
यस्तैयस्तै भयो भने
यस्तैयस्तै रह्यो भने
आँधीलाई , तुफानलाई कुल्चिदै
नयाँ जीवनको लागि
नयाँ इतिहासको लागि
जीवन उत्सर्ग गर्दै
फेरि एकपटक
सारा देशबासी कुर्लिने छन् – इन्क्लाब जिन्दावाद !
इन्क्लाब जिन्दावाद !!
इन्क्लाब जिन्दावाद !!




